Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #दीपशिखा
  • #डा हरि रोका
  • #मगर_दिवस
  • #४४औँ राष्ट्रिय मगर एकता दिवस
  • #नेपाली कांग्रेस
  • #स्वाइन_फिभर
  • #अफ्रिकन_स्वाइन_फिभर
  • #निर्वाचन_प्रहरी
  • #थुनेलो_रोग
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • गुल्मीका ५१ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँचमा
गुल्मीका ५१ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँचमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज २९, २०८२

तम्घास-  सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रमप्रति गुल्मीका नागरिकको आकर्षण बढ्दै गएको छ । स्वास्थ्य उपचारमा सहज पहुँच स्थापित गराउने उद्देश्यले स्वास्थ्य बिमा कार्यक्रमको सुरुआत गरिएको थियो । 

जिल्लाका ५१.६५ प्रतिशत नागरिकमा स्वास्थ्य बिमा पहुँचमा पुगेको छ । २०७८ सालको जनगणनाअसार जिल्लामा कूल दुई लाख ४६ हजार आठ सय ३६ जनसङ्ख्या रहेकोमा एक लाख २७ हजार तीन सय ५५ जनाले स्वास्थ्य बिमा गराएका छन् । जसमा महिला ६५ हजार छ सय ६६ र पुरुष ६१ हजार छ सय ८९ जना रहेका छन् । 

सबैभन्दा बढी रेसुङ्गा नगरपालिकाका २४ हजार पाँच सय ४१ जनाले स्वास्थ्य बिमा गराएका छन् । त्यसैगरी चन्द्रकोटका छ हजार चार सय, छत्रकोटका १२ हजार दुई सय ६३, धुर्कोटका १० हजार तीन सय पाँच, गुल्मी दरबारका १० हजार दुई सय १०, इस्माका सात हजार तीन सय ५० नागरिकले स्वास्थ्य बिमा गराएका छन् । 

Hardik health

त्यसैगरी कालीगण्डकीका छ हजार सात सय तीन, मदानेका तीन हजार छ सय ७६, मालिकाका आठ हजार एक सय ९९, मुसीकोटका सात हजार आठ सय ४१, रुरुक्षेत्रका १४ हजार ८५ तथा सत्यवतीका १५ हजार सात सय ८२ नागरिकले स्वास्थ्य बिमा गराएको स्वास्थ्य बिमा बोर्ड गुल्मीका प्रमुख सुवास घिमिरेले जानकारी दिए । 

जिल्लामा हालसम्म शुल्क लाग्ने साधारण समूहतर्फ २१ हजार ३३ परिवारका एक हजार पाँच सय २४ परिवार र ५० प्रतिशत छूटमा आठ सय ८३ महिला स्वास्थ्य स्वयंसेविकाका परिवारका चार हजार छ सय दुई जनाले स्वास्थ्य बिमा गराएका छन् । सरकारले ज्येष्ठ नागरिक, अपाङ्ग एवं विभिन्न रोग लागेकाहरूको परिवारलाई निःशुल्क स्वास्थ्य बिमा पनि गराइदिएको छ । जसमा १७ हजार सात सय १२ ज्येष्ठ नागरिक निःशुल्क बिमाको पहुँचमा आएका छन् । 

‘क’ वर्गका अपाङ्गतर्फ सात सय ९३ परिवारका तीन हजार नौ सय ९९ जना, एचआइभी एड्स सङ्क्रमित एक सय ६६ परिवारका चार सय ८२ जना, कुष्ठरोगीका तीन परिवारका १२ जना तथा एमडीआर टिबीका छ परिवारका २५ जनाको पनि निःशुल्क स्वास्थ्य बिमा गराइएको स्वास्थ्य बिमा बोर्ड गुल्मीका प्रमुख घिमिरेले बताए । गुल्मीमा २०७६ साल माघ १९ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको थियो ।

सरकारले तीन हजार पाँच सयमा एक परिवारका पाँच सदस्यसम्मको बिमा गर्दछ । जसमा एक लाख बराबरको औषधि–उपचार निःशुल्क प्राप्त गर्दछन् । त्यसैगरी परिवार सङ्ख्या पाँचभन्दा बढी भएमा प्रतिव्यक्ति रु सात सयका दरले प्रथम बिमा शुल्कमा थपिँदै जाने र सो रकमले रु २० हजार उपचार खर्च प्राप्त हुने स्वास्थ्य बिमा बोर्डले जनाएको छ । 
 


प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  १८:४६
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
प्रतिनिधि सभा सदस्य निर्वाचनका समयमा स्वास्थ्य सेवालाई निरन्तर राख्ने :मन्त्रालय
प्रतिनिधि सभा सदस्य निर्वाचनका समयमा स्वास्थ्य सेवालाई निरन्तर राख्ने :मन्त्रालय बिहीबार, फागुन १४, २०८२
कैलाली-कञ्चनपुरमा बंगुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्क रहन आग्रह
कैलाली-कञ्चनपुरमा बंगुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्क रहन आग्रह बिहीबार, फागुन १४, २०८२
बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपिभी खोप लगाइयो
बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपिभी खोप लगाइयो बुधबार, फागुन १३, २०८२
आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाउँदै ‘टेम्केमैयुङ’
आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाउँदै ‘टेम्केमैयुङ’ सोमबार, फागुन ११, २०८२
स्वास्थ्य बीमालाई मन्त्रालयबाट रकमान्तर
स्वास्थ्य बीमालाई मन्त्रालयबाट रकमान्तर शुक्रबार, फागुन ८, २०८२
खोटाङमै सुरु भयो पाठेघर खस्ने समस्यासम्बन्धी शल्यक्रिया सेवा
खोटाङमै सुरु भयो पाठेघर खस्ने समस्यासम्बन्धी शल्यक्रिया सेवा बिहीबार, फागुन ७, २०८२
ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षण
ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षण मंगलबार, फागुन ५, २०८२
लोकप्रिय
  • Week
  • Month
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
‘दोस्रो जापान-नेपाल रोजगार सम्मेलन’ भोलि टोकियोमा हुँदै
‘दोस्रो जापान-नेपाल रोजगार सम्मेलन’ भोलि टोकियोमा हुँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
ताजा जनादेश आजको आवश्यकता
ताजा जनादेश आजको आवश्यकता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP