Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अपांग_महासंघ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #‘द चेन्ज’
  • #हायात_प्लेस
  • #एचआइभी एड्स दिवस
  • #नेपाल उद्योग वाणिज्य महासंघ
  • #यःमरी
  • #दाइँ_महोत्सव
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • पूर्वतयारीले डेंगु सङ्क्रमण न्यून
पूर्वतयारीले डेंगु सङ्क्रमण न्यून
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज २९, २०८२

गण्डकी- यस वर्ष कास्कीको पोखरा महानगरपालिकामा डेङ्गु सङ्क्रमणदर न्यून देखिएको छ । गत वर्ष यही याममा डेङ्गु सङ्क्रमितको सङ्ख्या झण्डै नौ हजार पुगेकामा यस वर्ष हालसम्म जम्मा पाँच सय ५४ जनामा डेङ्गु रोग देखिएको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ ।

गत वर्ष डेङ्गुबाट पोखरामा तीन जनाको मृत्युसमेत गएको थियो । प्रदेशको स्वास्थ्य मन्त्रालयले पोखरालाई डेङ्गु सङ्क्रमणको ‘हटस्पट’ उल्लेख गरेको थियो । यस वर्ष डेङ्गु सङ्क्रमणको दरमा उल्लेख्य रूपमा कमी आएको महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले बताए ।

डेङ्गु सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि गरिएको पूर्वतयारी र समुदायको सजगताका कारण डेङ्गु फैलन नपाएको उनको भनाइ छ । प्रदेश जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले गत वर्षको तुलनामा यस वर्ष जिल्लामा डेङ्गु सङ्क्रमणको दर झण्डै ७५ प्रतिशतले कम भएको बताए ।

“गत वर्ष डेङ्गु सङ्क्रमण व्यापक रूपमा देखिएपछि । यस वर्ष मानिस आफैँ सजग भएको देखियो, सम्बन्धित निकायले पनि समयमै नियन्त्रण तथा रोकथामका उपाय अवलम्बन गरे”, उनले भने, “पोखराका अस्पतालहरूको अनुगमन गर्दा पनि डेङ्गुका बिरामी धेरै कम भर्ना भएको पाइयो, अहिले डेङ्गुको खासै समस्या छैन ।”

Hardik health

डेङ्गु सार्ने लामखुट्टेको मुख्य बासस्थान मानिने पुराना टायरलाई सरसफाइ तथा व्यवस्थापनमा अटोमोबाइल एसोसिएसनले अगुवाइ गरेको उनले बताए । डेङ्गु सार्ने लामखुट्टेका लागि मौसम पनि प्रतिकूल परेकाले समुदायमा रोग फैलन नपाएको प्रमुख नेपालीले बताए । जाडोयाम सुरु हुन लागेकाले अब डेङ्गुको जोखिम पनि घट्दै जाने उनको भनाइ छ । साउनदेखि कात्तिकसम्मलाई डेङ्गु सङ्क्रमणको बढी जोखिमयुक्त समय मानिन्छ ।

डेङ्गु सङ्क्रमण रोक्न पोखरा महानगरपालिकाले सुरुदेखि नै समुदायस्तरमा सचेतना र अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो । कक्षा ७ देखि १० सम्मका विद्यार्थी, महिला स्वास्थ्यस्वयंसेवीलगायतलाई पनि डेङ्गु सङ्क्रमण रोकथामका विषयमा सचेतना प्रदान गरिएको महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक रेग्मीले बताए ।

डेङ्गु परीक्षणका लागि ‘किट’ व्यवस्थापन र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका काममा पनि महानगरको स्वास्थ्य महाशाखा लागिपरेको उनको भनाइ छ । हरेक व्यक्ति, परिवार र समुदाय सचेत नभएसम्म डेङ्गु रोकथाम र नियन्त्रण गर्न कठिन हुने जनस्वास्थ्य निरीक्षक रेग्मीले बताए  ।

डेङ्गु फैलाउने लामखुट्टेको टोकाइबाट जोगिन घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्ने खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थल भेटिएमा नष्ट गर्नुपर्ने उनले बताए । “समयमा जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके डेङ्गुले महामारीको रूप लिनसक्छ”, जनस्वास्थ्य निरीक्षक रेग्मीले भने, “जनघनत्व बढी भएका ठाउँमा डेङ्गु छिटो फैलने हुँदा सहरी क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्छ ।”

डेङ्गु रोग सार्ने ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको बासस्थान सबैभन्दा बढी पुराना टायरभित्र जमेको सफा पानीमा रहने गरेको छ । सफा र जमेको पानीमा उक्त लामखुट्टेले फुल पार्ने र लार्भा हुर्काउने गर्दछ । लामखुट्टेको सोही जीवनचक्र खल्बल्याउन बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्ने गरिएको हो । लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गु नियन्त्रणको उत्तम उपाय भएको चिकित्सक बताउँछन् । 
 


प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  ११:१६
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
‘फ्लू खोप’ निःशुल्क उपलब्ध गराउन नेपाल चिकित्सक संघको माग
‘फ्लू खोप’ निःशुल्क उपलब्ध गराउन नेपाल चिकित्सक संघको माग सोमबार, मंसिर १५, २०८२
सातौँ अन्तरराष्ट्रिय मर्यादित महिनावारी दिवस नेपालमा मनाइँदै
सातौँ अन्तरराष्ट्रिय मर्यादित महिनावारी दिवस नेपालमा मनाइँदै सोमबार, मंसिर १५, २०८२
बढ्न थाल्यो एड्ससँगै यौन रोगको समस्या
बढ्न थाल्यो एड्ससँगै यौन रोगको समस्या सोमबार, मंसिर १५, २०८२
सन्दर्भ एचआइभी एड्स दिवस : एचआईभी एड्सको त्रास : पर्यटनको दिगोपनामा ह्रास
सन्दर्भ एचआइभी एड्स दिवस : एचआईभी एड्सको त्रास : पर्यटनको दिगोपनामा ह्रास सोमबार, मंसिर १५, २०८२
७७ प्रतिशत एचआइभी सङ्क्रमित मात्रै उपचारको दायरामा
७७ प्रतिशत एचआइभी सङ्क्रमित मात्रै उपचारको दायरामा आइतबार, मंसिर १४, २०८२
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेहरु पक्राउ
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेहरु पक्राउ आइतबार, मंसिर १४, २०८२
चिसो बढेसँगै दीर्घकालका दम, खोकी र श्वासप्रश्वासका बिरामी भाइरल सङ्क्रमण  बढ्दै
चिसो बढेसँगै दीर्घकालका दम, खोकी र श्वासप्रश्वासका बिरामी भाइरल सङ्क्रमण बढ्दै आइतबार, मंसिर १४, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP