Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रतिनिधिसभा विघटनविरुद्ध सभामुख, न्यायालय जानुअघि छलफल
प्रतिनिधिसभा विघटनविरुद्ध सभामुख, न्यायालय जानुअघि छलफल
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, असोज २९, २०८२

 

  • २८ भदौमा भएको प्रतिनिधिसभा विघटनबारे सर्वोच्च जाने सुरमा सभामुख
  • विघटित प्रतिनिधिसभामा रहेका दलहरूसँग परामर्शका लागि प्रमुख सचेतकहरूको बैठक आह्वान
  • प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा एमाले, कांग्रेसमा मतभिन्‍नता

काठमाडौं– प्रतिनिधिसभा विघटनको निर्णयलाई न्यायिक परीक्षणका लागि सर्वोच्च अदालत जान सभामुख देवराज घिमिरेले राजनीतिक दलहरूको साथ खोजेका छन् । उनले आज विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका दलहरूका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार सभामुख घिमिरेले बैठक बिहान ९ बजे बस्नेगरी बोलाएका छन् । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी, नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत दलका प्रमुख सचेतकलाई बोलाइएको हो । प्रतिनिधिसभा विघटनविरुद्धको रिट लिएर सभामुख आफैं जाने कि नजाने भन्नेबारे बैठकमा छलफल हुने उनका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए ।

२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले विघटन गरेका हुन् । भदौ २७ गते विघटन भएको प्रतिनिधिसभा पुनस्र्थापना गर्नुपर्ने माग राख्दै मंगलबार सर्वोच्च अदालतमा रिटहरू परेका छन् । यस्तोमा सभामुख घिमिरेले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालत जान चाहेका छन् । उनी प्रतिनिधिसभा विघटनविरुद्धमा छन् । जेन–जी आन्दोलनको क्रममा आगजनीका कारण ध्वस्त संसद् भवनको अवलोकन गर्दै प्रतिनिधिभा विघटनको निर्णयमा समर्थन नरहेको स्पष्ट संकेत गरेका थिए ।

Hardik health

त्यसबेला उनलाई पत्रकारहरूले संसद् विघटनको घटनालाई कसरी हेर्नुभएको छ ? भनेर सोधेका थिए । उनको जवाफ ‘प्रतिनिधिसभा विघटन नगरी यसैभित्रबाट समाधान खोज्न सकिएको भए राम्रो हुन्थ्यो’ भन्ने थियो । उसो त २७ भदौमा संयुक्त वक्तव्य निकालेर सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले संविधानवादबाट बाहिर नजान भनेका थिए । यी विषयलाई पृष्ठभूमिमा राखेर सभामुख घिमिरेले आफू प्रतिनिधिसभा विघटनविरुद्ध रहेको प्रस्ट सन्देश दिँदै आएका छन् । उनले प्रतिनिधिसभा विघटनको कदमलाई संवैधानिक प्रावधानहरूमा टेकेर न्यायालयमा चुनौती दिन खोेजेका छन् । 

पहिलो, प्रतिनिधिसभा विघटन संविधानको कुनै पनि प्रावधानमा टेकेर गरिएको छैन । सभामुख घिमिरे पनि प्रतिनिधिसभा विघटनमा यो संविधानको मर्म नभेटिने तर्क गर्छन् । जेन–जी आन्दोलनपछि प्रतिनिधिसभा विघटनलाई उनी आवश्यकताको सिद्धान्तअनुसार भएको मान्न पनि तयार छैनन् । अर्को आधारको रूपमा सभामुख घिमिरेले ‘प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षको हुने’ भन्ने संवैधानिक व्यवस्थालाई लिएका छन् । संविधानको धारा ८५ मा संकटकालीन अवस्थाको घोषणा वा आदेश लागू रहेको अवस्थामाबाहेक प्रतिनिधिसभाका सदस्यको कार्यकाल पाँच वर्षको हुने व्यवस्था छ ।

यसबाहेक सभामुखले प्रतिनिधिसभा विघटनलाई असमर्थन गर्ने क्रममा विगतका नजिरहरूसमेत देखाउँदै छन् । प्रतिनिधिसभा विघटनको इतिहास हेर्ने हो भने विघटनको निर्णय बढी बदर भएका छन् । विघटनको कमै निर्णयमात्रै सदर भएको छ । वर्तमान संविधान जारी भएपछिको १० वर्षमा तीनपटक प्रतिनिधिसभा विघटन भएकोमा दुईपटक विघटनको निर्णय बदर भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक ५ पुस २०७७ मा प्रतिनिधिसभा विघटन गरेका थिए । ११ फागुन २०७७ मा सर्वोच्च अदालतले उक्त विघटनलाई असंवैधानिक कदम भन्यो र प्रतिनिधिसभा पुनस्र्थापना गरिदियो । फेरि ८ जेठ २०७८ मा ओली नै प्रतिनिधिसभा विघटन गरे । सोही वर्षको २८ असारमा सवोच्चले पुनः विघटनलाई असंवैधानिक ठहर गर्‍यो ।

गत २७ भदौमा तेस्रोपटक प्रतिनिधिसभा विघटन भयो तर यसको भने न्यायिक परीक्षण हुन बाँकी छ । पुनस्र्थापनाबारे नै मंगलबार केही रिट पर्दा सभामुख घिमिरेले पनि सर्वोच्च अदालत जाने वा नजानेबारे निर्णय लिन दलका प्रमुख सचेतकहरूसँग आज राय लिन लागेका हुन् ।  पूर्वमहान्यायाधिवक्ताहरू, नेपाल बार र सर्वोेच्च बारका पदाधिकारीसँगसमेत छलफल गर्ने सभामुखको तयारी छ । त्यसपछि मात्रै प्रतिनिधिसभा पुनस्र्थापनाको मागसहित सर्वोच्च जाने योजनामा सभामुख छन् । 

प्रतिनिधिसभा विघटन गर्दा प्रधानमन्त्री कार्कीले कुनै संवैधानिक आधार लिएकी थिइनन् । उनले गरेको सिफारिसकै आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले विघटनको निर्णय सदर गरिदिए । नयाँ चुनावको मिति २१ फागुनमा तोकिदिए । तर, नेकपा एमाले चुनावमा जान अनिच्छुक देखिएको छ । हालै सम्पन्न एमाले सचिवालय बैठकले संसद् पुनस्र्थापनाको पक्षमा एमाले उभिएको छ । पार्टी सचिव पद्मा अर्याल भन्छिन्, ‘प्रतिनिधिसभा विघटन हठात् गरियो । यो असंवैधानिक छ, यसविरुद्ध एमाले उभिन्छ ।’

नेपाली कांग्रेसमा भने प्रतिनिधिसभा पुनस्र्थापना र चुनावमा जानेबारे मत भिन्‍नता देखिएको छ । जारी केन्द्रीय समिति बैठकले यसबारे निर्णय लिन बाँकी छ । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायत दलहरू नयाँ जनादेशका लागि चुनावमा जान तयार भइसकेका छन् । अन्य केही साना दल पनि चुनावमा होमिइसकेका छन् । यस्तो स्थितिबीच सभामुख घिमिरे प्रतिनिधिसभा विघटनको रिट लिएर स्वयं जाने कि नजानेबारे परामर्शमा जुटेका छन् ।
 


प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  १०:०९
#सभामुख
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP