Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अपांग_महासंघ
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #‘द चेन्ज’
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #एफडब्लुएलडी
  • #हायात_प्लेस
  • #नेपाल उद्योग वाणिज्य महासंघ
  • #बेलीब्रिज
  • #यःमरी
Search Here
कृषि
  • Home
  • कृषि
  • केराखेतीबाट वार्षिक पाँच लाख आम्दानी
केराखेतीबाट वार्षिक पाँच लाख आम्दानी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज २८, २०८२

देउखुरी - राप्ती गाउँपालिका–५ छोट्की सिसहनियाका भानुभक्त रोकाय आठ वर्षदेखि केराखेतीमा लागेका छन् । उनले केराखेतीबाट वार्षिक पाँच लाखसम्म आम्दानी गर्दै आएका हुन् ।  अहिले रासायनिक मलको प्रयोग गरेर खेती गर्ने परिपाटीको विकास भइरहेको समयमा केराखेतीले माटोलाई मलिलो र आम्दानी पनि हुने भन्ने लागेर केराखेतीमा लागेको रोकायले बताए । 

“अरु खेतीपातीभन्दा केराबाट आम्दानी बढी हुने देखेर यसमा लागेको हो”, उनले भने, “पहिले मैले पसल (फेन्सी) व्यवसाय गर्दै आएको थिएँ, अहिले त्यो व्यवसाय छोडेर केराखेतीमा लागेको हुँ ।” पहिले परीक्षणका रूपमा चार कठ्ठा जमिनबाट सुरु गरेको खेती अहिले दुई बिघामा विस्तार गरेको उनले जानकारी दिए । यो वर्षदेखि अरु साढे एक बिघामा केराखेती विस्तार गर्ने तयारी गरेको उनले बताए । 

जिनाइन र मालभोग जातको केराखेती गरिरहेको जनाउँदै रोकायले सिसहनिया गाउँमा अधिकांश किसानले केराखेती गर्न थालेका बताए । गत वर्षमा केराको व्यापार प्रशस्त रहेको भन्दै एक याममा रु चार–पाँच लाख आम्दानी हुने उहाँले जानकारी दिए । “यसवर्ष भारतीय केराले नेपाली बजार ढाकेको छ । ती केराले नेपाली केराको मूल्य निर्धारण गरिदिने गरेकाले मूल्यमा गिरावट आएको छ”, उनले भने ।  

Hardik health

व्यापारीले दर्जनको रु २०–२५ का दरले मूल्य निर्धारण गरेपछि किसानलाई मर्का परेको रोकायको भनाइ छ । “भारतको केरा सस्तो हुने र यहाँ उत्पादित बिक्री नहुने भएकाले केरा बिक्री गर्न समस्या हुँदै आएको छ”, उनले भने  । स्थानीय तह र प्रदेश सरकारले प्राविधिक तथा विशेष सहयोग गर्नुपर्नेमा उनले जोड दिए । हामी आफैँले किसान, विशेषज्ञ र व्यापारी बन्नुपर्छ, यसले थप समस्या भइरहेको छ । स्थानीय र प्रदेश सरकारले प्राविधिक सहयोग गरेमा खेती गर्न सहज हुने थियो”, उनले भने ।

रोकायका अनुसार यहाँ केरा प्रवर्द्धन कृषक समूह गठन गरिएको छ । सो समूहले किसानका समस्याका विषयमा छलफल गर्ने र समाधानको उपाया खोजी गर्ने गरेको उनले बताए । केराको बिक्री गर्न, काँटछाँट, रेखदेख गर्न र मल हाल्न तीन स्थानीयलाई रोजगारी दिएको भन्दै तुलसीपुर, घोराही, लमही बुटवलका व्यापारी घरमा आएर खरिद गर्ने गरेको उनले जानकारी दिए ।  

कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीका अनुसार जिल्लामा आव २०८१/०८२ मा ७३० हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती भएको थियो । यसमा नौ हजार ९७३ मेट्रिकटन केरा उत्पादन भएको केन्द्रको वार्षिक प्रतिवेदनमा उल्लेख छ । 

जिल्लामा केराखेतीको प्रशस्त सम्भावना रहेको उनले बताए । पछिल्लो समयमा केराखेती गर्नेको सङ्ख्या वृद्धि हुँदै गएको जनाउँदै उनले केराको बजार माग पनि बढिरहेको उल्लेख गरे । खेती विस्तारका लागि किसानलाई कार्यालयले अनुदान दिने गरेको प्रमुख भण्डारीले बताए ।
 


प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  १२:४०
प्रतिक्रिया दिनुहोस्
थप कृषि
हुप्सेकोटका तीन हजार किसान काँक्रा बेचेर कुस्त कमाउँदै
हुप्सेकोटका तीन हजार किसान काँक्रा बेचेर कुस्त कमाउँदै आइतबार, मंसिर १४, २०८२
देशभर कृषि सर्वेक्षण गरिँदै
देशभर कृषि सर्वेक्षण गरिँदै शुक्रबार, मंसिर १२, २०८२
बेतबाँसका सामग्री बेचेर आम्दानी गर्दै बाधुराम
बेतबाँसका सामग्री बेचेर आम्दानी गर्दै बाधुराम शुक्रबार, मंसिर १२, २०८२
आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य शुक्रबार, मंसिर १२, २०८२
पशुबिमा कार्यक्रमबाट पनौतीका चार हजार किसान लाभान्वित
पशुबिमा कार्यक्रमबाट पनौतीका चार हजार किसान लाभान्वित शुक्रबार, मंसिर १२, २०८२
चिस्यान केन्द्र सञ्‍चालनमा
चिस्यान केन्द्र सञ्‍चालनमा शुक्रबार, मंसिर १२, २०८२
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात शुक्रबार, मंसिर १२, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
वैदेशिक रोजगारीमा जान अब ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने
वैदेशिक रोजगारीमा जान अब ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP