Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराविरुद्ध मुद्दा
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराविरुद्ध मुद्दा
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, असोज २८, २०८२

आठ करोड ५५ लाख बिगो र तीन वर्षभन्दा बढीको कैद सजाय मागदाबी

  • संगठित अपराध र भन्सार ऐनअन्तर्गतका कसुरमा मुद्दा
  • तीन वर्षअघि विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन तस्करी भएको प्रकरणमा संलग्न रहेको आरोप
  • भन्सार ऐन ०६४ र संगठित अपराध निवारण ऐन ०७० प्रतिकूल काम गरेको कसुर
  • महराविरुद्ध भ्रष्टाचार निवारण ऐन ०५९ अनुसार अख्तियारको अनुसन्धान पनि जारी
  • आरोपित महराको आज बयान र थुनछेक बहस हुने

काठमाडौं– सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध दुईवटा कसुरमा मुद्दा दर्ता भएको छ । जिल्ला अदालत काठमाडौंमा उनीविरुद्ध सोमबार संगठित अपराध र भन्सार ऐनअन्तर्गतका कसुरमा मुद्दा दर्ता भएको हो ।

यी दुई मुद्दामा आठ करोड ५५ लाख २८ हजार रुपैयाँ बिगो मागदाबी भएको छ । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार तीन वर्षभन्दा बढी अवधि कैद सजाय मागदाबी पनि गरिएको छ । श्रेष्ठले प्रभावसँग भने, ‘मंगलबार उहाँको बयान हुने छ र त्यसपछि थुनछेक बहस हुने छ र संगठित अपराध र भन्सार ऐन कसुरमा मुद्दा दर्ता भएको छ ।’

पहिलो संविधानसभामा सांसद खरिद बिक्री गर्न चिनियाँसँग पैसा मागेको र सभामुख छँदै संसद् सचिवालयकी एक कर्मचारीमाथि बलात्कारको आरोप लागेका विवादित बनेका उनी पछिल्लोपटक सुन तस्करी प्रकरणमा मुछिएका थिए । यसअघि राजनीतिक संरक्षण पाएका उनलाई आइतबार पक्राउ गरिएको हो ।

Hardik health

महराले भन्सार ऐन, २०६४ को दफा ५७ को उपदफा (१) तथा संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ को उपदफा (१), उपदफा (२) र उपदफा (३) को खण्ड (क) बमोजिमको कसुर गरेकोमा बिगो आठ करोड ५५ लाख २८ हजार रुपैयाँ र सोही ऐनको दफा ५७ को उपदफा (१घ) को खण्ड (ख) बमोजिम सजाय हुनुपर्ने भनिएको छ । ती कसुर संगठितरूपमा समूह बनाई तहगत जिम्मेवारीअनुसारको कार्य गरी संगठित ढंगले कसुर गरेकोमा महरालाई संगठित अपराध निवारण ऐन, २०७० को दफा ९ को खण्ड (क) बमोजिम थप सजाय हुन मागदाबी गरिएको श्रेष्ठले बताए ।

तीन वर्षअघि विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन तस्करी भएको प्रकरणमा महरा मुछिएका छन् । उनी यही प्रकरणमा दोस्रोपटक पक्राउ परिसकेका छन् । तर, यसअघि भने उनले प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयबाट उन्मुक्ति पाए । आइतबार उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले खुमलटारबाट पक्राउ गरेको थियो ।

सिआइबीले पूर्वसभामुख महराविरुद्ध भन्सार ऐन ०६४ र संगठित अपराध निवारण ऐन ०७० प्रतिकूल काम गरेको कसुरमा अनुसन्धान अघि बढाएको छ । राज्यका उच्च ओहदामा रहेर काम गरिसकेका महराविरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन ०५९ अनुसार पनि अनुसन्धान गरिरहेको छ ।

भन्सार ऐन, ०६४ अन्तर्गत सरकारद्वारा जारी आदेशअनुसार ‘झिटीगुण्टा’ शीर्षकमा महिलाले ५० ग्राम र पुरुषले २५ ग्राम तथा भन्सार शुल्क तिरेर २०० ग्रामसम्म तयारी सुन ल्याउन पाइन्छ । यसबाहेक हुने सुन कारोबारलाई दण्डनीय मानिएको छ । महराले झण्डै नौ किलो चिनियाँ तस्करको सुन भन्सारबाट छुटाउन चलखेल गरेको आरोप छ । त्यसक्रममा २५६ पटक फोन सम्पर्क बिचौलियासँग भएको प्रहरी अनुसन्धानबाट देखिएको छ । चिनियाँ सुन तस्कर दावाजिन वाङसँग महराले ११ पटक फोन सम्पर्क गरेको देखिएको प्रहरीको भनाइ छ । महराले दावाजिनसँगको सम्बन्ध पुरानो रहेको बताइसकेका छन् ।

सुन तस्करी भएको १० पुस २०७९ मा हो । त्यसदिन ७३ बट्टामा ७३० वटा भेपमा लुकाएर चिनियाँ तस्करले दुबईहुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन ओसारेका थिए । करिब नौ किलो सुनको त्यसबेलाको बजार मूल्यअनुसार साढे आठ करोड रुपैयाँ थियो । फ्लाइ दुबईको उडान नम्बर एफजेड ०५८७ बाट चिनियाँ राहदानी इजे ६३५००३० बाहक ली हसङले दुईवटा सुटकेसभित्र लुकाएर ७३ वटा बट्टामा सुन राखिएका भेपसहित काठमाडौं आएका थिए ।

काठमाडौं ओर्लिएलगत्तै भेपका रूपमा जाँचपास गराएर चिनियाँ गिरोहका नाइके दावाजिन वाङलाई हस्तान्तरण गर्ने तरखरमा थिए, ली । तर, सामान शंकास्पद देखिएपछि त्यही दिन विमानस्थल भन्सार कार्यालयले सामान नियन्त्रणमा लियो । त्यसको केही दिनमै हसङ फरार भए । सुनका मालिक दावाजिनले पूर्वसभामुख महरा र उनका छोरा राहुलबाट भन्सारमा रोकिएका सामान छुटाउन सक्रियता बढाए । त्यसपछि महराका बाबुछोरा दावाजिनको योजनाअनुसार सुन भएका भेप छुटाउन सक्रिय भए । त्यसक्रममा महरा बाबुछोराले भन्सारका कर्मचारीसहित विभिन्न व्यक्ति र चिनियाँ तस्करसमेतलाई विभिन्न समयमा २५० भन्दा बढी पटक फोन गरेका थिए ।

उसो त भन्सारले भेप नियन्त्रणमा लिएपछि तीन दिनपछि १३ पुसमा महराका बाबुछोराले पालैपालो भन्सारका कर्मचारीलाई फोन गरेर छुटाउन दबाब दिए । तर, विमानस्थल भन्सारका तत्कालीन प्रमुख प्रशासक अरुण पोखरेलले मानेनन् । त्यसबेलासम्म भेपमा सुन राखिएको विषय सार्वजनिक भएको थिएन । भेप गोदाममा सिल गरेर राखिएको थियो । पछि भन्सारकै कर्मचारी र बिचौलियासहितको सेटिङमा गोदाममा राखिएका ती भेप चोरी भए । त्यसको ठाउँमा अरु नै भेप राखियो । सुन भएका भेप निकालेर गिरोहले बिक्री गरेको रहस्य खुलेको थियो । त्यसपछि भेपमा सुन तस्करी गरेको र विमानस्थल भन्सार कार्यालयले रोक्दा छुटाउन पूर्वसभामुख महरा र उनका छोरा राहुल सक्रिय भएको देखिएको थियो । 

यही प्रकरणपछि महरा ५ चैत २०८० मा कपिलवस्तुबाट पक्राउ परेका थिए । पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गठित जाँचबुझ आयोगले पनि भेप प्रकरणमा महराको भूमिका सन्दिग्ध रहेको र तथ्य–प्रमाणले उनलाई कसुरदार होइनन् भन्न नसकिने भन्दै पुनः अनुसन्धान गर्नुपर्ने राय दिएको थियो । तर, राजनीतिक शक्ति केन्द्रसँगको निकट सम्बन्धका कारण उनले पटक–पटक उन्मुक्ति पाए । उनलेभन्दा बढी कल गरेका छोरा राहुललाई सिआइबीले १३ भदौ २०८० मा पक्राउ गरेको थियो । सोही वर्षको २७ भदौमा उनीसँग सिआइबीले सोधपुछ गरेको थियो ।

जबकि, २४ असोज ०८० मा राहुलसहित लोकेन्द्र पौडेल, तिब्बती मूलका बेलजियन नागरिक दावाछिरिङ र अर्का व्यक्ति निमा छिरिङविरुद्ध भन्सार छली र संगठित अपराध कसुरमा सात वर्षसम्म कैद सजाय माग गर्दै अदालतमा मुद्दा दायर भयो । यसपछि तत्कालीन पुष्पकमल दाहाल सरकारको चौतर्फी आयोजना भयो । त्यो विषयले संसद्मा पनि प्रवेश पायो । अन्ततः महरा पक्राउ परे । 
 


प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  १०:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP