Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
समाचार
  • Home
  • समाचार
  • वीर अस्पतालमा ‘एनोरिज्य’को जटिल शल्यक्रिया गरियो
वीर अस्पतालमा ‘एनोरिज्य’को जटिल शल्यक्रिया गरियो
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज २६, २०८२

काठमाडौं- वीर अस्पतालमा ‘एनोरिज्म’ (नसा फुलेर फुट्ने रोगको) जटिल शल्यक्रिया गरिएको छ । अस्पतालका न्युरो सर्जरी विभाग प्रमुख  डा राजीव झाको नेतृत्वमा छ वटा एनोरिज्म एकैपटक नौ घण्टा लगाएर सफलतापूर्वक शल्यक्रिया गरिएको हो । 

उनले बिरामीको मस्तिष्कमा रहेका छवटा ‘एनोरिज्म’को एकैपटकमा पहिलो शल्यक्रिया गरेर सफल उपचार गरेको बताए । यस्तो शल्यक्रिया अत्यन्त जटिल मानेर र कम मात्र देशमा यसको उपचार हुने उनले बताए । ‘एनोरिज्म’ मा नसा बेलुनजस्तै फुलेर फुट्ने गर्दछ । त्यसपछि मान्छेको ब्रेन ह्यामरेज भएर मृत्यु पनि हुनसक्दछ । शल्यक्रिया असोजको दोस्रो हप्ता गरिएको थियो । ‘ती बिरामीको एउटा ‘एनोरिज्म’ फुटेको थियो र अन्य पाँच वटा फुट्ने तयारीमा रहेका थिए’, उनले भने,‘तर हाम्रो टिमले नौ घण्टा लगाएर उक्त एनोरिज्मलाई शल्यक्रियामार्फत उपचार गर्न सफल भयौंँ ।’ उनका अनुसार फुटेको एउटा ‘एनोरिज्म’लाई बेलुनजस्तै बाँधेर राखिएको छ र अरु फुट्न तयारी रहेकालाई क्लिप लगाएर फुट्नबाट जोगाएर राखिएको छ । 

उनले एकैव्यक्तिको मस्तिष्कमा छवटा एनोरिज्म कमैमात्रामा हुने गरेको बताए । बिरामीको एनोरिज्य एकदेखि चार वटासम्म सामान्य हुने र त्यसपछि पाँच तथा छ वटा कमैमात्रामा हुने गर्दछ । उनले एनोरिज्म फुटेका ५० प्रतिशत बिरामी मात्र अस्पताल आउने र तीमध्ये ५० प्रतिशत मात्र उपचार पाएर बाँच्ने बताए । एनोरिज्मका कारणले बिरामीमा ब्रेन ह्यारेज हुने र तत्काल मृत्युसमेत हुने गर्दछ । न्युरो सर्जरी विभाग प्रमुख  डा झाका अनुसार चुरोट र मादक पदार्थ सेवन गर्ने, उच्चरक्तचाप, मधुमेह भएकालाई एनोरिज्म हुने गर्दछ । उनले अहिलेसम्म ११ वटा यस्ता एनोरिज्मका बिरामीको सफल उपचार गरेका छन् । 

Hardik health

‘अहिलेसम्म मैले चार वटा ‘एनोरिज्म’ मस्तिष्कमा भएका बिरामीको सफलतापूर्वक उपचार गरेको थियो’, उनले भने,‘तर अहिलेको बिरामीमा छ वटा एनोरिज्म रहेको थियो, तैपनि हामीले छवटैको जटिल शल्यक्रिया सफलतापूर्व गर्यौँं ।’ अस्पतालमा बर्सेनि सयभन्दा धेरै जना एनोरिज्म फुटेर आउने गर्दछन् । उनले अहिले बिरामीको अवस्था ठीक भइसकेको जनाए । 


प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  १६:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सावधान ! चुरोटभन्दा हानिकारक हुक्का
सावधान ! चुरोटभन्दा हानिकारक हुक्का मंगलबार, पुस २९, २०८२
भरतपुर अस्पतालमा बिरामीको चाप
भरतपुर अस्पतालमा बिरामीको चाप मंगलबार, पुस २९, २०८२
त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द
त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द सोमबार, पुस २८, २०८२
टिचिङ अस्पतालले स्वास्थ्य बीमाको सेवा बन्द गर्ने
टिचिङ अस्पतालले स्वास्थ्य बीमाको सेवा बन्द गर्ने सोमबार, पुस २८, २०८२
सासूको उत्प्रेरणाले ‘मिनिल्याप’ गराउँदै बुहारीहरू
सासूको उत्प्रेरणाले ‘मिनिल्याप’ गराउँदै बुहारीहरू सोमबार, पुस २८, २०८२
तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता
तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता आइतबार, पुस २७, २०८२
क्यान्सर अस्पतालमा भिडियो एक्सरे सेवा बन्द
क्यान्सर अस्पतालमा भिडियो एक्सरे सेवा बन्द शुक्रबार, पुस २५, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP