Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #दीपशिखा
  • #डा हरि रोका
  • #मगर_दिवस
  • #४४औँ राष्ट्रिय मगर एकता दिवस
  • #नेपाली कांग्रेस
  • #स्वाइन_फिभर
  • #अफ्रिकन_स्वाइन_फिभर
  • #निर्वाचन_प्रहरी
  • #थुनेलो_रोग
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘सुरक्षाकर्मीको आँखा सुरक्षित हुँदा नागरिकको पनि सुरक्षा हुन्छ’
‘सुरक्षाकर्मीको आँखा सुरक्षित हुँदा नागरिकको पनि सुरक्षा हुन्छ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज २३, २०८२

काठमाडौं  -  विश्व दृष्टि दिवसका अवसरमा सुरक्षाकर्मीको निः शुल्क आँखा परीक्षण गरिएको छ । नेपाल नेत्रज्योति सङ्घले आफ्ना देशभर रहेका अस्पताल, उपचार केन्द्र तथा सञ्चाल मार्फत् सो सेवा प्रदान गरेको  हो ।  

सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले यस वर्षको विश्व दृष्टि दिवसका अवसरमा  नागरिक सेवामा अहोरात्र खटिने प्रहरीहरुको आँखा स्वास्थ्यलाई प्राथमिकता दिएर देशभरका सञ्जाल मार्फत्  निःशुल्क आँखा परीक्षण गरिएको जानकारी दिए ।  

सङ्घका महासचिव भरतबहादुर चन्दका अनुसार सङ्घद्वारा देशभरमा सञ्चालित २८  आँखा अस्पताल तथा २२६ आँखा उपचार केन्द्रहरुले स्थानीय प्रहरी कार्यालयहरुसंगको समन्वयमा आँखा परीक्षण कार्यक्रम सञ्चालन गरिरहेका छन् । उहाँले भने, “हामीलाई प्रहरीले सुरक्षा दिएकै कारण ढुक्कले बस्न सकिरहेका छौ ।  हाम्रो सुरक्षामा खटिने उहाँहरुको दृष्टि सुरक्षित हुँदा हाम्रो पनि सुरक्षा हुन्छ । यसैले यस पटक प्रहरीहरुको आँखा स्वास्थ्यलाई प्राथमिकतामा राखेर विश्वदृष्टि मनाइ रहेका छौ ।”’ 

Hardik health

संघका अध्यक्ष प्रा.डा.चेतराज पन्तले सर्वजनिक स्थलका सडक, धुवा, धुलो र प्रत्यक्ष प्रकाशको किरणमा काम गर्ने प्रहरीहरुमा आँखाको समस्या देखिने जोखिम बढी हुने भएकोले उहाँहरुको आँखाको सुरक्षाका लागि आँखा परीक्षण कार्यक्रम सञ्चालन गरिएको बताए। 

उनले भने, “नेपाल प्रहरी अग्रभागमा रहेर आम जनतासंग जोडिएको हुन्छ । यदि हामीले उहाँहरुलाई आँखा स्वास्थ्यको महत्व र आवश्यकता राम्रोसंग बुझाउन सक्यो भने त्यो सन्देश छिट्टै आम जनमानसमा पुग्ने भएकाले पनि यो पटकको विश्व दृष्टि दिवसमा हामिले प्रहरी केन्द्रित आँखा जाँच कार्यक्रम संचालन गर्यौ । ”

सन् १९९८ को अक्टोवर ८ गतेदेखि विश्व स्वास्थ्य संगठन तथा अन्धोपन न्यूनीकरण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको छाता संगठनले संयुक्त रुपमा मनाउन सुरु गरेका थिए ।  विश्वदृष्टि दिवसले विश्वमा अन्धोपनको कारक तथा यसको न्यूनीकरणका उपायहरुका सम्बन्धमा आम जनसाधारणसम्म सूचना र जानकारीहरु प्रवाह गरी सचेतना अभिवृद्धि गर्ने कार्यमा सरोकारवाला सबैलाई अझ बढि प्रेरित र प्रोत्साहित गर्ने गरिन्छ । 

यस दिवसको उद्देश्य विश्वकै प्रमुख स्वास्थ्य समस्याको रुपमा मानिएको पूर्ण वा आंशिक दृष्टिविहीनता तथा दृष्टिदोषको न्यूनीकरणका लागि सबै सरोकारवालाहरु (संघिय, प्रदेश तथा स्थानीय सरकार,  तथा आँखा स्वास्थ्य क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाहरु) लाई राष्ट्रिय अन्धोपन निवारण कार्यक्रममा अझ बढी एकतावद्ध र संगठित भएर ठोस नीति र योजनाका साथ क्रियाशील हुन अभिप्रेरित गर्नु रहेको छ ।  साथै लक्षित वर्गलाई अन्धोपन निवारण कार्यक्रम तथा यसका क्रियाकलापहरुका बारेमा सचेतना अभिबृद्धि गराई अन्धोपनविरुद्धको कार्यक्रममा व्यापक जनसहयोग र समर्थन प्राप्त गर्न अभिप्रेरित गर्नु रहेको छ ।

विश्वमा अन्धोपनाको कारक तथा यसको न्यूनीकरणका उपायहरुका सम्बन्धमा आम जनमानससम्म सूचना र जानकारीहरु प्रवाह गरी सचेतना अभिबृद्धि गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठन तथा अन्धोपन न्यूनीकरण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको छाता संगठन इन्टरनेशल ऐजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस(आइएपिबी) ले संयुक्त रुपमा यो दिवस मनाउन सुरुआत गरेका थिए ।  यस वर्ष ‘आफ्नो आँखालाई माया गरौं’ भन्ने नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रम गरेर विश्व दृष्टि दिवस मनाइदैछ ।


प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  १७:२५
#विश्व दृष्टि दिवस
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रतिनिधि सभा सदस्य निर्वाचनका समयमा स्वास्थ्य सेवालाई निरन्तर राख्ने :मन्त्रालय
प्रतिनिधि सभा सदस्य निर्वाचनका समयमा स्वास्थ्य सेवालाई निरन्तर राख्ने :मन्त्रालय बिहीबार, फागुन १४, २०८२
कैलाली-कञ्चनपुरमा बंगुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्क रहन आग्रह
कैलाली-कञ्चनपुरमा बंगुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्क रहन आग्रह बिहीबार, फागुन १४, २०८२
बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपिभी खोप लगाइयो
बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपिभी खोप लगाइयो बुधबार, फागुन १३, २०८२
आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाउँदै ‘टेम्केमैयुङ’
आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाउँदै ‘टेम्केमैयुङ’ सोमबार, फागुन ११, २०८२
स्वास्थ्य बीमालाई मन्त्रालयबाट रकमान्तर
स्वास्थ्य बीमालाई मन्त्रालयबाट रकमान्तर शुक्रबार, फागुन ८, २०८२
खोटाङमै सुरु भयो पाठेघर खस्ने समस्यासम्बन्धी शल्यक्रिया सेवा
खोटाङमै सुरु भयो पाठेघर खस्ने समस्यासम्बन्धी शल्यक्रिया सेवा बिहीबार, फागुन ७, २०८२
ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षण
ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षण मंगलबार, फागुन ५, २०८२
लोकप्रिय
  • Week
  • Month
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
‘दोस्रो जापान-नेपाल रोजगार सम्मेलन’ भोलि टोकियोमा हुँदै
‘दोस्रो जापान-नेपाल रोजगार सम्मेलन’ भोलि टोकियोमा हुँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
ताजा जनादेश आजको आवश्यकता
ताजा जनादेश आजको आवश्यकता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP