Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
अर्थ समाचार
  • Home
  • अर्थ समाचार
  • शिक्षण पेशा छोडेर तरकारी खेती, वार्षिक पाँच लाख आम्दानी
शिक्षण पेशा छोडेर तरकारी खेती, वार्षिक पाँच लाख आम्दानी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज ९, २०८२

कञ्‍चनपुर- एक समय गाउँको विद्यालयमा अंग्रेजी शिक्षक अध्यापन गर्ने प्रकाश पैतोला अहिले तरकारी किसानको रूपमा परिचित छन् ।

शिक्षण पेशा छोडेर व्यवसायिक रूपमा तरकारी खेतीमा लागेका उनले वार्षिक करिब पाँच लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका-८ निवासी पैतोला पाँच वर्षअघि विद्यालयको जागिर छोडेर तरकारी खेतीमा लागेका हुन् ।  उनले दुई बिघाह १५ कठ्ठा जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका छन् । ‘कोभिड सङ्क्रमण अघिसम्म स्थानीय विद्यालयमा शिक्षण गर्थे लामो समय लकडाउन भएपछि मैले तरकारी बिक्री गर्न थाले ।’ पैतोलाले भने,‘सुरुवातमा ६ कठ्ठा भाडामा लिएर टमाटर मात्रै लगाए, पछि विस्तारै लहरे तरकारी विस्तार गर्दै आए ।’ उनले सुरुवातमा तरकारी उत्पादन गर्ने किसानबाट तरकारी खरिद गरेर बजारमा बिक्री गर्ने काम गरेमन थिए । पछि उनलाई आफैँले खेतीमा लाग्‍नुपर्छ भन्ने सोच आएपछि जग्गा भाडामा लिएर तरकारी खेती विस्तार गरेका हुन् । 

वैदेशिक रोजगारीको मोहले उनलाई पनि नछोएको होइन । त्यसका लागि उनले सबै कागजात तयार गरेर वैदेशिक रोजगारीको तयारीसमेत गरेका थिए । तर पछि अर्काको नोकरी गर्नुभन्दा आफ्नै ठाउँमा आफँैले केही गर्नुपर्छ भन्ने लागेपछि उनले वैदेशिक रोजगारीमा जान छोडेर तरकारी खेती विस्तार गरेमन हुन् । ‘अर्काको ड्युउटी गर्नुभन्दा आफैले गर्नु राम्रो लाग्यो ।’ उनले भने, ‘विदेश जादा दुःख बिरामी भएका बेला परिवारको ख्याल राख्न पाइदैन, यहाँ केही गरे परिवारसँग बस्न पाउँछु, परिवारको हेरचाँर र आम्दानी पनि हुने भयो ।’ उनले अहिले दैनिक ८०० ज्याला दिनेगरी तीन जना कामदारसमेत राख्नुभएको छ । उनको जग्गामा टमाटर, करेला, काँक्रालगायतका लहरे तरकारी उत्पादन भइरहेको छ ।  

Hardik health

सुरुवातमा टमाटर खेती गर्दा डेढ लाख लगानी लगाएका उनले त्यसपछिको कमाइ भने तरकारी खेतीको बिस्तारमै खर्च गरेका छन् । ‘बिघाहको वार्षिक पचास हजारका दरले दुई बिघाह १५ कठ्ठा जग्गा भाडामा लिएको छु ।’ उनले भने,‘सबै खर्च कटाएर वार्षिक पाँच लाख जति आम्दानी हुन्छ, यसले जीवनयापन भइरहेको छ ।’ उनले तरकारी खेतीबाट आएको नाफा तरकारी खेतीको विस्तारमै खर्च गरिरहेको बताए । वर्षाद्को समयमा भने तरकारी खेतीमा नोक्सानी बेहोर्नु परेको उनको भनाइ छ । तर मेहनतका साथ काम गरे स्वदेशमै पैसा कमाउन सकिने उनको भनाइ छ । ‘मेहनत गरेर तरकारी उत्पादन गर्न सके राम्रो बजार छ, यहाँबाट बजार पुग्दासम्म तरकारी बिक्री भइसक्छ ।’ उनले भने,‘आफ्नै देशमा पनि मेहनत गरे राम्रो आम्दानी गर्न सकिन्छ ।’

अङ्ग्रेजी विषमा स्नातक तहसम्म अध्ययन गरेका पैतोला अहिले पनि फूर्सद्को समयमा विद्यार्थीलाई ट्युसन पढाउदै आएका छन् । पैतोलाजस्ता शिक्षित युवाले कृषि व्यवसायलाई रोजगारीको माध्यम बनाउनु सकारात्मक संकेत हो । सरकारी निकायले यस्ता प्रयासलाई प्रोत्साहन गर्ने हो भने कृषि क्षेत्रमा थप व्यवसायीकरणमा टेवा पुग्ने छ । 


प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  १६:३७
प्रतिक्रिया दिनुहोस्
थप अर्थ समाचार
यस वर्ष पर्वतबाट ३२ करोडको सुन्तला निर्यात
यस वर्ष पर्वतबाट ३२ करोडको सुन्तला निर्यात बिहीबार, माघ १५, २०८२
हुम्लामा भारी हिमपात हुँदा किसान रमाए
हुम्लामा भारी हिमपात हुँदा किसान रमाए बिहीबार, माघ १५, २०८२
चितवनको गहुँमा नयाँ रोग
चितवनको गहुँमा नयाँ रोग बिहीबार, माघ १५, २०८२
लमजुङमा अलैँची बिक्रीबाट २४ करोड आम्दानी
लमजुङमा अलैँची बिक्रीबाट २४ करोड आम्दानी बुधबार, माघ १४, २०८२
कालिज पालेर मासिक एक लाखभन्दा बढी आम्दानी
कालिज पालेर मासिक एक लाखभन्दा बढी आम्दानी मंगलबार, माघ १३, २०८२
बढी मूल्य लिन माघ लागेपछि सुन्तला टिप्दै  दोसल्लेका किसान
बढी मूल्य लिन माघ लागेपछि सुन्तला टिप्दै दोसल्लेका किसान सोमबार, माघ १२, २०८२
‘महको माग बढ्दो छ, बिक्री गर्न बजारको समस्या छैन’
‘महको माग बढ्दो छ, बिक्री गर्न बजारको समस्या छैन’ सोमबार, माघ १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP