Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘बर्थिङ सेन्टर’ पुग्न दुई घण्टाको पैदल हिड्नुपर्ने
‘बर्थिङ सेन्टर’ पुग्न दुई घण्टाको पैदल हिड्नुपर्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज ७, २०८२

कञ्चनपुर- कञ्चनपुरको भीमदतत्त नगरपालिका-९ खल्ला मसेट्टी क्षेत्रका गर्भवती नजिकमा प्रसूति सेवासहितको स्वास्थ्य संस्था नहुँदा घरमा नै सुत्केरी हुन बाध्य छन् ।

बस्तीबाट आठ किलोमिटर टाढा ब्रह्मदेवमा ‘बर्थिङ सेन्टर’ रहेको भए पनि जोखिमपूर्ण कच्ची बाटो पार गरेर जानुपर्ने भएकाले सेवा पाउन मुस्किल पर्छ । बर्थिङ सेन्टर पुग्न दुई घण्टाको पैदल जानुपर्ने भएकाले घरमै सुत्केरी हुनुको विकल्प नरहेको यहाँका स्थानीय बताउँछन् । गर्भवतीलाई नियमित चेकजाँच गराउने र अनिवार्य सुत्केरी स्वास्थ्य संस्थामा नै गराउनुपर्ने सरकारी मान्यता भए पनि यहाँ लागू हुन सकेको छैन । यहाँ यातायातको सहज पहुँच नहुँदा गर्भवतीलाई ‘स्टेचर’मा बोकेर स्वास्थ्य संस्थामा पुगाउनुपर्ने बाध्यता छ । 

कतिपय गर्भवती बाटोमा नै सुत्केरी भएर फर्काउन बाध्य भएको यहाँका स्वास्थ्य स्वयंसेविका विमला बमले जानकारी दिए । ‘केहीलेकाँही नवजातशिशुहरु बाटोमा नै जन्मिएका छन्, बाध्यता छ के गर्नु गाउँमा बर्थिङ सेन्टर छैन,’ उनले भने, ‘बर्थिङ सेन्टर पुग्न दुई घण्टा पैदल जार्नुपर्छ  यातायातको सुविधा छैन ।’ 

Hardik health

सरकारले घरमा सुत्केरी हुने दर शून्यमा अभियान चलाएको छ । नियमित चारपटक गर्भजाँच गर्नुपर्ने र त्योबापत ७०० रुपैयाँ समेत दिने व्यवस्था गरेको छ । सुत्केरी स्वास्थ्य संस्थामा गराएबापत तीन हजार रुपैयाँ यातायात खर्चस्वरुप पाउने प्रावधान पनि छ । तर यहाँका गर्भवतीहरु स्वास्थ्य संस्थामा सुत्केरी हुन नै पाएका छैनन् । ‘कच्ची सडक छ हिउँदमा त एम्बुलेन्स आउँछ जसोतसो स्वास्थ्य संस्थामा पुगिन्छ ।’ यहाँका स्थानीय रेखा विकले भनिन्,‘नियमित चेकजाँचका पनि हामीले दुई घण्टा पैदल जानुपर्छ ।’

उक्त बस्तीमा गाउँघर क्लिनिक स्थापना गरिएको छ । उक्त क्लिनिकमा एक जना अनमी, अहेब र एक जना कार्यालय सहयोगी छन् । क्लिनिकमा कार्यरत अनमी ममता महता सुत्केरी बिदामा गएपछि पुनः हाजिर हुनुभएको छैन । उनले काज मिलाएर अन्तै गएपछि यहाँका बालबालिकालाई खोप र भिटामिन खुवाउन समेत समस्या भएको छ । अहिले खोप र भिटामिनका लागि ब्रह्मदेव स्वास्थ्य केन्द्रबाट महिनामा एक पटक अनमी आएर सेवा दिने गरेको गाउँघर क्लिनिकमा अहेब नारायण बोहराले जानकारी दिए । 

‘यहाँ बाटोको समस्या छ, सुत्केरी हुन स्टेचरमा बोकेर पाँच किलोमिटर टाढा लग्नुपर्ने बाध्यता छ,’ बोहराले भने,‘यहाँ त खानेपानीको सुविधा समेत छैन म घरबाट पानी बोकेर आउँछु ।’ उहाँका अनुसार उक्त क्लिनिकमा कार्यरत अनमी सुत्केरी बिदामा गएको डेढ वर्ष भइसकेको छ । उनको स्थानमा अर्को कर्मचारी नखटाउँदा बालबालिको खोप र गर्भवती जाँचमा निकै समस्या हुने गरेको छ । ‘ब्रह्मदेव स्वास्थ्य केन्द्रबाट दुई घण्टा पैदल आएर यहाँ खोप सेवा दिनुपरेको छ, पालिकाले अर्को कर्मचारी खटाएको छैन,’ उनले भने,‘पालिकामा धेरै पटक आग्रह गरेका छौँ अब पठाउनु हुन्छ होला ।’ उनका अनुसार दैनिक २५/३० जना सेवाग्राही आउने गरेका छन् । यहाँका स्थानीयले घर नजिकै बर्थिङ सेन्टर स्थापना गरेर सुरक्षित रुपमा स्वास्थ्य संस्थामा सुत्केरी हुन पाउने अधिकार सुनिश्‍चित गर्न माग गरेका छन् ।

सुगम जिल्ला भनेर चिनिने कञ्चनपुर भित्रै रहेको यो बस्तीमा विकासका आधारभूत सुविधाबाट वञ्चित छ । यहाँसम्म पुग्ने पक्की बाटो छैन, स्वास्थ्य, शिक्षा, विद्युत् र खानेपानीजस्ता आधारभूत सेवा पाउनसमेत मुस्किल पर्ने यहाँको जनजीवन कष्टकर छ । सदरमुकामदेखि २० किलोमिटर उत्तरतर्फ अवस्थित यस बस्ती जोखिमपूर्ण कच्ची बाटो पार गरेर मात्र पुग्‍न सकिन्छ । 


प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  १२:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै शुक्रबार, कात्तिक २१, २०८२
आँखा शिविरबाट २४२ जना लाभान्वित
आँखा शिविरबाट २४२ जना लाभान्वित शुक्रबार, कात्तिक २१, २०८२
स्वास्थ्य बीमा सेवा ‘प्रणाली’मा प्राविधिक समस्या
स्वास्थ्य बीमा सेवा ‘प्रणाली’मा प्राविधिक समस्या बिहीबार, कात्तिक २०, २०८२
नर्सको सेवा सुविधा तोक्न गठित कार्यदललाई थप एक महिना समय
नर्सको सेवा सुविधा तोक्न गठित कार्यदललाई थप एक महिना समय बिहीबार, कात्तिक २०, २०८२
युर्वेदिक उपचारमा बिरामीको आकर्षण
युर्वेदिक उपचारमा बिरामीको आकर्षण बुधबार, कात्तिक १९, २०८२
स्वास्थ्यमन्त्री डा‍. शर्माद्वारा महाशाखा प्रमुख हेरफेर
स्वास्थ्यमन्त्री डा‍. शर्माद्वारा महाशाखा प्रमुख हेरफेर बुधबार, कात्तिक १९, २०८२
अझै रोकिएन असुरक्षित गर्भपतन : आफूखुसी औषधि नखाऔँ
अझै रोकिएन असुरक्षित गर्भपतन : आफूखुसी औषधि नखाऔँ सोमबार, कात्तिक १७, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP