Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • स्याउ उत्पादक किसानलाई सडक बाधक
स्याउ उत्पादक किसानलाई सडक बाधक
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज ६, २०८२

सुर्खेत- स्याउ उत्पादक किसानलाई सडक बाधक बनेको छ । उत्पादन गरेका स्याउ बिक्री गर्न किसानलाई  सडक अवरुद्ध भएसगैँ  समस्या भएको हो । 

कर्णालीका हिमाली जिल्लामा स्याउ पर्याप्त मात्रामा उत्पादन हुन्छ । तर उत्पादन भए पनि बिक्री गर्न भने उनीहरुलाई हम्मेहम्मे पर्छ । स्याउ बजारमा पुर्‍याउन सडक बाधक बन्दै आएको छ । कर्णाली करिडोर बर्सेनि बर्खा लागेपछि अवरुद्ध हुने गरेकाले यहाँका किसानलाई स्याउ बजारमा पुर्‍याउन समस्या हुने गरेको छ । त्यसैले किसानले उत्पादन गरेको स्याउ बारीमै थन्किने गरेको छ । 

सडक अवरुद्ध हुँदा सबैभन्दा बढी जुम्ला, मुगु र हुम्लाका किसानलाई घाटा हुन्छ । जुम्लामा गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा ह्रास आएको छ । यस  वर्ष असिना–पानी र खडेरीका कारण उत्पादनमा कमी आएको हो । कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार स्याउको गुणस्तर र गुलियोपन जाँचेर मात्र बजारमा बिक्रीका लागि पठाउने गरिएको छ । 

Hardik health

‘स्याउ उत्पादन, निर्यात र आम्दानीको तथ्याङ्क सङ्कलन गर्न थालेका छौँ’, उनले भने । व्यापारीले बगैँचामै पुगेर स्याउ खरिद गर्न थालेका उनले बताए । किसानले बगैँचाबाटै प्रतिकिलो  ७० रुपैयाँमा स्याउ बिक्री गरिरहेका छन् । विगतमा कृषि विकास कार्यालयले स्याउको मूल्य तोक्ने गरेको भए पनि यसपालि किसान आफैँले मूल्य तोकेर बेच्दैछन् । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको स्याउ सुपरजोनले किसानलाई ११ हजार कार्टुन बाँडेको छ । त्यही कार्टुनमा किसनले स्याउ बिक्री गरिरहेका छन् । सुर्खेत, नेपालगञ्ज, बुटवल, चितवन, काठमाडौँलगायत सहरमा जुम्लाको स्याउ बिक्री गर्ने गरिएको छ ।
  
जुम्लामा चार हजार ४०० हेक्टरमा स्याउखेती गरेपनि  यसपालि दुई हजार ९०० हेक्टरमा मात्र फल लागेको कार्यालय प्रमुख अधिकारीले बताए । ‘स्याउले किसानको जीवनशैली बदलेको छ, तर ढुवानी गर्न सहज छैन’, उनले भने । जुम्लामा रेड, रोयल, जोनाथन, गोल्डेन, गाला, फुजी र जोनाप्रिन्स जातको स्याउखेती गरिएको छ । गत भदौ पहिलो सातादेखि त्यहाँ स्याउ टिप्न थालिएको हो । कर्णाली करिडोरको कालिकोट खण्डमा सबैभन्दा बढी सडक अवरुद्ध हुने गरेको छ । स्याउ बोकेका सवारीसाधन हप्तौँ कर्णाली करिडोरमै थन्किने गरेको छन् । 

यस्तै डोल्पामा उत्पादन हुने स्याउ भेरी करिडोरमा पुल नभएका कारण बिक्री गर्न समस्या भएको किसानले बताएका छन् । भेरी करिडोरअन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी–१ छलगाड, रुकुम पश्चिम आठबिसकोट नगरपालिका–५ को रिजीगार, उसुमखोलामा पुल निर्माण नहँुदा किसानलाई स्याउ बिक्री गर्न समस्या भएको छ । अघिल्लो वर्षभन्दा यस वर्ष स्याउखेतीको क्षेत्र विस्तार गरिएको कृषि विकास कार्यालय, डोल्पाका निमित्र् कार्यालय प्रमुख सरद लामाले बताए । 

त्रिपुरासुन्दरी–४ का पवन बुढाले स्याउ किन्न व्यापारी बगैँचामै आएका बताए । उनले बगैँचाबाटै प्रतिकिलो ५५ रुपैयाँमा स्याउ बिक्री गरे । ‘सडक सुविधा नभएकाले उचित मूल्य पाउन सकेका छैनौँ’, उनले भने । 

त्रिपुरासुन्दरी–४ का वडाध्यक्ष रञ्जित बुढाले प्रत्येक परिवारले स्याउ बिक्री गरी यस वर्ष ५० हजार रुपैयाँदेखि  दुई लाखरुपैयाँसम्म आम्दानी गरेको बताए । विसं २०७५ मा डोल्पा राष्ट्रिय सडक सञ्जालसँग जोडिए पनि यातायात सेवा भरपर्दो छैन । एक सय १८ किलोमिटर लामो भेरी कोरिडोरअन्तर्गत तल्नुबगरदेखि दुनैसम्मको ६२ किलोमिटर सडक कच्ची छ । बर्खामा यही बाटो पनि बन्द हुन्छ । बोकेरै स्याउ बिक्री गर्न लैजानुपर्ने हुन्छ ।


प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १३:५२
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध
देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध बुधबार, पुस ९, २०८२
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग बुधबार, पुस ९, २०८२
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार मंगलबार, पुस ८, २०८२
चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने
चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने सोमबार, पुस ७, २०८२
कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री
कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री सोमबार, पुस ७, २०८२
पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ
पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ सोमबार, पुस ७, २०८२
अनियमित मौसमको असरः यस वर्ष धान उत्पादन घट्यो
अनियमित मौसमको असरः यस वर्ष धान उत्पादन घट्यो आइतबार, पुस ६, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP