Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • डोल्पा र जुम्लाका भेडाच्याङ्ग्रा मुस्ताङमा
डोल्पा र जुम्लाका भेडाच्याङ्ग्रा मुस्ताङमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ २९, २०८२

मुस्ताङ- आसन्न दसैँ नजिकिँदै गर्दा डोल्पा र जुम्लाका भेडाच्याङ्ग्रा मुस्ताङ झारिएको छ । जुम्ला र डोल्पाबाट भेडाच्याङ्ग्रा पैदल खेदाएर दुई हप्तापछि मुस्ताङको जोमसोम ल्याई पुर्‍ याएको यहाँ आइपुगेका व्यापारीहरुले बताएका छन् ।

यसवर्ष जुम्लाबाट करिब पाँच हजार भेडच्याङ्ग्रा मुस्ताङ भित्रिने जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको अनुमान छ । दसैँ नजिकिँदै गर्दा आजसम्म डोल्पाबाट पाँच÷छ हुल र जुम्लाबाट तीन हुलजति भेडाच्याङ्ग्रा जोमसोममा देखापरेका छन् । यहाँ आइपुगेका व्यापारीले अरु व्यापारीले पनि एक दुई दिनभित्रै सबै भेडाच्याङ्ग्रा जोमसोम ल्याउने जनाएका छन् । डोल्पा र जुम्लाका भेडाच्याङ्ग्रा जोमसोम आइपुग्दा बारागुङ मुक्तिक्षेत्र र उपल्लो मुस्ताङका व्यापारीले भेडाच्याङ्ग्रा जोमसोम ल्याएका छैनन् । यस वर्ष मुस्ताङबाट १२ हजार भेडाच्याङ्ग्रा जिल्ला बाहिर बिक्री हुने भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र कार्यालयको प्रक्षेपण छ ।

डोल्पास्थित काइके गाउँपालिकाका स्थानीय च्याङ्ग्रा व्यापारी भीमप्रसाद घर्तीले १७० भेडाच्याङ्ग्रा बिक्रीका लागि जोमसोम ल्याएको बताए । उनले डोल्पा र चाइनाको सिमानाका मोरिम्ला नाकामा पुगेर किसानको गोठमै खरिद गरी बिक्रीका लागि भेडाच्याङ्ग्रा मुस्ताङ ल्याएको उल्लेख गरे ।  व्यापारी घर्तीले यसवर्ष चाइनाबाट तीन हजार र डोल्पाबाट एक हजार गरी अनुमानित चार हजार बढी भेडाच्याङ्ग्रा मुस्ताङ आउने क्रममा रहेको जानकारी दिए । विगत दुई दशकदेखि निरन्तर बर्सेनि च्याङ्ग्राको व्यापार गर्दै आइरहेका घर्ती यसवर्ष भेडाच्याङ्ग्रा बिक्री नहुने हो की भनी चिन्ता बढेको उल्लेख गरे । ‘बेंसीतिर आन्दोलन र अशान्ति छ रे भन्ने सुनेको छु, त्यसो भएत व्यापारी पनि यहाँ आउँदैनन् होला, तल लैजाँदै बिक्री नहुने पो हो कि थाहा छैन’, उनले भने  ।

Hardik health

अहिलेसम्म च्याङ्ग्राको व्यापार गर्दा सन्तुष्ट रहेको भए पनि यसवर्ष च्याङ्ग्राको व्यापारमा डर लागिरहेको घर्तीले जनाए । चाइनाबाट खरिद गरी डोल्पामा राखेर त्यहाँबाट पैदल खेदाएर एक हप्तापछि जोमसोम आइपुगेको उनले बताए । यसैगरी, जुम्लाका च्याङ्ग्रा व्यापारी गोविन्द बस्नेतले १५० च्याङ्ग्रा बिक्रीका जोमसोम ल्याएको जानकारी दिए । डोल्पाबाट हुलका हुल च्याङ्ग्रा मुस्ताङ ल्याइँदै गरेको र जुम्लाबाट पनि ६०० बढी भेडाच्याङ्ग्रा बिक्रीका लागि मुस्ताङ भित्रिसकेको उल्लेख गरे । यस वर्ष जुम्लाबाट  हुल च्याङ्ग्रा जोमसोममा आइपुगेको उनले सुनाए । ‘आधाजसो च्याङ्ग्रा आफैँले पालेका छन्, आधाजसो च्याङ्ग्रा किनेर थपेको हुँ’, व्यापारी बस्नेतले भने,‘यहाँ ल्याउँदा दुई हप्ता लाग्यो, खर्च पनि  ५०/६० हजार रुपैयाँ भइसक्यो ।’ व्यापारी बस्नेतले च्याङ्ग्राको भाउ पाए यही जोमसोममै बिक्री गर्ने र नभए पोखरा लगेर बिक्री गर्ने योजना रहेको बताए ।  जोमसोममा यतिखेर पाँच÷सात हुल भेडाच्याङ्ग्रा झारिएको छ । यहाँ व्यापारीले रोज्जा प्रतिच्याङ्ग्राको भाउ ३५ हजार रुपैयाँ र रोज्जा प्रतिभेडाको भाउ  ३० हजार रुपैयाँ मूल्यमा बिक्री गर्ने बताइरहेका छन् ।

जोमसोममा डोल्पा र जुम्लाबाट छिटफुट भेडाच्याङ्ग्रा झर्दै गर्दा बेंसीका भेडाच्याङ्ग्रा व्यापारीको रौनक जोमसोममा खासै देखिएको छैन । देशको पछिल्लो विद्यमान परिस्थितिका कारण च्याङ्ग्रा व्यापारी मुस्ताङ आउन ढिलो हुन पुगेको स्थानीयको बुझाइ छ ।  दसैँलक्षित भेडाच्याङ्ग्रा खरिद गर्न विगतका वर्षमा म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, स्याङ्जा र तनहुँलगायत व्यापारी मुस्ताङ आउने गर्थे । 


प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  १६:१९
#भेडाच्याङ्ग्रा
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड
प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड बिहीबार, पुस १०, २०८२
देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध
देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध बुधबार, पुस ९, २०८२
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग बुधबार, पुस ९, २०८२
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार मंगलबार, पुस ८, २०८२
चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने
चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने सोमबार, पुस ७, २०८२
कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री
कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री सोमबार, पुस ७, २०८२
पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ
पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP