Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • स्टार अस्पतालका कर्मचारीहरूले अहिलेसम्म पाएनन् तलब
स्टार अस्पतालका कर्मचारीहरूले अहिलेसम्म पाएनन् तलब
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ २७, २०८२

काठमाडौं- सानेपास्थित स्टार अस्पताल लिमिटेडका चिकित्सक तथा कर्मचारीहरूले करिब एक वर्षदेखि पारिश्रमिक नपाएको भन्दै शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिएका छन्। कर्मचारीहरूले २०८२ साउन २६ गतेदेखि सुरु गरेको आन्दोलन निरन्तर चलिरहेको हाे ।

उनीहरूले विभिन्न तहका छलफल र श्रम कार्यालयमार्फत भएका लिखित सहमतिहरू समेत व्यवस्थापनले कार्यान्वयन नगरेको भन्दै न्यायप्रेमी जनसमुदाय, राजनीतिक दल तथा मानव अधिकारवादी संस्थासँग समस्या समाधानका लागि पहल गर्न अपिल गरेका छन्।

कर्मचारीहरूको भनाइ अनुसार चिकित्सकलाई एक वर्ष, अन्य कर्मचारीलाई छ महिनादेखि पारिश्रमिक दिइएको छैन। साथै, कर्मचारी सञ्चय कोषमा १५ महिनादेखि, नागरिक लगानी कोषमा ६ महिनादेखि रकम जम्मा गरिएको छैन। त्यस्तै, टिडिएस कर दुई वर्षदेखि नबुझाइएको, मोर्डन टेक्निकल कलेजका कर्मचारीलाई एक वर्ष र स्टार नुवाकोट अस्पतालका कर्मचारीलाई आठ महिनादेखि पारिश्रमिक नदिइएको गुनासो उनीहरूको छ।

Hardik health

यसअघि श्रम कार्यालय, टेकुमा विभिन्न मितिहरूमा निवेदन पेश गरेपछि कार्यालयको तर्फबाट चरणवद्ध छलफल गराइएका थिए। मिति २०८१-९-३ गते र २०८२-२-१३ गते गरी दुई पटक लिखित सहमति भएको थियो। तर व्यवस्थापनले ती सम्झौता पालना नगरेपछि श्रम कार्यालयले २०८१-१२-२८ गते निर्णय गर्दै स्टार अस्पताल लिमिटेडको बैंक खाता रोक्का, अचल सम्पत्तिको कारोवार रोक्का, शेयर खरिदबिक्री रोक्का, नामसारी, अध्यावधिक लगायतका कारोवारसमेत रोक्का गरेको थियो।

यसपछि व्यवस्थापकले खराब नियत राखी रोक्का भएको खाता मात्र खुलाउने उद्देश्यले किस्ताबन्दीमा भुक्तानी दिने भनी २०८२-२-१३ गते पुनः त्रिपक्षीय सहमति गरे पनि सो सहमति समेत कार्यान्वयन नगरेको कर्मचारीहरूको आरोप छ। उनीहरूको भनाइअनुसार, संस्थालाई बचाउने जिम्मेवारीपूर्वक कर्मचारी पक्षले खाता खुलाउन पहल गरेका थिए तर खाता खुलेपछि व्यवस्थापकले सहमति अनुसार पारिश्रमिक नदिएपछि व्यवस्थापनको नियत नै खराब भएको बताएका छन्।

‘हामीलाई आन्दोलन गर्न रहर थिएन, तर व्यवस्थापनको गैरजिम्मेवार व्यवहारले बाध्य बनायो,’ आन्दोलनरत कर्मचारीहरूले विज्ञप्तिमा बताएका छन्। उनका अनुसार, विभिन्न मितिहरूमा पटक–पटक छलफल हुँदा पनि व्यवस्थापनले गैरजिम्मेवार ढङ्गले प्रस्तुत हुँदै समस्या समाधानमा चासो नदेखाएको छ। उनीहरूले काम गरेको पारिश्रमिक लिन व्यवस्थापकको शर्त अनुसार वार्ता गर्नुपर्ने जस्तो गैरजिम्मेवार प्रवृत्तिबाट आफूहरू दुःखी भएको बताएका छन्।

कर्मचारीहरूले व्यवस्थापनले तत्काल पारिश्रमिक र अन्य सुविधा भुक्तानी नगरेसम्म शान्तिपूर्ण संघर्ष जारी रहने चेतावनी दिएका छन्। संघर्ष समितिले आन्दोलनका कार्यक्रम क्रमशः सार्वजनिक गर्ने जनाएको छ। समस्या समाधान हुने गरी व्यवस्थापक प्रस्तुत भएमा वार्तामा सहभागी हुन आफूहरू सधैं तयार रहेको र वार्ता-छलफलमार्फत समाधान खोज्ने पक्षमै रहेको कर्मचारीहरूले स्पष्ट पारेका छन्।


प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १५:४२
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज
वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल
तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल सोमबार, पुस ७, २०८२
धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही
धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही सोमबार, पुस ७, २०८२
घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर : ३८४ मा परीक्षण,७५ मा मोतियाबिन्दुको समस्या
घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर : ३८४ मा परीक्षण,७५ मा मोतियाबिन्दुको समस्या आइतबार, पुस ६, २०८२
मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह
मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह शुक्रबार, पुस ४, २०८२
नेपाल चिकित्सक संघद्वारा उम्मेदवारको नामावली सार्वजनिक
नेपाल चिकित्सक संघद्वारा उम्मेदवारको नामावली सार्वजनिक शुक्रबार, पुस ४, २०८२
शीतलहरबाट आठ हजार परिवार प्रभावित हुने
शीतलहरबाट आठ हजार परिवार प्रभावित हुने शुक्रबार, पुस ४, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP