Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
कृषि
  • Home
  • कृषि
  • प्रकोप पीडित किसानलाई राहत उपलब्ध
प्रकोप पीडित किसानलाई राहत उपलब्ध
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ २३, २०८२

काठमाडौं-  म्याग्दीमा विपद्का कारण क्षति ब्यहोरेका किसानलाई राहत उपलब्ध गराउन गराउने भएको छ ।  प्रदेश सरकारले  पशुपंक्षी, खाद्यान्न, फलफूल, तरकारी बालीको राहत उपलब्ध गराउने भएको हो । 

गण्डकी प्रदेश सरकारले प्राकृतिक प्रकोपका कारण क्षति भएका पशुपंक्षी, खाद्यान्न, फलफूल, तरकारी बालीको राहत उपलब्ध गराउन म्याग्दीमा आर्थिक वर्ष २०८२/८३ का लागि १८ लाख  रुपैयाँ बजेट बिनियोजन गरेको छ । यसअघि बजेट नहुँदा असिना, बाढी पहिरो, चट्याङका कारण क्षति ब्यहोरेका किसानले सरकारबाट सुविधा पाउन सकेका थिएनन् । प्राकृतिक प्रकोप पीडित किसानलाई राहत उपलब्ध गराउन पहिलो पटक बजेट प्राप्त भएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जिव बास्तोलाले बताए । ‘यसअघि क्षतिको विवरण सङ्कलन गरेर राहतका लागि मन्त्रालयमा सिफारिस गर्ने गरिएको थियो,’ उनले भने,‘जिल्लामै बजेट आएपछि किसानलाई छिटो राहत उपलब्ध गराउन सकिने भएको छ ।’

कृषि ज्ञान केन्द्रलाई आकस्मिक सेवाटेवा तथा राहत कार्यक्रम शीर्षकमा  आठ लाख रुपैयाँ र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा पशुपंक्षी तथा मत्स्य व्यवसायमा राहत तथा पुनःस्थापना सहयोग कार्यक्रमका लागि  १० लाख रुपैयाँ बजेट प्राप्त भएको हो ।  यसैगरी चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोर सडकले छोएको म्याग्दीका स्थानीय तहमा लोकमार्ग÷कोरिडोर केन्द्रित कृषि उत्पादन तथा प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने भएको छ । यस कार्यक्रमका लागि कृषि र पशुतर्फ  २०/२० लाख रुपैयाँ बजेट प्राप्त भएको छ । 

Hardik health

रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा व्यावसायिक तरकारी खेती, गाईभैसी, कुखुरा, बाख्रा, बङ्गुरपालन विस्तार गरी राजमार्गका होटल तथा रेष्टुराँमा आवश्यक कृषि उपज स्थानीयस्तरमै उत्पादन गर्ने कार्यक्रमको उद्देश्य रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गोपाल गिरीले बताए । ग्रामीण कृषि पर्यटन प्रवद्र्धन कार्यक्रमका लागि रु पाँच लाख र कृषि उद्यम विकास कार्यक्रमलाई २५ लाख रुपैयाँ बजेट प्राप्त भएको छ । कृषि उद्यम कार्यक्रममार्फत कृषि उपजको ग्रेडिङ, लेवलिङ, प्याकेजीङ तथा प्रशोधनसम्बन्धी र कृषि पर्यटन कार्यक्रममार्फत होमस्टे, फार्मस्टेलाई सहयोग गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ ।


प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १४:०६
प्रतिक्रिया दिनुहोस्
थप कृषि
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन सोमबार, जेठ ११, २०८३
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य बुधबार, जेठ ६, २०८३
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा आइतबार, जेठ ३, २०८३
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने शुक्रबार, जेठ १, २०८३
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग बुधबार, वैशाख ३०, २०८३
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य शनिबार, वैशाख २६, २०८३
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु बुधबार, वैशाख २३, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP