Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
कृषि
  • Home
  • कृषि
  • तरकारीखेतीबाट वार्षिक तीन लाख बचत
तरकारीखेतीबाट वार्षिक तीन लाख बचत
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ १९, २०८२

कञ्चनपुर - शुक्लाफाँटा नगरपालिका-८ नौखरीका किसान महादेव चौधरीले दुई दशकदेखि निरन्तर तरकारीखेतीमार्फत जीविकोपार्ज गर्दै आएका छन्  । सामान्य लेखपढ गर्न पनि नगरेका चौधरी अहिले गाउँका एक सफल व्यवसायिक किसानका रूपमा परिचित छन् । कमैया प्रथा अन्त्य भएसँगै सरकारले पुनःस्थापनाका क्रममा उपलब्ध गराएको पाँच कठ्ठा जग्गामा उहाँले तरकारीखेती सुरु गरेका हुन् ।

पछि थप १० कठ्ठा जग्गा भाडामा लिएर खेती विस्तार गरेको चौधरीले बताए । अहिले उनको बारीमा लौका, फर्सी, काँक्रो, करेलालगायत मौसमी तरकारी उत्पादन भइरहेका छन् । मौसमी तथा र बेमौसमी दुवै किसिमका तरकारीखेती हुने उनको भनाइ छ ।चौधरीले काउली, गोलभेँडा, भण्टा, खुर्सानी, आलु, बोडीलगायत खेती गरिरहेको बताउँदै तरकारीका बेर्ना पनि बिक्री गरी आम्दानी लिइरहेको उल्लेख गरे  । “बाल्यकालमा जमिन्दारको बाख्रा र गोरु चराउन थालेँ, ठूला भएपछि कमैया बसेर हलो जोत्न थालेँ, विद्यालय कस्तो हुन्छ थाहै भएन”, उनले भने, “दातृ निकायले सञ्चालन गरेको कृषि तालिममा सहभागी हुने अवसर पाएपछि जीवनमा परिवर्तन आएको हो । तालिममा पाएको ज्ञानले तरकारीखेतीलाई व्यवस्थित रूपमा सुरु गरेको हुँ ।”

तरकारीखेतीबाट जीविकोपार्जन भइरहेको भन्दै उनले वार्षिक रु तीन लाख बचत हुने जनाए । चौधरीले यहीँ आम्दानीले परिवारको सम्पूर्ण खर्च सञ्चालन भइरहेको बताए । उनले भने, “जीविकोपार्जनका लागि अरुको मुख ताक्नुपरेको छैन, खेतीकै आम्दानीबाट सहज रूपमा परिवार पाल्न सकिएको छ ।” कमैया बस्दा विवाह गरेका चौधरीलाई परिवार पाल्ने ठूलो चुनौती थियो । तरकारीखेतीलाई आधार बनाएर उनले जीवनलाई नयाँ मार्ग दिए । “यसकै आम्दानीबाट पक्की घर निर्माण गरेका छौँ । छोराका लागि अटो खरिद गरेर दिएको छु । सोही अटोमार्फत बजारसम्म तरकारी ढुवानी गर्ने र भाडामा काम भइरहेको छ”, उनले भने ।

Hardik health

खेतीका लागि चौधरीले सरकारबाट अनुदानमा पावरटिलर प्राप्त गरे । सिँचाइ सुविधा बढाउन बोरिङ राखेको बताउँदै उनले यसले खेती उत्पादनमा सहयोग पुगेको धारणा राखे । “तरकारीखेतीमा मेहनत गरे पनि कहिलेकाहीँ भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्नुपर्छ”, उनले भने, “भारतबाट सस्तो तरकारी आउँदा लागत पनि नउठ्ने गरी बेच्नुपर्ने अवस्था आउँछ ।” यसले किसानलाई निरुत्साहित बनाउने गरेको उनको दुखेसो छ ।

अग्रानिक उत्पादनमा जोड दिएर बजारमा छुट्टै पहिचान कायम गर्ने लक्ष्य बनाएको चौधरीको भनाइ छ । उनीलाई अहिले गाउँमा ‘मिहिनेती किसान’ भनेर चिन्छन् । उनी खेतीमा मात्रै सीमित नभई गाउँलेलाई आधुनिक कृषि पद्दति अपनाउन प्रेरित पनि गर्दै आएका छन् । स्थानीय  किसान विपदराम चौधरीले भने, “महादेवले गरेको मेहनत हामी सबैका लागि प्रेरणा हो । खेतीबाटै जीवन धान्न सकिन्छ भन्ने प्रेरणा उहाँबाटै लिएर हामी पनि तरकारीखेतीमा आबद्ध भएका छौँ ।” दुई दशकअघि जमिन्दारको गोरु चराउने काममा सीमित रहेका चौधरी आज आफ्नो मेहनत, लगनशीलता र निरन्तरताले सफल व्यवसायिक किसान बनेका स्थानीय जगरनाथ चौधरीले बताए । 


प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  १४:४७
प्रतिक्रिया दिनुहोस्
थप कृषि
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन सोमबार, जेठ ११, २०८३
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य बुधबार, जेठ ६, २०८३
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा आइतबार, जेठ ३, २०८३
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने शुक्रबार, जेठ १, २०८३
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग बुधबार, वैशाख ३०, २०८३
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य शनिबार, वैशाख २६, २०८३
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु बुधबार, वैशाख २३, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP