Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #संसद् बैठक
  • #मध्यपहाडी लोकमार्ग
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #जिप दुर्घटना
  • #बाढी
  • #बाल_श्रममुक्त
Search Here
समाचार
  • Home
  • समाचार
  • सीमावर्ती क्षेत्रमा बर्डफ्लु देखिएपछि नेपालमा सतर्कता अपनाइदै
सीमावर्ती क्षेत्रमा बर्डफ्लु देखिएपछि नेपालमा सतर्कता अपनाइदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ १८, २०८२

भीमदत्तनगर - भारतको उत्तराखण्डसहित आसपासका क्षेत्रमा बर्डफ्लुको सङ्क्रमण देखिएपछि कञ्चनपुरमा उच्च सतर्कता अपनाइएको छ । सीमावर्ती क्षेत्रमा सङ्क्रमण पुष्टि भएपछि नेपालमा सचेतनासहित सतर्कता अपनाइएको हो ।

जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिले सीमानाकामा पन्छी तथा पन्छीजन्य पदार्थको आयात–निर्यातमा कडाइ गर्नुका साथै सीमावर्ती पालिकाहरूमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख श्याम खड्काले सीमावर्ती क्षेत्रमा सङ्क्रमण देखिएकाले नेपालमा फैलिन नदिने उद्देश्यले सचेतना अभियान सञ्चालन गर्नुका साथै सतर्कता अपनाइएको बताए । उनले भारतसँग सीमा जोडिएका दोधराचाँदनी, बेलौरी, पुनर्वास, भीमदत्त नगरपालिका र बेलडाँडी गाउँपालिमा बर्डफ्लु नियन्त्रण तथा प्रतिबन्धसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको जानकारी दिए ।“भारतीय सीमावर्ती क्षेत्रमा बर्डफ्लुको सङ्क्रमण पुष्टि भएपछि नेपालतर्फ सचेतनामूलक कार्यक्रम गरिरहेका छौँ”, खड्काले भने, “सस्तो मूल्य र खुला सीमाका कारण आपूर्ति सहज हुने भएकाले अवैध रूपमा पनि आयात हुने गरेको छ, त्यसले नेपालमा पनि सङ्क्रमणको जोखिम बढाएको छ ।”

Hardik health

सङ्क्रमण फैलिएमा यस क्षेत्रमा पालिएका सबै कुखुरा नष्ट गर्नुपर्ने भएकाले समयमै नियन्त्रणका लागि सचेतना आवश्यक रहेको उनको भनाइ छ । सङ्क्रमण भएमा कुखुरा मर्ने, झोक्य्राउने, चारा नखानेलगायत लक्षण देखिने प्रमुख खड्काले जानकारी दिए । आफूले पालेका कुखुरामा यस्ता लक्षण देखिएमा तत्काल पशु विज्ञ वा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा जानकारी गराउन उहाँले सबै किसानलाई आग्रह गरे ।यसैबीच, जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिले भारतीय कुखुरालाई नेपाल आयातमा पूर्ण रूपमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । मङ्गलबार बसेको बैठकले भारतको उत्तराखण्ड राज्यको बागेश्वर र उधमसिंह नगरमा बर्डफ्लु फैलिएको विभिन्न सञ्चारमाध्यमबाट पुष्टि भएपछि नेपालमा सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाउने निर्णय गरेको हो ।

समितिले कञ्चनपुरको पुनर्वास, बेलौरी, बेलडाँडी, दोधाराचाँदनी र भीमदत्त नगरपालिका १, २ र १० को सीमावर्ती क्षेत्रबाट पन्छी तथा पन्छीजन्य सामग्रीको आयात र ओसारपसारलाई पूर्ण रूपमा निषेध गरेको छ । निर्णयको प्रभावकारी कार्यान्वयनका लागि सबै सुरक्षा निकाय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र पशु क्वारेन्टाइन कार्यालयका प्रतिनिधि सम्मिलित टोलीले आकस्मिक अनुगमन गर्ने केन्द्रका प्रमुख खड्काले जानकारी दिए ।उनका अनुसार अनुगमनका क्रममा अवैध रूपमा सामग्री आयात गरेको पाइएमा त्यस्ता सामग्रीलाई कडाइका साथ नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गर्ने समितिले निर्णय गरेको छ ।


प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  १४:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोजपुरमा सुन्तलामा फल झर्ने रोग
भोजपुरमा सुन्तलामा फल झर्ने रोग बुधबार, भदौ १८, २०८२
गाई र हलगोरु पाल्ने किसानलाई अनुदान
गाई र हलगोरु पाल्ने किसानलाई अनुदान मंगलबार, भदौ १७, २०८२
‘एन्टीबायोटिक’रहित अण्डा
‘एन्टीबायोटिक’रहित अण्डा सोमबार, भदौ १६, २०८२
अबका दश दिनमा मल पाइन्छः कृषिमन्त्री
अबका दश दिनमा मल पाइन्छः कृषिमन्त्री आइतबार, भदौ १५, २०८२
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती गर्दै
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती गर्दै आइतबार, भदौ १५, २०८२
तनहुँमा ८६३ मेट्रिकटन आलु उत्पादन
तनहुँमा ८६३ मेट्रिकटन आलु उत्पादन शुक्रबार, भदौ १३, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
विश्‍व बैंकका जोहानेस जुट  र  कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
विश्‍व बैंकका जोहानेस जुट  र कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP