Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #‘माइतीघर’
  • #माइतीघर
  • #चलचित्र
  • #नेप्से परिसूचक
Search Here
कृषि
  • Home
  • कृषि
  • गाई र हलगोरु पाल्ने किसानलाई अनुदान
गाई र हलगोरु पाल्ने किसानलाई अनुदान
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ १७, २०८२

पर्वत-  विहादी गाउँपालिकामा लोपोन्मुख स्थानीय जातका गाई र हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका लागि अनुदान वितरण गरिने भएको छ । गाउँपालिकाले व्यावसायिक रूपमा दूध उत्पादनका लागि उन्नत जातका गाईपालन गर्ने किसानलाई प्रतिगाई रु २० हजार उपलब्ध गराउने भएको हाे  ।

स्थानीय गाई संरक्षण अभियानअन्तर्गत प्रतिसुत्केरी गाई रु दुई हजार ५०० किसानलाई वितरण गरिने भएको प्रमुख प्रशासकीय अधिकृत थमनबहादुर रेश्मीले जानकारी दिए । यसैगरी प्रतिहलगोरु प्रोत्साहन अनुदानका रूपमा रु १० हजार प्रदान गरिने रेश्मीले जानकारी दिए। वैदिक परम्पराअनुसार पूजा गरिने स्थानीय जातका गाई पछिल्लो समय लोप हुँदै गएपछि गाउँपलिकाले संरक्षण अभियान थालेको हो ।

विहादी गाउँपालिकाले पालिकाभित्रका छवटै वडामा व्यावसायिक वा निर्वाहमुखी रूपमा स्थानीय जातका गाईपालन गरेका किसानलाई विगत तीन वर्षदेखि प्रोत्साहन गर्दै आएको छ । पालिकाले सूचना जारी गर्दै स्थानीय जातका गाईपालक किसानलाई गाईको सुत्केरी भत्ताका लागि आवेदन माग गरेको छ । स्थानीय गाईपालन गरेका किसानलाई प्रोत्साहन गर्न र गाईपालनतर्फ आकर्षण बढाउनका लागि यस्तो अभियान थालिएको विहादीका अध्यक्ष परवीन गुरुङले जानकारी दिए ।

Hardik health

गाई अभावमा विभिन्न पूजापाठमा समेत गाईको दस्तुर भन्दै दक्षिणा राखेर उम्काउने गरिएको छ । यस्तो अवस्थामा हिन्दू धर्म नै सङ्कटमा पर्ने र हिन्दू धर्मावलम्बी नयाँ पुस्ताले स्थानीय जातको गाईको पहिचान नै नपाउने भएकाले संरक्षण गर्न थालिएको अध्यक्ष गुरुङको भनाइ छ । 

उक्त कार्यक्रममा समावेश हुनका लागि गाई र गर्भाधारण गराइएको बहर स्थानीय नै हुनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भुसालले जानकारी दिए । गाई र गर्भाधारण गराइएको बहर स्थानीय नै हुनुपर्ने भुसालको भनाइ छ । अनुदान लिनका लागि निवेदन, सम्बन्धित वडा कार्यालयको सिफारिस, नागरिकता प्रमाणपत्रको प्रतिलिपि र गाई बाछीको तस्बिरसमेत संलग्न गर्नुपर्नेछ । 

पर्वतमा पछिल्लो समय उन्नत जातका गाईपालनतर्फ आकर्षण बढ्दै गएको छ । थोरै दूध दिने र गाईपालनको खर्च पनि नउठ्ने भन्दै किसान स्थानीय काठे गाईपालन गर्न छाडेका हुन् । पालिकाले चालु आर्थिक वर्षको साउनयता सुत्केरी भएका स्थानीय गाईलाई रु दुई हजार ५०० का दरले अनुदान दिने तयारी गरेको छ ।  जिल्लाका सात स्थानीय तहमध्ये विहादीले पहिलोपटक स्थानीय गाईलाई संरक्षणका लागि अभियान थालेको हो । यसअघि उक्त पालिकाले स्थानीय जातका गाई पाल्ने किसानलाई प्रोत्साहनस्वरुप रु पाँच–पाँच हजार उपलब्ध गराएको थियो । 

यसअघि जिल्लाको जलजला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई रु एक हजार ५०० का दरले उपलब्ध गराउँदै आएको थियो भने स्थानीय जातका गाईको मूत्र र गोबर प्रशोधन पनि गर्न थालेको छ । पैंयुँ गाउँपालिकाले राँगो पाल्ने किसानलाई रु २० हजार वार्षिक अनुदान वितरण गर्दै आएको छ । किसानलाई व्यावसायिक कृषि पेशातर्फ आकर्षित गर्ने उद्देश्यले पालिकाहरूले पशुपालन र कृषिको क्षेत्रमा लगानी बढाउँदै लगेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पनि यस वर्ष गाईभैँसीको सुत्केरी खर्चका लागि रु १० लाख विनियोजन गरेको छ । 


प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  ११:२२
प्रतिक्रिया दिनुहोस्
थप कृषि
पौवादुङमाको खुर्सानी खेती: बाह्य जिल्लाका किसानको ‘सिकाइ तथा अध्ययन केन्द्र’
पौवादुङमाको खुर्सानी खेती: बाह्य जिल्लाका किसानको ‘सिकाइ तथा अध्ययन केन्द्र’ सोमबार, कात्तिक ३, २०८२
चार लाख ७१ हजार मेट्रिक टन रासायनिक मल आयात गर्न बोलपत्र
चार लाख ७१ हजार मेट्रिक टन रासायनिक मल आयात गर्न बोलपत्र सोमबार, कात्तिक ३, २०८२
अलैँचीको मूल्य पाउँदा किसान उत्साहित
अलैँचीको मूल्य पाउँदा किसान उत्साहित सोमबार, कात्तिक ३, २०८२
व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी
व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी आइतबार, कात्तिक २, २०८२
पुष्प व्यवसायः आठ अर्ब ८३ करोड लगानी, ५३ हजारलाई रोजगारी
पुष्प व्यवसायः आठ अर्ब ८३ करोड लगानी, ५३ हजारलाई रोजगारी शुक्रबार, असोज ३१, २०८२
सागसब्जी र फलफूलको थोक मूल्य
सागसब्जी र फलफूलको थोक मूल्य शुक्रबार, असोज ३१, २०८२
फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी
फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी बिहीबार, असोज ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP