Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • चीनको सुरक्षा अवधारणा ‘जिएसआई’ले नेपालमा हलचल
समर्थन गरेको भन्दै सरकारको आलोचना, सरकारीपक्षबाट अस्वीकार  चीनको सुरक्षा अवधारणा ‘जिएसआई’ले नेपालमा हलचल
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, भदौ १७, २०८२

प्रधानमन्त्री ओलीको यो भ्रमण मूलतः सांघाई सहयोग संगठन प्लसको सम्मेलनका लागि हो । सामान्यतया यस्ता सम्मेलनका साइडलाइन वार्तामा कुनै सहमति र समझदारीमा हस्ताक्षर हुँदैन र गरिएको छैन । सहमति नै नभएको विषयमा नेपाल जिएसआईको पक्ष बन्यो भन्ने ढंगले प्रचार गरिनु गलत छ ।
डा. युवराज खतिवडा
प्रधानमन्त्रीका आर्थिक सल्लाहकार
 

  • जिएसआईको समर्थन विषयले सरकारलाई तनाव
  •  प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्रीसँग जवाफ लिने
  •  माओवादी केन्द्रले जिएसआई समर्थन गरे÷नगरेको प्रमाणित भएपछि धारणा सार्वजनिक गर्ने
  • चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०२२ मा अघि सारेको चिनियाँ सुरक्षा अवधारणा हो जिएसआई

काठमाडौं– चीन सरकारको ग्लोबल सेक्युरिटी इनिसियटिभ (जिएसआई)लाई नेपालले समर्थन गरेको भन्ने विषयले नेपालको राजनीतिमा सनसनी मच्चाएको छ । प्रधानमन्त्री केपी शर्मा ओेली चीनमै रहेका बेला यो विषय विवादमा आएको हो । 

तीन वर्षअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले बोआओ फोरममा यो सुरक्षा अवधारणा प्रस्ताव गरेका थिए । यसलाई अमेरिकी सरकारको हिन्द–प्रशान्त सुरक्षा रणनीतिलाई ‘काउण्टर’ दिन राष्ट्रपति सीले अघि सारेको चिनियाँ सुरक्षा रणनीतिको रूपमा अथ्र्याइन्छ ।

यही अवधारणालाई नेपालले समर्थन गरेको भन्ने विषय प्रधानमन्त्री केपी शर्मा ओेली चीन भ्रमणमै रहेका बेला नेपालमा तुफानी शैलीमा फैलिएको हो । सांघाई सहयोग संगठन (एससिओ)को सम्मेलनमा भाग लिन गएका प्रधानमन्त्री ओली शनिबारदेखि चीनको तियानजिनमा छन् ।

Hardik health

विश्वमा शान्ति र सुव्यवस्थाको प्रस्ताव ल्याउने भनेको त मुख्य शक्ति देशहरूले नै हो । यदि, त्यस्तो प्रस्तावको पक्षमा उभिँदा हाम्रो विदेश नीतिलाई प्रभावित गर्दैन, कुनै सैन्य गठबन्धनमा सामेल नहुने निश्चित हुन्छ भने त्यसलाई समर्थन गर्दा के फरक पर्छ र ?
डा. टंक कार्की
चीनका लागि पूर्वनेपाली राजदूत

 

यहीबीच शनिबार नै चिनियाँ राष्ट्रपति सीसँग ओलीको द्विपक्षीय भेटवार्तापछि चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जिएसआईमा नेपालको समर्थन रहेको आशय नै प्रकट छ । विज्ञप्तिको यही आशयलाई लिएर नेपालमा सरकारको विरोध भइरहेको हो । 

यसपछि प्रधानमन्त्री ओलीका एक जना सल्लाहकारले यसबारे खण्डन गर्नुपरेको छ । चीनमै रहेका ओलीका आर्थिक तथा विकास मामिला सल्लाहकार डा. युवराज खतिवडाले नेपालको समर्थन जिएसआईमा नभएको प्रस्टीकरण दिए । उनले नेपालले समर्थन गरेको भन्ने विषय गलत भएको दाबी गरे । 

‘प्रधानमन्त्री ओलीको यो भ्रमण मूलतः सांघाई सहयोग संगठन प्लसको सम्मेलनका लागि हो । सामान्यतया यस्ता सम्मेलनका साइडलाइन वार्तामा कुनै सहमति र समझदारीमा हस्ताक्षर हुँदैन र गरिएको छैन,’ उनले भने, ‘सहमति नै नभएको विषयमा नेपाल जिएसआईको पक्ष बन्यो भन्ने ढंगले प्रचार गरिनु गलत छ ।’

प्रमुख विपक्षी नेकपा माओवादी केन्द्रले जिएसआईबारे नेपाल–चीनको विरोधाभाषपूर्ण कुरा आएको जानकारी दिएको छ । यो विषय प्रमाणित भएपछि मात्रै धारणा सार्वजनिक गर्ने प्रवक्ता अग्नि सापकोटाले पत्रकारहरूसँग बताएका छन् । ‘चीनको विदेश मन्त्रालयले जिएसआईमा नेपालले समर्थन जनायो भनेको छ तर नेपालले अस्वीकार गरेको छ । यसबारे भेरिफाइ भएपछि हामी हाम्रो धारणा सार्वजनिक गर्छौं,’ उनले भने । 

परराष्ट्र मामिलामा सरोकार राख्ने प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले प्रधानमन्त्री ओली स्वदेश फर्किएपछि जवाफ माग्ने जानकारी दिएको छ । ओलीले चीन भ्रमणमा जानुअघि प्रतिनिधिसभालाई सम्बोधन गर्दै जिएसआईमा समर्थन गर्नेबारे जानकारी गराएका थिएनन् । तर, कसरी चीनको विदेश मन्त्रालयले विज्ञप्तिमा जिएसआईबारे नेपालको समर्थन रहेको भन्ने विषय समेटिएपछि प्रश्न उब्जिएको हो ।

जिएसआईबारे नेपालमा विरोध भएको पहिलोपटक भने होइन । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले जिएसआई जोडिएको एक कार्यक्रममा सन्देश पठाउँदा नेपालमा विरोध भएको थियो । यति हुँदाहुँदै पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री छँदा चीनले जिएसआईमा नेपालको साथ खोजेको थियो । झण्डै तीन वर्षपछि फेरि यो विवाद सतहमा आएको हो । आलोचकहरू जिएसआईको समर्थन गरे नेपालका लागि प्रत्यूत्पादक हुने चेतावनी दिने गरेका छन् ।

तर, चीनका लागि पूर्वनेपाली राजदूत डा. टंक कार्की भने नेपालको विदेश नीतिमा खलल नपुगे र कुनै सैन्य गठबन्धनमा नेपाललाई सहभागी नगराउने देखिए जिएसआईलाई समर्थन गर्दा फरक नपर्ने बताउँछन् । उनले प्रभावसँग भने, ‘विश्वमा शान्ति र सुव्यवस्थाको प्रस्ताव ल्याउने भनेको त मुख्य शक्ति देशहरूले नै हो । यदि, त्यस्तो प्रस्तावको पक्षमा उभिँदा हाम्रो विदेश नीतिलाई प्रभावित गर्दैन, कुनै सैन्य गठबन्धनमा सामेल नहुने निश्चित हुन्छ भने त्यसलाई समर्थन गर्दा के फरक पर्छ र ?’

सन् २०२२ को अप्रिलमा चीनको हेनानमा सम्पन्न बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलनमा राष्ट्रपति सीले चिनियाँ सुरक्षा अवधारणाको रूपमा जिएसआई प्रस्ताव गरेका थिए । मानवताको साझा भविष्य निर्माणका लागि जिएसआईले महŒवपूर्ण भूमिका खेल्ने उनको दाबी थियो । उनले त्यसबेला जिएसआई छ वटा क्षेत्रमा काम गर्न अघि सारेको अवधारणा भएको बताएका थिए ।

पहिलो– साझा, विस्तृत, सहकार्यमूलक र दिगो सुरक्षा अवधारणाप्रति प्रतिबद्ध रहँदै विश्व शान्ति र सुरक्षा कायम गर्न मिलेर काम गर्ने, दोस्रो– सबै देशहरूको सार्वभौमसत्ता र भूअखण्डताप्रति सम्मान गर्न प्रतिबद्ध रहने, आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र विभिन्न देशका नागरिकले स्वतन्त्रतापूर्वक निर्णय गरेका विकासका पथ र सामाजिक प्रणालीलाई सम्मान गर्ने, तेस्रो– राष्ट्रसंघको बडापत्रका उद्देश्य र सिद्धान्तप्रति प्रतिवद्ध रहने, शीतकालीन मानसिकतालाई अस्वीकार गर्ने, एकपक्षीयतावादको विरोध गर्ने र सामूहिक राजनीति वा समूहमार्फतको मूठभेडलाई अस्वीकार गर्ने ।

यसैगरी, चौथो– सबै देशका वैधानिक सुरक्षा चासोलाई गम्भीरतापूर्वक लिन प्रतिबद्ध रहने, सुरक्षाको अक्षुण्णताको सिद्धान्तलाई सम्मान गर्ने, सन्तुलित, प्रभावकारी र दिगो सुरक्षा खाका निर्माण गर्ने र आफ्नो सुरक्षा अर्कोको सुरक्षालाई आँच आउनेगरी अघि बढाउने कदमको विरोध गर्ने, पाँचौं– असमझदारी र विवाद शान्तिपूर्ण ढंगले वार्ता र छलफलमार्फत हल गर्ने, शान्तिपूर्णरूपमा संकट समाधानका सबै प्रयासलाई समर्थन गर्ने, दोहोरो मापदण्डलाई अस्वीकार गर्ने र गलत ढंगले प्रयोग गरिएका एकपक्षीय प्रतिबन्ध र अदालती क्षेत्राधिकार प्रयोगको विरोध गर्ने, छैटौं– परम्परागत र गैरपरम्परागत क्षेत्रमा सुरक्षा कायम गर्न प्रतिबद्ध रहने र आतंकवाद, जलवायु परिवर्तन र बायो सेक्युरिटीजस्ता क्षेत्रीय विवाद र अन्तर्राष्ट्रिय विवादमा मिलेर काम गर्ने । 

तर, जिएसआईमा उल्लिखित सुरक्षासम्बन्धी विषय अस्पष्ट रहेको र त्यसको कार्यान्वयन कसरी हुन्छ ? त्यो पनि अस्पष्ट नै रहेको भूराजनीतिक मामिलाका जानकारहरूको धारणा छ ।
 


प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  १०:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP