Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
बजार
  • Home
  • बजार
  • ‘एन्टीबायोटिक’रहित अण्डा
‘एन्टीबायोटिक’रहित अण्डा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ १६, २०८२
Hardik health

चितवन-  पछिल्ला वर्षहरुमा नेपालमा उत्पादन हुने अण्डा एन्टीबायोटिकरहित हुने गरेको छ । सरकारले कुखुरामा एन्टीबायोटिक प्रयोग गर्न रोक लगाएपछि अन्य विधिबाट रोग नियन्त्रण गरेर अण्डा उत्पादन गरिएको हो ।
 
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालले नेपालका अधिकांश पोल्ट्री फार्महरुमा एन्टीबायोटिक प्रयोग गर्न छाडिएको बताए । आफूले अतिरिक्त समयमा परामर्श एवं पोषण हेर्दै आएको नवलपरासीको दाउन्ने एग्रो फार्ममा एन्टीबायोटिक पूर्णरुपमा निषेध गरिएको उनले बताए ।

उनले भने “सरकारले एन्टीबायोटिक प्रयोगमा रोक लगाएसँगै यो फर्ममा हामीले पूर्णरुपमा बन्देज गरेका छौँ ।” देशका अन्य फार्महरुमा पोषण हेर्ने चिकित्सकले ती फर्ममा एन्टीबायोटिक प्रयोग नगरेकाले अधिकांश फार्मबाट उत्पादन भएका अण्डा एन्टीबायोटिकरहित भएको उनको भनाइ छ । यसअघि दाना र पानीमा एन्टीबायोटिक प्रयोग गरिन्थ्यो । जसलाई एन्टीबायोटिक ग्रोथ प्रमोटर (एजीपि) भनिन्थ्यो । यो रोक लगाएसँगै आफूहरुले कुखुरालाई खोप प्रयोग गर्ने गरेको उनले बताए । 
 
दानामा जडिबुटीजन्य (हर्वल) खुराकहरु खुवाउने गरेको उनले बताए । पहिले सामान्य किसिमका ब्याक्टेरियल रोगहरु देखापर्दा एन्टीबायोटिक प्रयोग हुन्थ्यो । एन्टीबायोटिक प्रयोग गरेर उत्पादन भएको अण्डामा केही हिस्सा मानिससम्म पुग्ने उनले बताए । उनले भने, “कुखुरालाई एन्टीबायोटिक प्रयोग गरेर पारेको अण्डामा रहलपहल एन्टीबायोटिक आउथ्यो, जसले मानव स्वास्थ्यमा असर गथ्र्याे ।”
 
कुखुरामा अहिले प्रयोग भएको भ्याक्सिनले मानव स्वास्थ्यका लागि असर नगर्ने उनले बताए । “यसले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने र कुखुराको स्वास्थ्य राम्रो बनाउन मद्दत गर्दछ । जुन रोगको विरुद्धमा भ्याक्सिन दिइएको हुन्छ, यसले सो रोग नियन्त्रणमा आउँछ र असर अण्डासम्म पुग्दैन”, उनले भने । नियन्त्रणमा नै नआउने कुनै कुनै रोगको प्रयोगशालामा परीक्षण गरेर कुन प्रकारको ब्याक्टिरिया हो पत्ता लगाई त्यसलाई नियन्त्रण गर्न सीमित मात्रामा संवेदनशील खालको एन्टीबायोटिक पानीको माध्यमबाट प्रयोग गर्ने गरेको उनले बताए ।
 
नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले सङ्घभित्रका फार्महरुमा एन्टीबायोटिकको प्रयोग नभएको बताए । सरकारका नीति निर्देशन अनुसार गुणस्तरीय अण्डा उत्पादनमा आफूहरु लागेको उनले बताए । उनले भने, “हाम्रा फार्म हेर्ने चिकित्सकहरुले मानव स्वास्थ्य असर नहुने गरी भ्याक्सिन र हर्वलहरुको प्रयोग गर्नुहुन्छ ।” जोखिम र खर्च बढे पनि मानव स्वास्थ्यलाई ख्याल गर्दै एन्टीबायोटिकरहित अण्डा उत्पादनमा जोड दिइएको उनको भनाइ छ ।
 
नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय पूर्वअध्यक्ष त्रिलोचन कँडेलले कुखुराको रोग प्रतिरोधी क्षमता बढाउन वैकल्पिक उपायहरु अव लम्बन गरिएको बताए । नेपालमा उत्पादन भएको अण्डा एन्टीबायोटिकरहित भएको भन्दै उनले सीमा क्षेत्रमा बाहिरबाट छिरेका अण्डाको गुणस्तर भने भन्न नसकिने बताए । फिजिसियन डा भोजराज अधिकारी कुखुरामा भएका रोगहरु अण्डामा नहुने बताए । एन्टीबायोटिक प्रयोग नहुँदा अण्डा थप स्वस्थकर बन्ने उनले बताए । मानव स्वास्थ्यका लागि अण्डा उपयोगी भएको उनको भनाइ छ ।


प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  ११:३३
प्रतिक्रिया दिनुहोस्
थप बजार
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन सोमबार, जेठ ११, २०८३
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य बुधबार, जेठ ६, २०८३
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा आइतबार, जेठ ३, २०८३
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने शुक्रबार, जेठ १, २०८३
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग बुधबार, वैशाख ३०, २०८३
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य शनिबार, वैशाख २६, २०८३
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु बुधबार, वैशाख २३, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP