Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • कोशी प्रदेश स्वास्थ्य नीति सार्वजनिक
कोशी प्रदेश स्वास्थ्य नीति सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ ८, २०८२

काठमाडौं- कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ‘कोशी प्रदेश स्वास्थ्य नीति २०८२’सार्वजनिक गरेको छ । प्रदेश सरकारको गत साउन १६ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्वास्थ्य नीति स्वीकृत गरी सार्वजनिक गरेका हो ।

प्रदेशका सबै नागरिक शारीरिक, मानसिक, सामाजिक र भावनात्मक रूपमा स्वस्थ रही उत्पादनशील जीवनयापन गर्न सक्षम हुन भन्ने उद्देश्यसहित स्वास्थ्य नीति सार्वजनिक गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य नीतिमा छ उद्देश्य, २६ वटा नीति तथा रणनीति रहेका स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा केनिन राईले जानकारी दिए । प्रदेश सरकारको गत साउन १६ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्वास्थ्य नीति स्वीकृत गरेको थियो ।

मन्त्रिपरिषद्बाट स्वीकृत भएको उक्त स्वास्थ्य नीति आज वेबसाइट र मन्त्रालयको सामाजिक सञ्जाल फेसबुक पेजमा राखिएको सूचना अधिकारी राईले बताए । उनका अनुसार स्वास्थ्य नीतिमा प्रदेशमा सर्वसुलभ र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाका लागि पर्याप्त र व्यवस्थित पूर्वाधार नहुनु, प्रदेश तहका अस्पतालबाट कतिपय सेवाहरू गुणस्तरीय रूपमा प्रवाह हुन नसक्नु, स्वास्थ्य क्षेत्रको आवश्यकताअनुसार पर्याप्त जनशक्तिको दरबन्दी नहुनु, उपलब्ध जनशक्तिको उचित व्यवस्थापन हुन नसक्नु, स्वास्थ्य क्षेत्रमा आवश्यकताअनुसार पर्याप्त र उचित लगानी हुन नसक्नुलगायत समस्या उल्लेख गरिएको छ ।

Hardik health

त्यस्तै, विशेषज्ञ चिकित्सकीय सेवा र सघन उपचार सेवा विस्तार हुन नसक्नु, पाँच वर्षमुनिका एक तिहाइ बालबालिकामा रक्तअल्पता र प्रजनन उमेरका महिलामा न्यून पोषणको समस्या व्याप्त हुनु, क्षयरोग, कुष्ठरोग, उपेक्षित उष्णप्रदेशीय रोग तथा कीटजन्य रोगको सङ्क्रमणदर प्रदेशमा उच्च हुनु मुख्य समस्याका रूपमा रहेका छन् ।  स्वास्थ्य नीतिको लक्ष्य ‘स्वस्थ मानव पुँजी, समृद्ध प्रदेश’ रहेको मन्त्रालयका सूचना अधिकारी राईले जानकारी दिए । प्रदेशभित्रका विद्यमान, सम्भावित, उदीयमान, पुनःउदीयमान र स्वास्थ्य चुनौतीहरू समाधान गर्न प्रदेश स्वास्थ्य नीति बनाइएको उनले बताए ।

राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण (२०२०) अनुसार कोशी प्रदेशमा मानसिक स्वास्थ्य समस्या अन्य प्रदेशको तुलनामा उच्च रहेको पाइएको छ । उक्त सर्वेक्षणका अनुसार मानसिक रोगको व्यापकता १३ दशमलव ९५, किशोरावस्थामा मानसिक रोग ११ दशमलव ४५, मद्यपानको लतका कारण छ दशमलव ५५, लागुऔषधको दुव्र्यसनका कारण शून्य दशमलव ४५ र आत्महत्याको सोचको व्यापकता १० दशमलव ६५ रहेको छ ।


प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  १७:३०
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
पर्सा र बारामा हैजाविरुद्धको खोप दिइने
पर्सा र बारामा हैजाविरुद्धको खोप दिइने बिहीबार, असोज २३, २०८२
विश्व दृष्टि दिवसमा तीन वृद्धाको निःशुल्क आँखाको शल्यक्रिया
विश्व दृष्टि दिवसमा तीन वृद्धाको निःशुल्क आँखाको शल्यक्रिया बिहीबार, असोज २३, २०८२
कोशी अस्पतालमा ‘जेनजी क्लिनिक’ सञ्चालन
कोशी अस्पतालमा ‘जेनजी क्लिनिक’ सञ्चालन बुधबार, असोज २२, २०८२
जापानीज इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको सङ्ख्या छ पुग्यो
जापानीज इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको सङ्ख्या छ पुग्यो बुधबार, असोज २२, २०८२
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार बुधबार, असोज २२, २०८२
जेनजी आन्दोलनका ३० घाइते अझै अस्पतालमा
जेनजी आन्दोलनका ३० घाइते अझै अस्पतालमा सोमबार, असोज २०, २०८२
कफ सिरप सेवन गर्दा ११ बालबालिकाको मृत्यु, डाक्टर र औषधि कम्पनीविरुद्ध उजुरी दर्ता
कफ सिरप सेवन गर्दा ११ बालबालिकाको मृत्यु, डाक्टर र औषधि कम्पनीविरुद्ध उजुरी दर्ता आइतबार, असोज १९, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP