Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • दमौली अस्पतालबाट लाखौँ सेवाग्राही लाभान्वित
दमौली अस्पतालबाट लाखौँ सेवाग्राही लाभान्वित
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ ४, २०८२

काठमाडौं-  दमौली अस्पतालबाट एक वर्षमा एक लाख सेवाग्राही लाभान्वित भएका छन् । कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा एक लाख सात हजार ९८३ जनालाई सेवा दिएको हो ।

तनहुँ जिल्ला सदरमुकामस्थित प्रदेश अस्पताल दमौलीले एक वर्षमा एक लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । विभिन्न सेवा थप भएसँगै सेवाग्राहीको सङ्ख्या बढेको अस्पतालका प्रमुख डा परिवर्तन बरालले बताए । आव २०८०/८१ मा ९८ हजार ३५६ जनाले सेवा लिएकामा आव २०७९/८० मा ७३ हजार २५३ र आव २०७८/७९ मा ६४ हजार ५९४ ले सेवा लिएका उनले जानकारी दिए ।  अस्पतालमा प्रत्येक वर्ष बिरामीको सङ्ख्या बढ्दो अवस्थामा रहेको बताउँदै प्रमुख बरालले यहाँ तनहुँका अतिरिक्त छिमेकी जिल्ला लमजुङका बासिन्दा समेत उपचारका लागि आउने गरेका उल्लेख गरे ।

एक वर्षको अवधिमा बहिरङ्ग (ओपिडी) मा ३६ हजार ६१७ बिरामीले सेवा लिएका छन् भने सोही अवधिमा ३७ हजार ९२९ जनालाई प्रयोगशाला सेवा, पाँच हजार ९१९ जनाले अल्ट्रासाउण्ड र चार हजार २१९ जनाले इसिजी सेवा लिएका जनाइएको छ । अस्पतालले ५० जनालाई शल्यक्रियामार्फत प्रसूति सेवा दिएको छ । अघिल्लो आवमा १९ जनाले उक्त सेवा लिएका थिए । डा बरालले भने,‘बढ्दो सहरीकरणसँगै अस्पतालमा सेवाग्राहीको चाप बढ्दो छ, हाल भइरहेको जनशक्ति र क्षमताले सेवा प्रवाहमा कठिनाइ उत्पन्न भएको छ ।’

Hardik health

‘अस्पतालमा एक सय १५ जनाको जनशक्ति छ । तीमध्ये विशेषज्ञ चिकित्सक ३१, नर्स ३६, प्रयोगशालाकाकर्मचारी छ, प्रशासनका कर्मचारी सात, अन्य प्रविधिक १३ र सहायक कार्यरत २२ जना छन्,’उनले भने,‘ पन्ध्र शय्या स्वीकृतिको अस्पतालले हाल ५० शय्यामा सेवा दिइरहेको छ । अस्पताललाई एक सय शय्यामा विस्तार गर्ने गण्डकी प्रदेश सरकारले निर्णय गरिसकेकाले स्तरोन्नति प्रक्रिया सुरु भइसकको छ ।’

यहाँ सर्पदंश केन्द्र, रक्तसञ्चार केन्द्रको क्षमता वृद्धि, फोहरमैला व्यवस्थापन, डायलाइसिस सेवाको क्षमता वृद्धिका साथै अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्नुपर्ने डा बरालले आवश्यकता औँल्याए । वि‍.सं २०३४ मा स्वास्थ्यचौकीका रूपमा स्थापना भई वि‍.सं २०५५ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्तरोन्नति भएको यो अस्पताल  वि‍.सं २०५९ सालमा अस्पतालका रूपमा स्तरोन्नति भएको थियो । 

यहाँ फोहोरपानीको व्यवस्थापन, फोहोरमैला व्यवस्थापनका लागि अटोक्लेप्ससहित भवन निर्माण, आँखा विशेषज्ञसहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, यनेस्थेसिया सेवा, भेन्टिलेटरसहित आइसीयू कक्ष, अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्सरे, निःशुल्क औषधि कक्षलगायत सेवा विस्तार भइसकेको छ । साथै शव राख्नका लागि दुई तह भएका दुईवटा मर्चरी चेम्बरको पनि अस्पतालमा व्यवस्था गरिएको छ । अस्पतालले आकस्मिक सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलाइसिस सेवा पनि प्रदान गर्दै आइरहेको छ । 


प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  १५:३८
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
पर्सा र बारामा हैजाविरुद्धको खोप दिइने
पर्सा र बारामा हैजाविरुद्धको खोप दिइने बिहीबार, असोज २३, २०८२
विश्व दृष्टि दिवसमा तीन वृद्धाको निःशुल्क आँखाको शल्यक्रिया
विश्व दृष्टि दिवसमा तीन वृद्धाको निःशुल्क आँखाको शल्यक्रिया बिहीबार, असोज २३, २०८२
कोशी अस्पतालमा ‘जेनजी क्लिनिक’ सञ्चालन
कोशी अस्पतालमा ‘जेनजी क्लिनिक’ सञ्चालन बुधबार, असोज २२, २०८२
जापानीज इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको सङ्ख्या छ पुग्यो
जापानीज इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको सङ्ख्या छ पुग्यो बुधबार, असोज २२, २०८२
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार बुधबार, असोज २२, २०८२
जेनजी आन्दोलनका ३० घाइते अझै अस्पतालमा
जेनजी आन्दोलनका ३० घाइते अझै अस्पतालमा सोमबार, असोज २०, २०८२
कफ सिरप सेवन गर्दा ११ बालबालिकाको मृत्यु, डाक्टर र औषधि कम्पनीविरुद्ध उजुरी दर्ता
कफ सिरप सेवन गर्दा ११ बालबालिकाको मृत्यु, डाक्टर र औषधि कम्पनीविरुद्ध उजुरी दर्ता आइतबार, असोज १९, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP