काठमाडौं– बागलुङका ताराखोला गाउँपालिका-५ का अध्यक्ष मनबहादुर रोकाले व्यावसायिक स्याउखेती गर्दै आएको छन् । उनले छ वर्ष अघि परीक्षणका लागि जुम्लाबाट बिरुवा ल्याएर स्याउखेती गर्न थालेका हुन् ।
अध्यक्ष रोकाले परिक्षणबाट सुरु गरी अहिले व्यावसायिक खेतीमा परिणत भएको भएको छ । रोयल रेड र इटालिएन फुजी उनको बगानका आकर्षण बनेका छन् । प्रारम्भमा १०० बिरुवा रोप्नुभएका उनले ८० वटा मात्र जोगाउन सफल भएको सुनाए । अध्यक्ष रोकाले इटालिएन फुजी ररोयल रेड जातका स्याउको बिरुवा लगाएका छन् । रोकाको हाल १४० बोट छन् जसले फल दिएका छन् । उनको बगान चार रोपनीमा फैलिएको छ । उनी छ रोपनीमा खेती विस्तार गर्ने योजनामा छन् । अध्यक्ष रोकाले भने,‘अब १० रोपनीमा खेती गर्ने सोचमा छु ।’ स्याउखेतीका निम्ति उनले एक लाख ५० हजार रुपैयाँ लगानी गरेको बताए । उनले भने,‘विभिन्न निकायले अनुदानमा बिरुवा दिँदा खासै खर्च परेको छैन । यस वर्ष करिब चार क्विन्टल स्याउ उत्पादन भएको छ ।’
कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवाल सिँचाइ हुने, पानी कम पर्ने र घाम बढी लाग्ने स्थानमा स्याउखेती उपयुक्त हुने बताए । ढोरपाटन र निसेल ढोरमा व्यावसायिक रूपमा स्याउखेती हुँदै आएको छ । जिल्लाभर ५६ दशमलव ९२ हेक्टर क्षेत्रमा स्याउखेत हुने गरेको जानकारी दिँदै उनले बर्सेनि ३३१ दशमलव दुई मेट्रिक टन स्याउ उत्पादन भएको बताए ।