काठमाडौं– नेपाल प्रिमियर लिग ( एनपिएल ) को दोस्रो संस्करणको मिनी अक्सनका लागि खेलाडी दर्ताको लागि आज अन्तिम दिन रहेको छ । राति १२ बजेसम्म खेलाडी दर्ता गर्न सकिने छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले गत साताको शनिवार देखि खेलाडी दर्ता खुला गरेको थियो । खेलाडी क्यानका अनुसार एनपिएलका ८ टोलीबाट रिलिज भएका र नयाँ खेलाडीले दर्ता गर्न पाउने छन् । खेलाडीले ए, बी र सी मध्ये जुनसकै श्रेणीमा आफ्नो नाम दर्ता गराउन सक्नेछन् । खेलाडी दर्ताका लागि १ हजार रुपैयाँ शुल्क रहेको छ ।
एनपिएलको मिति नतोकिए पनि नोभेम्बर र डिसेम्बर लिगका लागि सम्भावित समय रहेको छ । एनपिएलको मिति नतोकिए पनि क्यानको बार्षिक क्यालेन्डर अनुसार एनपिएलको मिनी अक्सन अगस्ट महिनाम हुने तयारी छ । एनपिएलका नोभेम्बर र डिसेम्बर लिगका लागि सम्भावित समय रहेको क्यानले जनाएको छ ।