Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
कृषि
  • Home
  • कृषि
  • कृषकलाई प्रोत्साहनस्वरुप दूधमा अनुदान
कृषकलाई प्रोत्साहनस्वरुप दूधमा अनुदान
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन २, २०८२

वालिङ- भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाले दूधमा अनुदान दिएको छ । उत्पादनका आधारमा कृषकलाई प्रोत्साहित गर्न कार्यालयले जिल्लाभित्र सञ्चालनमा रहेर मापदण्ड पूरा गरेका समूह, सहकारीलाई प्रतिलिटर रु पाँच अनुदान उपलब्ध गराएको हो ।

 उत्पादनमा आधारित प्रोत्साहन सहयोगअन्तर्गत मापदण्डअनुसार दैनिक २०० लिटर दूध संकलन गर्ने र वार्षिक २०० दिन दूधको कारोबार गर्ने समूह सहकारीलाई छनोट गरी सहयोग दिइएको भेटेरिनरी तथा पशु विज्ञ केन्द्र स्याङ्जाका प्रमुख रुपेश श्रेष्ठले जानकारी दिए । कार्यालयले गत आर्थिक वर्ष २०८१/०८२ मा दुई लाख लिटर दूधका लागि रु पाँचका दरले रु १० लाख प्रोत्साहनस्वरुप सहयोग गरेको उनले बताए । प्रोत्साहन रकम वितरणसम्बन्धी कार्यालयले मापदण्ड पूरा गरेका समूह तथा सहकारीबाट आवेदन माग गरेको थियो । त्यसमा तीन वटा समूह र सहकारीले आवेदन दिए पनि मापदण्डका आधारमा दुई वटालाई छनोट गरी प्रोत्साहन रकम उपलब्ध गराइएको उनले बताए ।

कार्यालयले भिरकोट नगरपालिकामा अवस्थित भिरकोट दुग्ध उत्पादन सहकारी र आँधीखोला गाउँपालिकामा अवस्थित आँधीखोला कृषि उद्यम सहकारी संस्थामा आबद्ध कृषकलाई प्रोत्साहन उपलब्ध गराएको हो । “प्रोत्साहन रकम दुई चरणमा गरी उपलब्ध गराएका हौँ”, प्रमुख श्रेष्ठले भने, “कृषकलाई अन्य सहयोग तथा अनुदानका कार्यक्रमभन्दा उत्पादनका आधारमा दिइने प्रोत्साहन रकम बढी प्रभावकारी हुने गरेको पाएका छौँ ।”

Hardik health

भिरकोट दुग्ध उत्पादक सहकारी संस्थाले कूल रु छ लाख ५० हजार ६५० प्राप्त गरेको छ । सहकारीले एक लाख ३० हजार १३० लिटर दूधका लागि उक्त रकम प्राप्त गरेको हो ।  आँधीखोला कृषिउद्यम सहकारी संस्थाले ६९ हजार ७२० लिटर दूध संकलन गरेको थियो । संकलित उक्त परिमाणको दूधमा रु पाँचका दरले रु तीन लाख ४८ हजार ६०० प्रोत्साहन रकम प्रदान गरिएको उनले बताए ।

दुई वटा सहकारीले तोकिएको मापदण्डअनुसार दूध उत्पादन तथा संकलन गरेका हुन् । संकलन भएको दूधको प्रतिलिटर रु पाँचका दरले नौ लाख ९९ हजार २५० प्रोत्साहन सहयोग गरेको हो ।प्रोत्साहन सहयोगले उत्पादनमा वृद्धि हुँदै गएकाले प्रोत्साहन सहयोग कार्यक्रमलाई निरन्तरता दिइएको कार्यालयले जनाएको छ । कार्यालयले भकारो सुधार, नयाँ गोठ निर्माण, मिल्क एनालाइजरलगायत यन्त्र तथा उपकरण पनि कृषकलाई अनुदानमा सहयोग गर्दै आएको छ ।
 


प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  १४:५१
प्रतिक्रिया दिनुहोस्
थप कृषि
बैतडीका महिला व्यावसायिक रूपमा बेसारखेती गर्दै
बैतडीका महिला व्यावसायिक रूपमा बेसारखेती गर्दै शुक्रबार, पुस ४, २०८२
प्रांगारिक लक्ष्यमा मूल्यवान लोगोसम्बन्धी ‘कर्णाली संवाद’ सुरु
प्रांगारिक लक्ष्यमा मूल्यवान लोगोसम्बन्धी ‘कर्णाली संवाद’ सुरु शुक्रबार, पुस ४, २०८२
भोजपुरमा हिउँदे आलुमा डढुवाको संक्रमण
भोजपुरमा हिउँदे आलुमा डढुवाको संक्रमण शुक्रबार, पुस ४, २०८२
दोहोरो कर प्रक्रियाले व्यावसायिक किसान मारमा
दोहोरो कर प्रक्रियाले व्यावसायिक किसान मारमा शुक्रबार, पुस ४, २०८२
 कृषिउपजको थोक मूल्य
 कृषिउपजको थोक मूल्य शुक्रबार, पुस ४, २०८२
शिखर इन्स्योरेन्सका कारण स्याउ किसान प्रभावित
शिखर इन्स्योरेन्सका कारण स्याउ किसान प्रभावित बिहीबार, पुस ३, २०८२
पाँचखपनका थापा बढी धान उत्पादन गर्ने किसानका रूपमा सम्मानित
पाँचखपनका थापा बढी धान उत्पादन गर्ने किसानका रूपमा सम्मानित बिहीबार, पुस ३, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP