Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मेयर कप ब्याडमिन्टन
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
Search Here
समाचार
  • Home
  • समाचार
  • सरकारप्रति पोखियो कांग्रेसको असन्तुष्टि 
सरकारप्रति पोखियो कांग्रेसको असन्तुष्टि 
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन २, २०८२

शुरुमा गति समातेको थियो । अहिले यो सरकार बरालिएको छ । ‘अहिले दिन गनेरमात्र बसेको छ । आज आइतबार गयो, सोमबार गयो, मंगलबार आयो । एकजनाले बोलेपछि ढल्दैन ढल्दैन भनेर बसेको छ प्रधानमन्त्री
गगन थापा
महामन्त्री, नेपाली कांग्रेस

काठमाडौं– केपी शर्मा ओली नेतृत्वको सरकार दिनानुदिन विवादित बन्दै गएसँगै नेपाली कांग्रेसका नेताहरुले असन्तुष्टि पोख्न थालेका छन् । गत असार मसान्तमा नेपाली कांग्रेस र नेकपा एमालेको मिलीजुली बनेको सरकारमाथि कांग्रेस नेताहरुले सार्वजनिक रुपमै असन्तुष्टि पोख्न थालेका हुन् । 

ओली नेतृत्वको सरकारका मन्त्रीहरु धमाधम ‘घुस डिल’ देखि भिजिट भिसामा रकम असुली प्रकरणमा मुछिएका छन् । ७८ लाख घुस डिल प्रकरणमा राजकुमार गुप्ता राजीनामा दिएर उन्मुक्ति पाएका छन् । उनीमाथि अख्तियारले कुनै कारबाही वा अनुसन्धान अघि बढाउने छाँट देखिन्न । 

यस्तै कारण अहिले सरकार बरालिएको कांग्रेस महामन्त्री गगन थापाले टिप्पणी गरे । ‘शुरुमा गति समातेको थियो । अहिले यो सरकार बरालिएको छ,’ ललितपुरस्थित कांग्रेसको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बिहीबार महामन्त्री थापाले भने ।
यसअघि गत असार १६ देखि २३ गतेसम्म चलेको केन्द्रीय समितिमा पनि कांग्रेसले सरकारको कामबारे समीक्षा गरेको थियो । कांग्रेस केन्द्रीय समितिले विकास, सुशासन र समुन्नतिको लागि प्रभावकारिता बढाउन सरकारसँग आग्रह गरेको थियो ।

Hardik health

‘नेपालको तत्कालिन राजनीतिक विशेष परिस्थितिमा सरकार गठन सम्बन्धमा भएको नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको ७ बुँदे सहमतिप्रति प्रतिवद्ध रहँदै सरकारको स्थायित्वका लागि जनभावना अनुसार वर्तमान सरकारले विकास, सुशासन एवं समुन्नतिका लागि थप प्रभावकारिताका साथ काम गर्नु पर्ने कुरामा यो बैठक सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ,’ केन्द्रीय समितिको निर्णयमा भनिएको छ ।

यद्यपि सरकार भने हरेक दिन विवादमा मुछिएको छ । सरकार सञ्चालनका लागि गठन भएको उच्चस्तरीय राजनीतिक संयन्त्रका सदस्यसमेत रहेका थापाले अहिले सरकार काम नगरी दिनमात्र गनेर बसेको आरोप लगाए । ‘अहिले दिन गनेरमात्र बसेको छ । आज आइतबार गयो, सोमबार गयो, मंगलबार आयो । एकजनाले बोलेपछि ढल्दैन ढल्दैन भनेर,’ थापाले भने, ‘प्रधानमन्त्रीज्यूले बेलाबेला एक वर्ष म हुन्छु । अनि कांग्रेसलाई हस्तान्तरण गर्छु भनेको सुन्छु । अब हिसाबकिताबको कुरा नगरौं । सरकार भनेको दिन गनेर बस्ने हो र ? अनि हामी औंला भाँचेर बस्ने ?’

सरकारको कामकारबाही लोकतन्त्र र संघीयताको मर्म विपरित बढ्दै गएको छ । यसको विकल्प सोच्नुपर्ने बेला आएको छ
डा शेखर कोइराला
नेता, नेपाली कांग्रेस

बिहीबारमात्र सरकार प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले देश जटिल मोडमा पुगिसकेको बताएका थिए । ‘देश अहिले संविधानको दृष्टिकोणले, गणतन्त्रको दृष्टिकोणले, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले निकै नै जटिल मोडमा छ । अहिलेको सरकार जहाँ टेक्छ, त्यहीँ भ्रष्टाचारबाहेक केही पनि छैन,’ ललितपुरमा आयोजित एक कार्यक्रममा दाहालले भने ।

लगत्तै कांग्रेस संस्थापनइतरका नेता डा शेखर कोइराला दाहाल भेट्न खुमलटार पुगेका थिए । खुमलटारमा दिउँसो ३ बजे दुई नेताबीच एक घण्टा कुराकानी भएको दाहालको सचिवालयले जनायो । भेटमा डा कोइरालाले पनि सरकारप्रति असन्तुष्टि पोखेको दाहालका स्वकीय सचिव गोविन्द आचार्यले बताए । ‘दुई नेताबीचको भेटमा राजनीतिक र सरकारको विषयमा कुराकानी भयो,’ आचार्यले भने, ‘उहाँ(शेखर कोइराला)ले पनि सरकारप्रति असन्तुष्टि पोख्नुभयो ।’

कोइरालाले सरकारको विकल्प खोज्ने बेला आइसकेको दाहाललाई बताएका थिए । ‘सरकारको कामकारबाही लोकतन्त्र र संघीयताको मर्म विपरित बढ्दै गएको छ । यसको विकल्प सोच्नुपर्ने बेला आएको छ,’ कोइारालाले भेटमा भनेका थिए । 

भूमि व्यवस्थामन्त्री अधिकारीले राजीनामा नदिने
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आफू निर्दोष रहेकोले राजीनामा नदिने बताएका छन् । पोखरास्थित विवादित जग्गा प्रकरणसम्बन्धी ‘अडियो रेकर्ड’ बारे आफ्नो धारणा राख्दै अधिकारीले आफू यो घटनामा संलग्न नरहेको बताएका हुन् ।

बिहीबार वार्षिक उपलब्धिसम्बन्धी जानकारी दिने उद्देश्यले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अधिकारीले केही दिनदेखि आफ्नो र परिवारका सदस्यकोसमेत नाम जोडी सुनियोजित ढंगबाट ‘अडियो रेकर्ड’ सार्वजनिक गरेको उनको दाबी रह्यो । अडियोमा आफ्नो आवाज नरहेको र आवाज पुष्टि भएमा जस्तोसुकै सजाय भोग्न तयार रहेको अधिकारीले बताए । ‘यहाँहरूले अडियो सुन्नुभएको छ । मेरो आवाज, मैले त्यहाँ मागेको कुरा, मैले यो गर्दिन्छु भन्ने तपाईंहरूले फेला पार्नुभयो भने जस्तोसुकै सजाय पनि भोग्न तयार छु,’ उनले भने ।

कास्कीका मालपोत अधिकृत रामचन्द्र अधिकारी सरुवा प्रकरणमा घुस डिल भएको आरोपमा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिइसकेका छन् । रामचन्द्रको सरुवा रोक्न सुजन लामा नामको बिचौलिया आफूलाई भेट्न आएको स्विकार्दै अधिकारी उक्त काम आफूले अस्विकार गरेको बताए । ‘कुनै आफ्नो योजना पूरा गर्न खोजेका व्यक्तिले आफ्नो अभिष्ट पूरा गर्न मालपोत अधिकृतलाई फिर्ता गराउन आएका थिए । मैले हुन्नँ भनेँ । त्यसपछि यी कुराहरू बाहिर आए,’ उनले भनेका छन् । 
 


प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  १०:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै शुक्रबार, पुस ११, २०८२
मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी 
मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी  शुक्रबार, पुस ११, २०८२
सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु
सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु शुक्रबार, पुस ११, २०८२
रेसुंगा वन क्षेत्रभित्र होटल सञ्चालन दिनेगरी भएको सम्झौता सर्वोच्चद्वारा खारेज
रेसुंगा वन क्षेत्रभित्र होटल सञ्चालन दिनेगरी भएको सम्झौता सर्वोच्चद्वारा खारेज शुक्रबार, पुस ११, २०८२
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल शुक्रबार, पुस ११, २०८२
वीरेन्द्रनगरमा पानीको आपूर्ति पूरा गर्न दोस्रो चरणको काम सुरु
वीरेन्द्रनगरमा पानीको आपूर्ति पूरा गर्न दोस्रो चरणको काम सुरु शुक्रबार, पुस ११, २०८२
नवनियुक्त मन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त मन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ शुक्रबार, पुस ११, २०८२
लोकप्रिय
  • Week
  • Month
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP