Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मेयर कप ब्याडमिन्टन
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
Search Here
समाचार
  • Home
  • समाचार
  • मन्त्रिपरिषद् हेरफेरको तयारीमा प्रधानमन्त्री ओली
विवादै विवादमा गठबन्धनका मन्त्रीहरु मन्त्रिपरिषद् हेरफेरको तयारीमा प्रधानमन्त्री ओली
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन १, २०८२
  • शिक्षक आन्दोलनका कारण पद छाड्न बाध्य भइन् निवर्तमान शिक्षामन्त्री विद्या भट्टराई
  • भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखक पदमा यथावत्
  • संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता ७८ लाख ‘घुस डिल’ प्रकरणका कारण राजीनामा दिन बाध्य
  • भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले ३२ लाख घुस रकम लिएको दाबीसहित अडियो सार्वजनिक
  • ओली नेतृत्वको सरकार असफल भएको भन्दै जनता समाजवादी पार्टी नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं– नेपाली कांग्रेससँग गठबन्धन गरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनेको वर्ष दिन पूरा भएको छ । यस अवधिमा पटक–पटक मन्त्रिपरिषद् हेरफेरको चर्चा चले पनि सरकारले वर्ष दिन मनाएको छ ।

यद्यपि, यो सरकारका मन्त्रीहरु कहिले भिजिट भिसा प्रकरणमा त कहिले ‘घुस डिल’ प्रकरणमा मुछिए । निवर्तमान शिक्षा, विज्ञान तथा  प्रविधिमन्त्री विद्या भट्टराई शिक्षक आन्दोलनका कारण पद गुमाउन बाध्य भइन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता ७८ लाख ‘घुस डिल’ प्रकरणका कारण राजीनामा दिन बाध्य भए । दुवै नेकपा एमालेबाट मन्त्री भएका हुन् । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ हटाएको समयमा विभागीय मन्त्री दिपक खड्कालाई नसघाएको आरोपमा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ पदमुक्त भए । प्रतिनिधिसभा सदस्य तामाङ नेपाली कांग्रेसबाट मन्त्री भएका थिए । 

यही बीचमा फेरि पनि मन्त्री हेरफेरको चर्चा चलेको छ । अहिले कांग्रेसबाट मन्त्री बनेका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई हटाउने तयारी गरेको बताइएको छ । 
बजेट बाँडफाँटका क्रममा सहरी विकासमन्त्रीले राजनीतिक भागबण्डा गरेपछि विवादमा तानिएका थिए । गृहमन्त्री लेखक भिजिट भिसामा रकम असुली प्रकरणमा मुछिएका व्यक्ति हुन् । यता युवा तथा खेलकुदमन्त्री चौधरी अहिले एनपिएल विवादका कारण मन्त्रिपरिषद् बैठकमै जान छाडेका छन् । प्रधानमन्त्री ओलीसँग विवाद बढेपछि चौधरीलाई हटाउने तयारी गरिरहेको बताइएको छ । यता पर्यटनमन्त्री पाण्डे पनि विवादमा तानिएका छन् । किसानलाई समयमै मल दिन नसकेको र दूधको रकम किसानलाई भुक्तानी गर्न नसकेको भन्दै कृषिमन्त्री अधिकारी विवादमा तानिएका छन् । यता एमालेका मन्त्रीहरु पनि विवादैविवादमा फसेका कारण हटाउनुपर्ने अवस्थामा पुगिसकेका छन्, प्रधानमन्त्री ओली । 

Hardik health

७८ लाख घुस डिल प्रकरणमा सामान्य प्रशासनमन्त्री गुप्ताले राजीनामा दिएसँगै भूमि व्यवस्थामन्त्री बलराम अधिकारी पनि तानिएका छन् । उक्त घुस डिलमा बलरामको नाम पनि जोडिएको छ । अधिकारीले ३२ लाख रुपैयाँ लिएको अडियो बाहिरिएसँगै उनी विवादमा तानिएका छन् । अडियो छयाप्छयाप्ती भए पनि अधिकारीले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् । 

यसैगरी उद्योगमन्त्री दामोदर भण्डारी पनि बालुवाटारको ‘रेड जोन’मा परेका छन् । विभिन्न व्यक्तिमार्फत रकम असुलेको आरोप भण्डारीमाथि रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, शिक्षामन्त्री रघुजी पन्त, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षा मानवीर राई रहेका छन् । 

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले बुधबार पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् हेरफेर गर्ने संकेत गरे । ‘मन्त्रीमण्डल गठन, पुनर्गठन हुने कुरा ठूला कुरा हैन । यो प्रधानमन्त्रीको अधिकारको कुरा हो । हामी अहिले समीकरणमा छौं । सामान्यतः एक वर्षभित्र मन्त्रीहरुलाई शपथ खुवाउने बेलामा पनि भन्नुभएको थियो । एक वर्षको हो है भन्नुभएको थियो । त्यसपछि तन्किन नि सक्छ, खुम्चिन नि सक्छ भन्नुभएको थियो,’ सरकारका प्रवक्ता गुरुङले भने ।

 


प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  १०:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै शुक्रबार, पुस ११, २०८२
मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी 
मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी  शुक्रबार, पुस ११, २०८२
सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु
सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु शुक्रबार, पुस ११, २०८२
रेसुंगा वन क्षेत्रभित्र होटल सञ्चालन दिनेगरी भएको सम्झौता सर्वोच्चद्वारा खारेज
रेसुंगा वन क्षेत्रभित्र होटल सञ्चालन दिनेगरी भएको सम्झौता सर्वोच्चद्वारा खारेज शुक्रबार, पुस ११, २०८२
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल शुक्रबार, पुस ११, २०८२
वीरेन्द्रनगरमा पानीको आपूर्ति पूरा गर्न दोस्रो चरणको काम सुरु
वीरेन्द्रनगरमा पानीको आपूर्ति पूरा गर्न दोस्रो चरणको काम सुरु शुक्रबार, पुस ११, २०८२
नवनियुक्त मन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त मन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ शुक्रबार, पुस ११, २०८२
लोकप्रिय
  • Week
  • Month
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP