Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
समाचार
  • Home
  • समाचार
  • मापदण्डलाई कुल्चिदै उपसचिव र लेखा अधिकृतको सरूवा
महालेखामा सरुवामा मनोमानी मापदण्डलाई कुल्चिदै उपसचिव र लेखा अधिकृतको सरूवा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार ३२, २०८२

काठमाडौं -  महालेखा नियन्त्रक कार्यालयले आफैले बनाएको मापदण्ड कुल्चेर उपसचिव र लेखा अधिकृतको सरूवा गरेको छ। महालेखा नियन्त्रक कार्यालयले बनाएकाे मापदण्ड कुल्चेर उपसचिव र लेखा अधिकृतको सरुवा  गरेका पाइएकाे हाे  ।

मापदण्ड अनुसार उपसचिवको दुई वर्ष कार्यकाल नभई सरुवा गर्न मिल्दैन । दरबन्दी नभएको ठाउँमा पनि सरुवा गर्न नपाइने महालेखाकाे एक वर्ष पुरा नभएका उपसचिव मधुसुदन पौडेल र लेखा अधिकृत शंकर न्यौपानेलाई परराष्ट्र मन्त्रालयमा सरुवा गरेको पाइएकाे छ ।

उपसचिवलाई न्युनतम दुई वर्ष राख्नु पर्छ । तर महालेखा नियन्त्रकको कार्यालयले एक वर्ष पुरा नभएका उपसचिव मधुसुदन पौडेल र लेखा अधिकृत शंकर न्यौपानेलाई परराष्ट्र मन्त्रालयमा सरुवा गरेको छ । उपसचिव पौडेललाई त्यहाँबाट सरुवा गर्न उनले त्यहाँ कम्तिमा दुई वर्ष बिताएको हुनु पर्दथ्यो । त्यस्तै आगामी पुसमा खाली हुने भनिएको दरबन्दीलाई ढुक्नका लागि न्यौपानेलाई छ महिना अघि नै परराष्ट्रमा पठाइएको जसले मापदण्डलाई  अर्थहिन बनाएका छन् । 

त्यसो त महालेखामा असूली धन्दा चलाई कामकाजका नाममा कर्मचारी सरुवा गर्ने गरेको महालेखाको नयाँ धन्दा भने होइन । तर विद्धमान नियम र कानुनको धज्जी उडाउदै समग्र लेखा समुहको कर्मचारीहरूको शिर निहुराउने गरी उपसचिव र लेखा अधिकृतको सरूवा गरेकाे स्राेतले जनाएकाे छ।

Hardik health

सरुवा मापदण्ड के भन्छ?
महालेखा नियन्त्रक कार्यालय कर्मचारी व्यवस्थापन मापदण्ड (२) काे ७ र निजामती सेवा ऐन २०४९ को दफा २४(२) अनुसार,

  • उपसचिव तहका कर्मचारीलाई न्यूनतम २ वर्ष पूरा नगरी सरुवा गर्न पाइँदैन।
  • जहाँ दरबन्दी छैन, त्यहाँ सरुवा गर्न मिल्दैन।
  • सरुवा निष्पक्ष, पारदर्शी र आवश्यकता आधारित हुनु पर्छ।

मापदण्ड धज्जी उडाउने मास्टर माइण्ड को को ?
महालेखा नियन्त्रकको कार्यालयका कर्मचारी स्रोतका अनुसार मापदण्ड मिचेर काम गर्ने मास्टर माइण्ड दुई कर्मचारी रहेका छन् । स्रोतका अनुसार यसको मुख्य योजनाकार सह महालेखा नियन्त्रक सुशीला अर्याल र उप महालेखा नियन्त्रक निरज केसी हुन् । उनीहरुले महालेखा नियन्त्रकलाई प्रभावमा पारेर कर्मचारीहरुको अवैध ढंगले सरुवा गराएकाे स्रोतले भन्यो ।

किन त्यस्तो अवैध काम गर्नु परयो त ?
कर्मचारीहरु भन्छन्, 'अर्याल र केसी पैसाका भोका हुन् । उनीहरुले कमाउ अड्डाको रुपमा चिनिएको सडक विभाग जाने बाटो मिलाउनको लागि पहिल्यै मधुसुदन पौडेललाई परराष्ट्र सरुवा गरेका हुन् । लेखा अधिकृत न्यौपानेको सरुवा चाहि अर्याललाई यसअघि असुलीमा राम्ररी सघाएका कारण गुन तिर्न गरिएको हो । नत्र पुसमा खाली हुने दरबन्दीमा अहिले नै पठाउन मिल्छ त ? ' प्रतिप्रश्न गर्दै उनीहरुले भने ।

महालेखाको यो कदमले निजामती सेवा ऐन नियमको धज्जी उडेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री कार्यालयले यसअघि नै कुनै पनि कार्यालयमा फाजिलमा कर्मचारी नराख्ने परिपत्र गरेको थियो । त्यसलाई समेत चुनौती दिएको छ ।

अवैध कार्यका लागि अर्यालको कुटिल चाल
महालेखा नियन्त्रक कार्यालयमा वरिष्ठ सहसचिवहरूलाई पाखा लगाई तत्कालिन नियन्त्रक गणेश पाण्डेलाई प्रभावमा पारी कर्मचारी शाखामा पदस्थापन गराएकी सहचिव अर्याल कमाउधन्दाको सेटिङ गर्न गएकी हुन् भन्ने पछिल्लो निर्णय प्रक्रियाबाट पुष्टि भएको  स्राेतले जनाएकाे छ । सहसचिव अर्याल घुस रकमको लागि कतिसम्म निर्लज्ज हुन सक्छिन् भन्ने विषय त उनी कोलेनिका काठमाडौँ र सडक विभागमा लेखा अधिकृत हुँदा ताकाका उनका सहकर्मीहरुले बताउने गरेकाे स्राेतले जनाइकाे छ ।

 पैसा र पहुँचको खेल
स्रोतका अनुसार, मधुसुदन पौडेलको सरुवा सडक विभागतर्फ कमाउ अड्डामा पुग्ने मार्ग सहज बनाउने पूर्वतयारी हो। न्यौपानेको सरुवा भने अर्यालको विगतको असूली साझेदारको गुन तिर्ने कार्य हो।

अहिले उनीहरुले समग्र आर्थिक प्रशासनलाई नै डुबाएका छन् । त्यसको प्रभाव राजस्व संकलन र खर्च व्यवस्थापनमा पर्ने महालेखा नियन्त्रक कार्यालयमा देखिन थालेको अन्य कर्मचारीहरूकाे अाराेप  छ । निजामति किताबखानामा बस्दा निजामति किताबखानाको प्रणाली बन्द गराउन मुख्य भुमिका खेलेकी अर्याल हाल महालेखा नियन्त्रक कार्यालयले सञ्चालन गरेको प्रणालीहरु बन्द गराई निजी कम्पनीका सफ्टवेयहरु कार्यालयमा बिक्रि गराउने डिजाइनमा समेत लागेको चर्चा हुन थालेको छ ।

अर्याल र केसीलाई तुरुन्त निलम्बन गर्ने र भएका सरूवा छानबिन गरी नियम विपरित गरीएका सरुवाहरु बदर नगर्ने र नियम कानुनको परिपालना गरी सरुवा नगर्ने हो भने महालेखा नियन्त्रक कार्यालयले अब काम गर्न नसक्ने महालेखा नियन्त्रक कार्यालयका उच्च पदाधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

 


प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  १४:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम शुक्रबार, साउन २९, २०८३
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल शुक्रबार, साउन २९, २०८३
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन शुक्रबार, साउन २९, २०८३
लागुऔषधसहित एघार जना पक्राउ
लागुऔषधसहित एघार जना पक्राउ शुक्रबार, साउन २९, २०८३
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त शुक्रबार, साउन २९, २०८३
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP