Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
कृषि
  • Home
  • कृषि
  • पानी अभावले रोपाइँ हुन सकेन
पानी अभावले रोपाइँ हुन सकेन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार २९, २०८२

अदानचुली-  साउन लाग्नै गर्दा पनि हुम्लाको सयौँ हेक्टर खेतबारी अझै सुक्खै छन् । धान र कोदोको बीउ तयार भए पनि खेतबारीमा पानी छैन । किसान बनेर आकाशतिर हेरिरहन्छन् । बर्खाको भरमा धान लगाउने किसान यस वर्ष वर्षा नभएपछि  निराश छन् । अदानचुली गाउँपालिकाका किसान भन्छन्, “धान र कोदो रोप्न बीउ तयार छ, बीउ उम्रिसक्यो, तर पानी छैन । नहरका लागि पानीको मुहान पनि छैन । आकासे पानीका बसेका छौँ ।”

असारभर राम्ररी वर्षा नहुनु र वैकल्पिक सिँचाइ योजना पनि नहुनुले समस्या भएको यहाँका किसान बताउँछन् । अधिकांश ठाउँमा सिँचाइका नहर भए पनि गत वैशाखमा आएको बाढीले क्षतिग्रस्त छन् । आकाशबाट आएको पानीले खोला बढेपछि सोही खोलाको पानीले खेत रोप्नका लागि बनाइएका कुलोमा झारमात्र उम्रिएको छ । योजनाहरू प्रायः व्यक्तिगत छन् । सिँचाइका योजना छैनन् ।

अदानचुली गाउँपालिकामा सङ्घ, प्रदेश र स्थानीय सरकारले हरेक वर्ष करोडौँ रुपैयाँ विकास योजनामा विनियोजन गरेको हुन्छ तर व्यक्तिगत पर्खाल, गेट, मोटरेबल सडक र रङ्गीन बोर्डहरूमा बजेट खर्च भइरहेछ । तर खेतबारीमा पानी पुर्याउने कुनै योजना र कार्यक्रम देखिन्न । खोलाको नाममा तटबन्धन भए पनि आफ्नै जग्गा र पर्खाल बनाउने, व्यक्तिगत फार्महरूको घेरबारलगायत योजना सङ्घ र प्रदेशले बनाएर कार्यान्वयन गरेको पाइन्छ । 

Hardik health

“धान, कोदोलगायत अन्य बालीनाली रोप्न नपाएर बीउ सुक्न लागिसक्यो ।  किसानलाई योभन्दा ठूलो यातना केही हुँदैन । खेतमा पानी छैन, यसमा कसैको ध्यान जाँदैन”, स्थानीय ललित बुढाले भने । गाउँपालिकाले ‘कृषिमा आधुनिकीकरण’ भनेर बजेट सार्वजनिक गरेको छ । सोलारपम्प, डिपबोरिङ वा कुलो निर्माण र मर्मतजस्ता जीवन्त योजना अझै फाइलमा अड्किएका छन् । “खेत सुक्छ, किसानको आवाज सुनिँदैन । बीउ वितरण, अव्यवस्थित सिँचाइ प्रणालीले समस्या भएको छ”, उनले भने । 


प्रकाशित मिति: आइतबार, असार २९, २०८२  ०९:५६
प्रतिक्रिया दिनुहोस्
थप कृषि
पौवादुङमाको खुर्सानी खेती: बाह्य जिल्लाका किसानको ‘सिकाइ तथा अध्ययन केन्द्र’
पौवादुङमाको खुर्सानी खेती: बाह्य जिल्लाका किसानको ‘सिकाइ तथा अध्ययन केन्द्र’ सोमबार, कात्तिक ३, २०८२
चार लाख ७१ हजार मेट्रिक टन रासायनिक मल आयात गर्न बोलपत्र
चार लाख ७१ हजार मेट्रिक टन रासायनिक मल आयात गर्न बोलपत्र सोमबार, कात्तिक ३, २०८२
अलैँचीको मूल्य पाउँदा किसान उत्साहित
अलैँचीको मूल्य पाउँदा किसान उत्साहित सोमबार, कात्तिक ३, २०८२
व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी
व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी आइतबार, कात्तिक २, २०८२
पुष्प व्यवसायः आठ अर्ब ८३ करोड लगानी, ५३ हजारलाई रोजगारी
पुष्प व्यवसायः आठ अर्ब ८३ करोड लगानी, ५३ हजारलाई रोजगारी शुक्रबार, असोज ३१, २०८२
सागसब्जी र फलफूलको थोक मूल्य
सागसब्जी र फलफूलको थोक मूल्य शुक्रबार, असोज ३१, २०८२
फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी
फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी बिहीबार, असोज ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP