Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
समाचार
  • Home
  • समाचार
  • न्यून पारिश्रमिकमा काम गर्न बाध्य नेपाली सुरक्षा गार्ड
मलेसिया रोजगारीमा सप्लाई कम्पनीको जालो न्यून पारिश्रमिकमा काम गर्न बाध्य नेपाली सुरक्षा गार्ड
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार २४, २०८२

‘सप्लाइ कम्पनीले लिएर जाने र उनीहरुले पाउनुपर्ने पारिश्रमिक पनि नपाएको अवस्था देखेँ । यस्ता सप्लाई कम्पनीमा पठाउने म्यानपावरको जालो कस्तो छ, त्यसलाई राज्यले नियन्त्रण गर्नुपर्छ ।
रमा कोइराला पौड्याल
प्रतिनिधिसभा सदस्य

काठमाडौं– सुरक्षा गार्डमा नेपालीहरु मात्र लग्दै आएको मलेसियाले थोरै पारिश्रमिकमा काम गराएको विषय पुनः संसद्मा उठेको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद रमा कोइराला पौड्यालले मलेसियामा रहेका नेपाली सुरक्षा गार्डले पाउनुपर्नेजति पारिश्रमिक नपाएको बताएकी छन् ।

भर्खरै ‘माइगे्रन्ट फोरम इन एसिया’ले मलेसियामा गरेको कार्यक्रममा सहभागी भएर फर्किएकी पौड्यालले प्रतिनिधिसभाको विशेष समयमा बोल्दै दिनको १५ घण्टा र महिनाको ३० दिन उभिनुपर्ने सुरक्षा गार्डले न्यून पारिश्रमिकमा काम गरिरहेको बताएकी हुन् । ‘नेपालको म्यानपावरबाट मलेसिया गएका सुरक्षा गार्डहरु दिनको १५ घण्टा र महिनाको ३० दिन नै काम गर्नुपर्दो रहेछ । त्यति कामबापतको पारिश्रमिक ३३ सय रिंगेटसम्म हुने रहेछ । तर अहिले उहाँहरु १५ सयदेखि दुई हजारमात्र पाउनुहुँदो रहेछ,’ उनले भनिन्, ‘सप्लाइ कम्पनीले लिएर जाने र उनीहरुले पाउनुपर्ने पारिश्रमिक पनि नपाएको अवस्था देखेँ । यस्ता सप्लाई कम्पनीमा पठाउने म्यानपावरको जालो कस्तो छ, त्यसलाई राज्यले नियन्त्रण गर्नुपर्छ ।’

Hardik health

आफूलाई भेट्न आउने नेपालीहरुले ‘नेपालले समृद्ध नेपाल सुखी नेपाली भनेर नारा लगाएको छ । देश त समृद्ध होला तर हामी प्रवासमा बस्ने नेपालीहरु दुःखी नेपालीहरु हौं’ भन्दा आफ्नो मन दुःखेको उनले बताएकी छन् ।मलेसियामा श्रमिकहरु जोखिमपूर्ण र पीडादायी अवस्थामा काम गरिरहेको सांसद पौड्यालले बताइन् । यसरी काम गर्नेहरु कतिजना कोमामा होलान् भन्ने आफूलाई लागेको तर कोमामाचाहिँ नेपालीहरुलाई देख्न नपर्दा खुसी लागेको उनको भनाइ थियो । ‘हाम्रो दुई–तीन तले घरभन्दा ठूलो मलको थुप्रोमा २० वर्षदेखि मल बोक्ने काम गरिरहेका छन् । यसले उनीहरुको शरीरमा हात, खुट्टामा घाउ भएको देख्दा झनै चिन्ता लागेको छ,’ सांसद पौड्यालले भनिन्, ‘एउटा  पहेँलपुर भएको बिरामीलाई त दूतावासको गेटमा ल्याएर छोडिदिएको देखेँ । धन्न त्यहाँको अस्पतालको कोमामाचाहिँ श्रमिकहरु रहेन छन् ।’

सरकारले रोजगारीमा जाने सबै श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने प्रावधानलाई अनिवार्य गरेको छ । तर यहाँबाट कोषमा आबद्ध भएर गएको श्रमिकलाई मलेसियाको रोजगारदाताले कोषमा रकम जम्मा नगरिदिएको पाएको उनले बताएकी छन् । पौड्यालले हाम्रो सरकारको बार्गेनिङ पावर किन यति फितलो भन्दै प्रश्नसमेत गरिन् । रोजगारीमा जाँदा लाग्ने शुल्क, स्वास्थ्य परीक्षणजस्ता नाममा श्रमिकहरुले ठूलो आर्थिक भार खेप्ने गरेको उनको भनाइ छ ।

‘स्वास्थ्य परीक्षणका नाममा मुलुकभित्रै सिण्डिकेट छ । त्यहाँ गएकालाई सप्लाई कम्पनीले काम दिन सकेन भने स्वास्थ्य परीक्षण गराएर फिट छैनस् भनेर नेपाल पठाइन्छ, उनी प्रश्न गर्छिन्, त्यतिखेर श्रमिकको कति खर्च हुन्छ ? सरकारले फ्रि भिसा, फ्रि टिकट भनेको छ तर श्रमिकहरुसँग तीनदेखि पाँच लाख रुपैयाँसम्म उठाइएको छ । सरकाले यो हेर्ने कि नहेर्ने ?’

मलेसियामा हाल वैधानिक तवरले गएका करिब चार लाख नेपाली श्रमिक छन् । उनका अनुसार यसमध्ये एक हजार ३१३ जना महिला रहेका र उनीहरु उत्पादन क्षेत्रमा काम गरिरहेका छन् । त्यहाँ रहेको दूतावासले सीमित साधन स्रोतका बाबजुद पनि काम गरिरहेको उनको भनाइ छ । ‘राजदूतावासमा २१ जना कर्मचारी हुनुहुन्छ । चार लाखभन्दा बढी वैधानिक र त्यसबाहेकका अवैधानिकरुपमा बसेका श्रमिकको सुरक्षाका लागि रात दिन खट्नुभएको छ,’ पौड्यालले भनिन्, ‘प्रत्येक दिन बिरामी आइरहने रहेछन् । म दुई–तीन दिन गेटमा बसेर हेर्दा उनीहरुलाई अस्पतालसम्म पु¥याउनुपर्दो रहेछ । दूतावासले त्यो काम गरिरहेको छ ।’

दूतावासमा एक जना वकिल र डाक्टर थप गर्न उनले अर्थमन्त्रीलाई आग्रह गर्दै यसले त्यहाँका कर्मचारीले राहत मिल्ने बताइन् । साथै, नेपालमाजस्तै त्यहाँ पनि मिटरब्याजी रहेकाले हाम्रा श्रमिकहरुलाई मिटरब्याजीबाट कसरी जोगाउने भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको विषयसमेत सांसद पौड्यालले उठाइन् ।
 


प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  ११:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम शुक्रबार, साउन २९, २०८३
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल शुक्रबार, साउन २९, २०८३
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन शुक्रबार, साउन २९, २०८३
लागुऔषधसहित एघार जना पक्राउ
लागुऔषधसहित एघार जना पक्राउ शुक्रबार, साउन २९, २०८३
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त शुक्रबार, साउन २९, २०८३
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP