Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • ‘टेक एण्ड पे’मा पुनर्विचार गर्न सांसदको सुझाव
‘टेक एण्ड पे’मा पुनर्विचार गर्न सांसदको सुझाव
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार २४, २०८२

काठमाडौं– सांसदहरूले ‘टेक एण्ड पे’ प्रावधान विचार गरेरमात्रै लागू गर्न सुझाव दिएका छन् । प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिको आइतबारको बैठकमा सांसदहरूले सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमा ल्याएको विद्युत् खरिदमा ‘टेक एण्ड पे’ प्रावधानले निजी क्षेत्रको मनोबल घट्न सक्ने भन्दै उक्त प्रावधान लागू गर्नुअघि पुनर्विचार गर्नुपर्ने सुझाव दिएका हुन् ।

पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसमेत रहेका सांसद शक्तिबहादुर बस्नेतले ‘टेक एण्ड पे’ को नीति समाधानमुखी हुनुपर्नेमा जोड दिए । ‘सरकारले ल्याएको ‘टेक एण्ड पे’ को नीतिले निजी क्षेत्रलाई निरुत्साहित भएन, उनीहरूको लगानीविना विद्युत् उत्पादन बढाउने लक्ष्य पूरा गर्न सम्भव छैन । त्यसर्थ, यस विषयमा आवश्यक अध्ययन गरेर थप विचार गर्नुपर्छ,’ उनले भने ।

सांसद महेश बस्नेतले पनि ‘टेक एण्ड पे’ कि ‘टेक अर पे’ नीतिबारे स्पष्ट भएर यसको असर के हुन सक्छ भन्ने विषयमा थप अध्ययन गर्न आवश्यक रहेकोमा जोड दिए । सांसद निशा डाँगीले पनि ‘टेक एण्ड पे’ को प्रावधान ल्याउने निर्णय गर्न किन आवश्यक परेको हो ? यस विषयमा स्पष्ट हुनुपर्ने बताइन् । उक्त प्रावधानको विरोध भइरहेको सन्दर्भमा आगामी दिनमा यी प्रावधान लागू गर्न उचित हुने कि नहुने ? भन्ने विषयमा आवश्यक अनुसन्धान गर्नुपर्ने उनको जोड रहेको छ ।

Hardik health

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘टेक एण्ड पे’ को नीतिले कुनै पनि हालतमा निजी क्षेत्रलाई निरुत्साहित नबनाउने दाबी गरे । ‘उक्त प्रावधानले निजी क्षेत्रलाई निरुत्साहित बनाउन खोजेको होइन । यसको गलत किसिमले व्याख्या भइरहेको छ,’ उनले भने, ‘लगानीकर्ताले उत्पादन गरेको विद्युत्को बजार त छ तर ट्रान्समिसन लाइन नहुँदा समस्या आएको छ । सबै ठाउँमा ट्रान्समिसन लाइन जडान गर्न सरकारको लगानीले मात्रै पुग्दैन । त्यसर्थ, निजी लगानी पनि आवश्यक पर्ने भएकाले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने छौं ।’

समितिको बैठकमा सुनकोशी–मरिन डाइभर्सन आयोजना ढिलाइ हुनुको कारणसमेत मन्त्री खड्कालाई सोधिएको थियो । मन्त्री खड्काले ठेकेदारको लापरबाहीको कारण आयोजनाको काममा ढिलाइ भएको दाबी गरे । ‘ठेकेदारसँग हामीले कुरा पनि गरेका छौं । फिल्डमै पुगेर अनुगमनसमेत गरेका थियौं । निर्माण व्यवसायीबाट मनसुनजन्य विपद्का कारण ढिलाइ भएको र समय थप गर्नुपर्ने माग भएको छ । अझै दुई वर्ष समय बाँकी रहेकाले ठेक्का रद्द गर्न पनि गाह्रो छ । जसरी भए पनि आयोजनाको काम समयमा नै सक्नका लागि ठेकेदारलाई निर्देशन दिइरहेका छौं,’ उनले भने ।

समितिका सभापति दीपक सिंहले सुनकोशी–मरिन डाइभर्सन आयोजनाजस्तो राष्ट्रिय गौरवको आयोजनामा निमित्त प्रमुखबाट काम गराउन नहुने भन्दै तुरुन्तै प्रमुख नियुक्त गर्न मन्त्रालयलाई सुझाव दिए । 

 


प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  ११:४१
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
बागमती प्रदेश सरकारद्वारा छ महिनामा  १७ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन
बागमती प्रदेश सरकारद्वारा छ महिनामा  १७ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन सोमबार, माघ ५, २०८२
मेची भन्सारबाट छ महिनामा रु. सात अर्ब १९ करोडको अलैँची निर्यात
मेची भन्सारबाट छ महिनामा रु. सात अर्ब १९ करोडको अलैँची निर्यात सोमबार, माघ ५, २०८२
कर्णाली प्रदेशको पुँजीगत खर्च न्यून
कर्णाली प्रदेशको पुँजीगत खर्च न्यून आइतबार, माघ ४, २०८२
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती बिहीबार, माघ १, २०८२
बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३८, खर्च ३५ प्रतिशत
बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३८, खर्च ३५ प्रतिशत बिहीबार, माघ १, २०८२
चिसापानी बजारको सडक निर्माण तीव्र
चिसापानी बजारको सडक निर्माण तीव्र बिहीबार, माघ १, २०८२
बैंकहरूको औसत ब्याजदर माघमा घट्याे
बैंकहरूको औसत ब्याजदर माघमा घट्याे बुधबार, पुस ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP