Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #किम_जु
  • #किम_जोङ_उन
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #भेडाच्याङ्ग्रा
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #आईसीटी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • खलंगामा वितरण गरिएको खानेपानीमा इकोली जीवाणु फेला
खलंगामा वितरण गरिएको खानेपानीमा इकोली जीवाणु फेला
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार २०, २०८२

दार्चुला- दार्चुला सदरमुकाम खलङ्गामा वितरण गरिएको खानेपानीमा मानव स्वास्थ्यका लागि घातक हुने इकोली जीवाणु पाइएको छ । स्वास्थ्य कार्यालय दार्चुलाले गरेको परीक्षणमा पाँच स्थानबाट सङ्कलन गरिएको नमूनामध्ये चार स्थानको पानीमा इकोली जीवाणु फेला परेको हो ।

स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख वीरेन्द्रप्रसाद भट्टका अनुसार दूषित पानीकै कारण पानीमा इकोली देखिएको पुष्टि भएको छ । पछिल्लो दुई सातादेखि धमिलो पानी आउने गुनासो बढेपछि मुहान अनुगमन र पानी परीक्षण गरिएको थियो ।

इकोली जीवाणु मानव वा जनावरको मलजन्य दूषित पानीमा पाइने गरेको भट्टको भनाइ छ । खलङ्गामा वितरण भइरहेको पानी महाकाली नगरपालिका–३ स्थित गारकुखोलाबाट ल्याइएको हो । एक महिनाअगाडि सोही खोलामा मरेको कुकुरको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । त्यही खोलाको पानी सिधै डुङ्गरीस्थित ट्ङ्याकी हालेर धारामा पठाइएको थियो । तर ट्ङ्याकीमा समेत क्लोरिन नराखिँदा पानी धमिलो र दूषित देखिएको हो । 

पानीको मूल स्रोत, प्रशोधन युनिट र उपभोक्ताको धारासम्मको पानीमा इकोली पाइएको स्वास्थ्य कार्यालय प्रमुख भट्टको भनाइ छ । पानी प्रयोग गर्दा उपभोक्ता सचेत हुनु आवश्यक रहेको उहाँले बताउनुभयो । पानीमा क्लोरिनको मात्रासमेत राष्ट्रिय खानेपानी गुणस्तर निगरानी निर्देशिका, २०७० र प्रथम संशोधन, २०७६ को मापदण्डअनुसार नभएको भन्दै नियमित रूपमा क्लोरिन मिसाएर मात्रै पानी वितरण गर्न खलङ्गा सहरी खानेपानी आयोजनालाई सुझाव दिइएको छ ।

Hardik health

प्रतिवेदनमा स्वास्थ्य कार्यालयले पानीको मुहान क्षेत्र वरिपरिको सरसफाइ, छेकबार, रेखदेख र वितरण पाइपहरूबाट अन्य दूषित पानी मिसिन नदिन नियमित अनुगमन र निगरानी गर्नुपर्ने सुझाव दिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए । स्वास्थ्य कार्यालयको प्रतिवेदनअनुसार महाकाली नगरपालिकामार्फत खलङ्गा सहरी खानेपानी आयोजनालाई पानीको गुणस्तर सुधार र सरसफाइमा ध्यान दिन भनिएको उनकाे भनाइ छ । साथै सरसफाइ सन्देश, उपभोक्तालाई कम्तीमा असार, साउन र भदौको महिनासम्म खानेपानी शुद्धीकरण तथा उमालेर खाने बानीको विकास गर्न सञ्चारमाध्यममार्फत सूचना सन्देश प्रसारण गर्न भनिएको छ ।

गुणस्तर परीक्षण
यही असार १५ गते प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बैठक डाकेर खानेपानीमा देखिएको समस्या समाधान गर्न स्थलगत अनगुमन गर्ने तथा पानीको ‘स्याम्पलिङ’ गर्न निर्देशन दिएका थिए  । 

यही असार १६ र १७ गते खानेपानी कार्यालय, उपभोक्ता समिति र स्वास्थ्य कार्यालयको टोलीले संयुक्त रूपमा स्थलगत निरीक्षण गर्दै पानीको नमूना सङ्कलन गरेको थियो । परीक्षणमा राष्ट्रिय खानेपानी गुणस्तर निगरानी निर्देशिका, २०७० (प्रथम संशोधन २०७६) अनुसार पानीको गुणस्तर नपुगेको उल्लेख गरिएको छ ।

खलङ्गाको महाकाली नगरपालिका–४ र ५ का करिब दुई हजार २०० घरधुरीमा गडाकु खोलाबाट ल्याइएको पानी वितरण भइरहेको छ । दूषित पानीका कारण स्वास्थ्यमा गम्भीर असर परेको भन्दै समाधान गर्न आग्रह गरिएको नागरिक समाज दार्चुलाका अध्यक्ष महेशराज भट्टले बताए । हामीहरुको निरन्तर खबरदारीको कारण पानीको गुणस्तर परीक्षण र मुहान क्षेत्रको अनुगमन भयो । यसले खलङ्गामा वितरण गरिएको पानी राम्रो नभएको पाएपछि अहिले सुधार भइरहेको छ । दार्चुलामा आव २०७७/७८ देखि सुरु गरिएको खलङ्गा सहरी खानेपानी तथा सरसफाइ आयोजनाको लागत रु २९ करोड रहेको छ । निर्माणको जिम्मा ग्वालेक निर्माण सेवाले लिएको भए पनि सम्झौताअनुसार डेढ वर्षमा नै सकिनुपर्ने आयोजनाको काम सकिएको छैन । 

 खलङ्गा सहरी खानेपानी आयोजनालाई निर्माण गरेर हस्तान्तरण गर्नुपर्नेमा अहिले निर्माण व्यवसायी नै सम्पर्कमा नरहेको खानेपानी उपभोक्ता समितिका सचिव खडकसिंह धामीले बताए । “गत वर्ष हामीले निर्माण गर्न बाँकी काम १५ बँुदामा लेखेर पठाएको थियौ,” उनले भने, “तर निर्माण व्यवसायी नै सम्पर्कमा आएका छैनन् । खानेपानी आयोजनाको महत्वपूर्ण कामहरु सम्पन्न भएको भए पनि सानातिना कामहरु बाँकी थिए ।” 

यसैगरी, निर्माण कम्पनीले प्रयोग गरेको झन्डै ४०० मिटर परिवर्तन गर्न सुझाव समितिले दिएको थियो । आयोजनाको पाइपहरुमा ‘सपोर्ट’ राख्नुपर्ने, लाइन खुला राख्न नहुने सुझाव कार्यान्वयन नगर्दा अहिलेसम्म हस्तान्तरण प्रक्रिया हुन नसकेको धामीको भनाइ छ ।एसियाली विकास बैङ्कको ७० प्रतिशत अनुदान, नगर विकास कोषको २५ प्रतिशत ऋण तथा बाँकी उपभोक्ताबाट उठाइएको रकमबाट आयोजना सञ्चालन गरिएको हो । आयोजनाअन्तर्गत डुङरीमा राखिएको फिल्टर प्रणालीले समेत प्रभावकारी रूपमा काम नगरेको गुनासो आएको छ । पानीमा कुकुर फालिएको भिडियो सार्वजनिक भएपछि स्थानीयवासी खलङ्गा नजिकैका मुहान पुगेर पानी ल्याउन बाध्य भएका छन् । बर्खायाम सुरु भएसँगै मुहानमा थप प्रदूषण हुन सक्ने भन्दै स्वास्थ्यकर्मीहरूले पानी उमालेर वा फिल्टर गरेर मात्रै पिउन आग्रह गरेका छन् ।


प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १२:२३
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु
जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु सोमबार, भदौ ३०, २०८२
भीमदत्त नगरपालिकामा प्रयोगशाला सञ्चालन
भीमदत्त नगरपालिकामा प्रयोगशाला सञ्चालन सोमबार, भदौ ३०, २०८२
स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट स्वास्थ्य मन्त्रालय सञ्चालन हुने
स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट स्वास्थ्य मन्त्रालय सञ्चालन हुने आइतबार, भदौ २९, २०८२
'डिमेन्सिया'ले अष्ट्रेलियाली समाजमा गहिरो असर पार्दै,   महिलामा बढी असर
'डिमेन्सिया'ले अष्ट्रेलियाली समाजमा गहिरो असर पार्दै,  महिलामा बढी असर शुक्रबार, भदौ २७, २०८२
स्टार अस्पतालका कर्मचारीहरूले अहिलेसम्म पाएनन् तलब
स्टार अस्पतालका कर्मचारीहरूले अहिलेसम्म पाएनन् तलब शुक्रबार, भदौ २७, २०८२
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दिए राजीनामा
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दिए राजीनामा मंगलबार, भदौ २४, २०८२
जापानीज इन्सेफ्लाइटिसबाट ३जनाकाे मृत्यु, ९ जनामा डेंगी संक्रमण पुष्टि
जापानीज इन्सेफ्लाइटिसबाट ३जनाकाे मृत्यु, ९ जनामा डेंगी संक्रमण पुष्टि सोमबार, भदौ २३, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP