Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
समाचार
  • Home
  • समाचार
  • खोरभित्र जीवनका खुसी खोज्दै पवन
खोरभित्र जीवनका खुसी खोज्दै पवन
सुशीला रेग्मी/रासस
सुशीला रेग्मी/रासस बुधबार, असार १८, २०८२

रामपुर - सडक छेउमा रहेको रुख नजिकै एउटा फलामे खोर बनाइएको छ । त्यही खोरभित्र थुनिएर जीवनका खुसी भेटाउने प्रयासमा छन्, बालक पवन कुमाल । पाल्पाको रामपुर नगरपालिका–६ स्थित तिलकपुर बस्ने ११ वर्षीय पवन करिब डेढ वर्षदेखि फलामको खोरमा जीवन बिताइरहेका छन्  । 

उनको यो उमेर विद्यालयमा गएर लेखपढ गर्ने, साथीभाइसँग रमाउँदै नयाँ कुरा सिक्ने र जान्ने हो । बोल्न नसक्ने तर कोही मान्छे देख्यो भने मुस्कुुराउँदै हातले इशारा गरेर आफूतिर बोलाउँदै गरेको कारुणिक दृश्य देख्ने जो सुकैलाई पीडादायी बनाएको हुन्छ । नजिक कोही व्यक्ति आउन चाहेन भने आफ्नै इशारामा (नबुझिने आवाज) आफूतिर आउन उनी आग्रह गर्छन्। पवनलाई खोरभित्र थुनिएर बस्न मन छैन तर, शारीरिक तथा मानसिक अस्वस्थताका कारण बाध्यताले खोरमै बस्नु परेको छ । 

बोल्न नसक्ने, राम्ररी हिँड्डुल गर्न नसक्ने पवन खोरबाट बाहिर निस्कन पाउँदा औधी खुसी हुन्छन् । पवनलाई गाउँघर वरपर हिँड्डुल गर्ने, खेल्ने रहर नभएको भने होइन । खोर बाहिरको संसारमा स्वतःफूर्त रमाउन पाउँदा पवनको अनुहारमा छुट्टै खुसीका चमक झल्कन्छन् । शारीरिक तथा मानसिक अवस्था कमजोर भएका कारण जीवनको खुसी फलामे खोरमा सिमित बनेको छ । 

सडक छेउमा रुखमा राखिएको फलामे खोरभित्र नै उनको खुसी लुटिएको छ । शारीरिक तथा मानसिक रुपमा अशक्त हुँदा यत्तिकै घरमै राख्न सकिने अवस्था नभएपछि बाध्यताले फलामको खोर बनाएर थुनिनु परेको पवनकी आमा पुर्नामाया कुमालले बताउछिन् ।

Hardik health

“घरायसी कामकाज केही गर्न पाइँदैन, छोरालाई मात्रै हेरेर भएन, बिहान साँझ खानलाई काम गर्नुपर्छ, यसो आँखा छल्यो कि सडकतिर, गाउँतिर निस्कने भएकाले सडक छेउमा घर हुँदा गाडीबाट जोगाउन मुस्किल भएपछि सुरक्षाको लागि फलामको खोर बनाएर राखेको हुँ”, उनले भनिन्, “आफूले जन्माएको छोरालाई खोरमा थुनेर राख्ने रहर कसलाई पो होला र ? बाध्यता परेपछि जे पनि गर्नुपर्ने रहेछ ।”
 
खोरमा थुनिएर बस्नु पवनको बाध्यता बनेको छ । प्रचण्ड गर्मी मौसम फलामको तातोपनासँगै जीवनका खुसीका रङ त्यही लुटिन पुगेका छन् । फलामे खोरमाथि जस्ताको पाता, त्यो पनि सामान्य काठले च्यापेर ओत लाग्ने अवस्थाको बनाइएको छ । ठूलो पानी, हावाहुरी आउँदा, चर्को घाममा बस्न सक्ने स्थिति छैन । हावाहुरी आउँदा जस्तापाता नै उडाएर लैजाने डर छ । 

उनी जन्मजात नै सो समस्याबाट गुज्रिदै आएकी छन् । फलामे खोरभित्रबाटै बाटो हिँड्ने बटुवा तथा यात्रीलाई इशारा गर्दै पवनले बोलाउछन्  । उनलाई बोल्न नआए पनि हसिँलो मुहारमा हातले इशारा गर्दै बोलाएको यो दृश्यले सबैलाई भावविह्वल बनाउँछ । उनी खोरभित्र थुनिएर पनि हरेक समय खुसी हुने उपाय खोजिरहेका  छन् । 

परिवारले छोराको उपचारका लागि विभिन्न अस्पतालमा नपुर्याएको भने होइन । परिवारको अवस्थाअनुसार पवनको उपचारमा सक्दो सहयोग भइरहेको छ । छोराको लालनपालन र उपचार खर्च जुटाउन बुबा कृष्णबहादुर विगत आठ वर्षदेखि वैदेशिक रोजगारीमा छन्। जग्गा जमिन केही छैन, जीवन धान्न गाउँमा छिमेकीको खेती किसानी गरेर जीविकोपार्जन गर्दै आएको पुर्नामायाले बताइन् । 

पुर्नामायाका जुम्ल्याहा छोरामध्ये पवन जेठो छोरा हो । कान्छो छोरा पविनको अवस्था भने राम्रो छ । आफूले एकै पटक जन्माएका दुई सन्तानमध्ये एकले कक्षा ६ मा पढ्ने अर्को फलामको खोरमा थुनेर राख्नुपर्दा उनको मन खिन्न छ । बेहोसी अवस्थामा लथालिङ्ग तरिकाले यत्रतत्र हिँड्न थालेपछि भैपरी आउने दुर्घटनाबाट जोगाउन रु २० हजारको लागतमा फलामको खोर बनाएर राख्न थालेपछि ढुक्कले घरायसी कामकाज गर्न पाइएको पुर्नामायाले बताइन् । 

“छोरालाई फलामे खोरमा राखेको देख्दा केही व्यक्तिले गाली गर्नुहुन्छ, परिवारको आर्थिक अवस्था कमजोर छ, छोरालाई मात्रै हेरेर बस्न भ्याइँदैन, खेतीबाली लगाउने, स्याहार्ने काम गर्नुपर्यो, घरमा अभिभावक म मात्रै हुँ, देख्नेलाई भन्दा भोग्नेलाई पीडा के हो भन्ने थाहा हुन्छ, काम भएका बखत खोरमा राख्ने हो, काम नहुँदा बाहिर निकालेर रेखदेख गर्ने गरेको छु, साँझ खाना खुवाएर साथमै सुताउने गरेको छ”, उनले आफ्नो दुखेसो सुनाइन्  ।
 
पवनलाई एक वर्षको हुँदा काभ्रेपलाञ्चोकको बनेपास्थित अपाङ्गतासम्बन्धी उपचार गर्ने अस्पतालमा खुट्टाको उपचार गरिएको उनको भनाइ छ । उपचारपश्चात् खुट्टामा केही सुधार आए पनि शल्यक्रिया गर्न नपाउँदै एक्कासि मुटुमा समस्या देखिएपछि सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा रामपुर नगरपालिकाको सहयोगमा मुटुको शल्यक्रिया गरेको उनले जानकारी दिइन्  । 

मस्तिष्कको शल्यक्रिया गर्न चिकित्कले भने पनि आर्थिक अवस्था नाजुक हुँदा गर्न नसकिएको पुर्नामायाले बताइन्  । बालक पवनले मस्तिष्क, दुईवटै खुट्टाको पैताला, बोल्न नसक्ने जस्ता विभिन्न समस्या झेल्दै आएकी छन् । छोराको अवस्थाले परिवार चिन्तामा परेको छ । कतैबाट आर्थिक सहयोग जुटेमा छोराको मस्तिष्कको शल्यक्रिया गर्ने इच्छा रहेको परिवारको भनाइ छ । 

img


प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १६:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम शुक्रबार, साउन २९, २०८३
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल शुक्रबार, साउन २९, २०८३
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन शुक्रबार, साउन २९, २०८३
लागुऔषधसहित एघार जना पक्राउ
लागुऔषधसहित एघार जना पक्राउ शुक्रबार, साउन २९, २०८३
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त शुक्रबार, साउन २९, २०८३
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP