Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #वरिष्ठ बलराम
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #कार्तिक_नाच
  • #जेनजी_आन्दोलन
  • #छठ
  • #‘जेरी अन टप’
  • #नेपाली कांग्रेसका
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • ‘फिल्ड इपिडिमियोलोजी’सम्बन्धी प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न
‘फिल्ड इपिडिमियोलोजी’सम्बन्धी प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार १७, २०८२


पाटन- सात बुँदे घोषणापत्र जारी गर्दै ‘फिल्ड इपिडिमियोलोजी’सम्बन्धी प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।‘सबल स्वास्थ्यका लागि एकताः फिल्ड इपिडिमियोलोजी, निगरानी र नीतिगत निर्देशन’ भन्ने नाराका साथ विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले आइतबारदेखि ललितपुरमा भएको दुईदिने सम्मेलन सात बुँदे घोषणापत्र जारी गर्दै सोमबार सम्पन्न भएको हो ।

घोषणापत्रको पहिलो बुँदामा समयमै रोगको पहिचान, अनुसन्धान र प्रतिकार्यका लागि स्वास्थ्य जनशक्तिको क्षमता अभिवृद्धि गर्न स्वास्थ्य प्रणालीमा फिल्ड इपिडेमियोलोजीलाई संस्थागत गर्ने विषयलाई समेटिएको आयोजकले जनाएको छ ।सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत फिल्ड इपिडेमियोलोजी जनशक्तिलाई अपरिहार्य जनशक्तिका रूपमा पहिचान दिलाउन पैरवी गर्ने, फिल्ड इपिडिमियोलोजी सीपको प्रभावकारी उपयोग सुनिश्चित गर्दै रोग निगरानी, प्रकोप प्रतिकार्य र नीतिगत व्यवस्था गर्न प्रयोग गर्ने, महामारीको प्रभावकारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि फिल्ड इपिडिमियोलोजी जनशक्ति परिचालन गर्ने र प्रत्येक अनुसन्धान तथा प्रतिवेदनलाई राष्ट्रिय मञ्चमा जानकारी गर्ने, निगरानी प्रणालीबाट प्राप्त तथ्याङ्क र फिल्ड अनुसन्धानका निष्कर्षलाई कार्यान्वयनयोग्य नीति र कार्यक्रम निर्माणमा रूपान्तरण गरी तथ्यमा आधारित निर्णय प्रक्रियाको प्रवर्द्धन गर्ने कुरालाई घोषणापत्रमा समावेश गरिएको छ ।

त्यस्तै, अनुभव आदानप्रदान र ज्ञान साझेदारी कार्यक्रममार्फत फिल्ड इपिडिमियोलोजी जनशक्ति तथा सरोकार भएका निकायबीच सहकार्य, सिकाइ र समन्वय प्रवर्द्धन गर्ने र स्वास्थ्य क्षेत्रका पेसागत र साझेदारबीच अनुभव, निरन्तर सिकाइ, सहकार्य, तथा रणनीतिक संवादलाई प्रवर्द्धन गर्न हरेक दुई वर्षमा फिल्ड इपिडिमियोलोजीको राष्ट्रिय सम्मेलन आयोजना गर्ने विषयलाई घोषणापत्रमा उल्लेख गरिएको छ ।

Hardik health

सम्मेलनका सहभागीले घोषणापत्रलाई साझा दृष्टिकोण, सुदृढ, उत्तरदायी र तथ्यमा आधारित स्वास्थ्य प्रणाली निर्माणप्रति दृढ प्रतिबद्धताको अभिव्यक्तिस्वरूप अनुमोदन गरेका छन् । आइतबार सम्मेलनको उद्घाटन सत्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले फिल्ड इपिडिमियोलोजिस्टले रोग नियन्त्रणमा ठूलो भूमिका पुर्‍याउने बताएका थिए ।


प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  ०९:५७
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
जुम्लामा एक लाख नागरिकले गरे स्वास्थ्य बीमा
जुम्लामा एक लाख नागरिकले गरे स्वास्थ्य बीमा सोमबार, कात्तिक १०, २०८२
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु सोमबार, कात्तिक ३, २०८२
स्वास्थ्य सेवा विभागमा भ्रष्टाचार
स्वास्थ्य सेवा विभागमा भ्रष्टाचार सोमबार, कात्तिक ३, २०८२
नर्सिङ स्वास्थ्यकर्मीहरूको माग सम्बोधन गर्न १४ सदस्यीय समिति गठन
नर्सिङ स्वास्थ्यकर्मीहरूको माग सम्बोधन गर्न १४ सदस्यीय समिति गठन आइतबार, कात्तिक २, २०८२
सिटिजन्स् बैंक र काठमाडाैं मेडिकल कलेजबीच  समझदारी
सिटिजन्स् बैंक र काठमाडाैं मेडिकल कलेजबीच समझदारी शुक्रबार, असोज ३१, २०८२
एक सय जनामा क्षयरोग सङ्क्रमण
एक सय जनामा क्षयरोग सङ्क्रमण शुक्रबार, असोज ३१, २०८२
आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन बिहीबार, असोज ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड
एन आई सी एशिया बैंकको सम्पत्ति लिलाममा
एन आई सी एशिया बैंकको सम्पत्ति लिलाममा
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP