Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #नेता झलनाथ खनाल
  • #मेची_राजमार्ग
  • #गाईपालन
  • #विश्व दृष्टि दिवस
  • #इजिप्टमा सडक दुर्घटना
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • स्वास्थ्य सेवा र शिक्षा निःशुल्क गर्नुपर्छः डा सुनीलकुमार शर्मा
स्वास्थ्य सेवा र शिक्षा निःशुल्क गर्नुपर्छः डा सुनीलकुमार शर्मा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार ८, २०८२

नेपाली कांग्रेसका नेता डा सुनीलकुमार शर्मा मोरङ निर्वाचन क्षेत्र नं ३ बाट अहिले प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहेका छन्  । झापाको दमकस्थित दुम्सेमा विसं २०३४ पुस २२ गते जन्मिनुभएका उहाँ लामो समयदेखि असहाय, विपन्न नागरिकको निःशुल्क उपचार गर्दै आएका छन्  ।

सांसद शर्मासँग राससका समाचारदाता सुशील दर्नालले संसदीय अभ्यास, संविधान कार्यान्वयन र संशोधन, स्वास्थ्य तथा शिक्षा क्षेत्र, आर्थिक विकासलगायत समसामयिक विषयमा गरेकाे अन्तर्वार्ताको सम्पादित अंशः

तपाईंको दैनिकी कसरी बितिरहेको छ ? 
    
संसद्को गतिविधि र काममा संलग्न रहनुका साथै जनताका गुनासा सुन्ने र समस्या समाधानमा लाग्ने प्रयास गरिरहेको हुन्छु । पार्टीको कामलाई पनि समय दिइरहेको छु । साथसाथै आफ्नो निर्वाचन क्षेत्र र देशका विभिन्न भेगमा समय मिलाएर जाने र जनतामा समस्या बुझेर संसद्मा प्रस्तुत गर्छु । बुद्ध दर्शन र हिमालयनसम्बन्धी अध्ययनमा पनि व्यस्त छु । 
 
प्रतिनिधिसभाको अहिलेसम्मको अनुभव कस्तो रह्यो ?

सदन मैले अपेक्षा गरेकोभन्दा फरक रहेछ । सदनलाई जनताको सर्वोच्च थलो भनेर मानिन्छ, तर यहाँ जनताभन्दा पनि नेता केन्द्रित पाएको छु । पार्टीका सीमित नेताको पक्ष र विपक्ष भएर सांसद उभिने गरेको धेरै पाएँ । त्यो हेर्दा सदन केही नेताको कब्जामा छ कि जस्तो लाग्छ । आमनागरिकप्रति उत्तरदायित्व पूर्ण भूमिका निर्वाह भएको नपाएपछि सोचेजस्तो प्रभावकारी र जनताले अनुभव गर्न सक्नेगरी काम भएको छैन । आफ्ना विचार राख्न पनि सहजै समय नपाइने अवस्था छ । सबै जनता केन्द्रित हुने भए धेरै काम हुन सक्छ ।

Hardik health

संसदीय अभ्यासलाई कसरी विश्लेषण गर्नुभएको छ ?
    
संसदीय अभ्यासको प्रक्रिया आफैँमा नराम्रो छैन । संसारका कतिपय मुलुक संसदीय व्यवस्थाको अभ्यासका आधारमा विकास गरिरहेका छन् । तर, यहाँ समस्या छ । यसमा प्रणालीभन्दा पात्रको समस्या जस्तो लाग्छ । जबसम्म यी पात्रको मानसिकतामा परिवर्तन हुँदैन, प्रणालीले मात्र आफैँ निकास दिन्छ भन्ने लाग्दैन । म आशावादी छु, एकदिन पात्रको मानसिकता वा पात्र फेरिने छन् । समय लाग्न सक्छ तर हाम्रो संसदीय अभ्यास पनि जनता केन्द्रित हुनेछ ।

संविधान कार्यान्वयनको अवस्था के छ ?

संविधान जारी भएर कार्यान्वयनमा गएको पनि एकदशक पुग्न लागेको छ । तर दूरदराजका जनताको जीवनस्तरमा परिवर्तन हुन सकेको छैन । गत वर्ष विभिन्न जिल्लाका गाउँगाउँ पुगेको थिएँ । कर्णालीका गाउँदेखि मधेसका भित्री बस्तीसम्म पुगेको छु । त्यहाँ पुग्दा आमजनतालाई राज्य छ भन्ने आभास नै भएको छैन । काठमाडौँका सडकमा मकै पोल्ने, कर्णाली र मेची खोलामा गिट्टी फोड्ने नागरिकको जीवनस्तर वर्षौंदेखि उस्तै छ ।

तीन तहका सरकार भएर के गर्ने ? जब आमनागरिकले त्यो महसुस गर्दैनन् भने यहाँबाट पनि स्पष्ट हुन्छ, संविधान प्रभावकारी कार्यान्वयन भएको छैन ।  संविधानमा नागरिकलाई स्वास्थ्य, शिक्षाको पहँुचलाई मौलिक अधिकारका रूपमा व्याख्या गरिएको छ, तर संविधान भुँइ मान्छेसम्म पुग्न सकेको छैन । स्वास्थ्य बिमा कार्यक्रम पनि असहाय, विपन्न वर्गको पहुँ बाहिर छ । एक सयजना जनतालाई तीन तहका सरकार र कार्यान्वयनको अवस्थाबारे धारणा सोध्नुहोस्, उत्तर पाइहाल्नुहुन्छ, संविधान कार्यान्वनको अनस्थाका बारेमा ।

संविधान संशोधन आवश्यक छ कि छैन ?

देश सबै नेपाली नागरिकको हो । संविधान मान्ने र नमान्ने दुवैको हो । तर, आजको दिनमा संविधानबारे सदन, सडक, सामाजिक सञ्जाल, पत्रपत्रिका, चियापसल सबै तिर प्रश्न उठेको छ । सङ्घीयता, धर्म निरपक्षेता र गणतन्त्रले दिएको मौलिकताका विषयमा राज्यसँग जवाफ छैन । जबसम्म आमनागरिकले संविधानमा भरोसा गर्दैनन्, त्यो केबल किताबमात्र हुनेछ । त्यसैले नागरिकलाई भरोसा दिनसक्ने र सबै जनताका माग सम्बोधन हुने विषयमा संविधान संशोधन गर्न हिच्किचाउनु हुँदैन । संविधान अकाट्य विषय पनि होइन, समयसापेक्ष रूपमा परिवर्तन र संशोधन गर्दै जाँदा उचित हुन्छ । 

सुशासनका लागि सरकारलाई तपार्इंको सुझाव के छ ?

सुशासन सैदान्तिक मात्र नभई व्यावहारिक र नैतिक विषय हो । जुनसुकै व्यवस्थामा पनि कागजातमा लेखेर सुशासन कायम हुँदैन । जब व्यवहारमा जान्छ, शासन सही तरिकाले कार्यान्वयन हुन्छ तब सुशासन कायम हुन्छ । जनताले सहज रूपमा सार्वजनिक सूचना र सेवाको पहुँच विस्तार हुँदै गएका सुशासन महसुस गर्न सकिन्छ । यो व्यावहारिक विषय भएकाले सकारात्मक अभ्यास अनुसरण गर्दै जानुपर्छ । अनुसरण गर्ने कार्य नेतृत्वदेखि सुरु हुन्छ, चाहे त्यो राजनीतिक होस् वा कर्मचारीतन्त्रको नेतृत्व । जबसम्म त्यो बदलिँदैन सुशासन कायम हुँदैन । जस्तोः इरानमा मदिरा प्रतिबन्ध छ, मदिरा सेवन वा बेच्नेलाई मृत्युदण्डको सजाय छ । तर बिक्री र सेवन भइरहेको छ । त्यहाँ कोही बोल्दैनन् । काजतमा शासन छ त । 

सङ्घीयतालाई सुदृढ बनाउन के गर्नुपर्ला ?
    
संविधानले तीन तहका सरकारका क्षेत्राधिकारकाबारे व्याख्या गरेको छ । तर जनताले सरकार भेटाउन सकिरहेका छैनन् । यसरी कहिलेसम्म होला ? हामीले जनप्रतिनिधिको सङ्ख्या घटाउनुपर्छ र जनता केन्द्रीय सरकार स्थापनामा जोड दिनुपर्छ । त्यसका लागि सङ्घीयतालाई पुनःविचार जरुरी छ ।

देशलाई आत्मनिर्भर बनाउन के गर्नुपर्ला ?

मुलुकलाई आर्थिक रूपमा सम्पन्न बनाउने भनेको स्थानीय स्रोतसाधनको प्रयोग बढाउने हो । प्राकृतिक तथा मानवसंशाधनका साथै वा प्राविधिक स्रोतको उचित व्यवस्थापन, प्रयोग र सी विकासमा जोड दिनसके स्वरोजगारका अवसर सृजना हुँदै जानेछन् । हाम्रोमा सबै स्रोतलाई परिचालन गर्ने सन्दर्भमा समस्या देखिन्छ । मानव स्रोत (दक्ष, अर्धदक्ष र अदक्ष भएका) सबै स्रोतलाई विदेश पठाइरहेका छौँ । दक्ष जनशक्ति उत्पादनमा ‘सिन्डिकेट’ छ । प्राकृतिक स्रोतको दोहन भइरहेको छ । यसरी मुलुक कसरी बन्छ ?

युवालाई विदेश पलायन हुनबाट रोक्न के गर्नुपर्ला ?

स्वदेशमा सम्भावनाका ढोका बन्द गरेर युवालाई विदेश जानबाट रोक्न सकिँदैन । यहाँ पढ्छु, केही गर्छु भन्नेलाई उचित वातावरण बनाएर अवसर दिनुपर्छ । विज्ञान, प्रविधि कहाँ पुगिसक्यो । विकास, उद्यमशीलताका क्षेत्रमा हरेक दिन नयाँनयाँ विकास भइरहेका छन् । केही स्वार्थ समूहले बनाएको ‘सिन्डिकेट’भित्र बसेर समाधान खोज्नुभन्दा सिन्डिकेटको जालो सबै मिलेर तोड्नुपर्छ । हामीले बलियो अर्थतन्त्र र रोजगारी सिर्जना गर्नेतर्फ स्रोतसाधन परिचालन गर्नुपर्छ । 

तपाईंले निर्वाचनको समयमा जनतासमक्ष राख्नुभएको प्रतिबद्धता कति पूरा गर्नुभयो ?

जनताका चाहना महत्वाकाङ्क्षी भए पनि स्वास्थ, खानेपानी, शिक्षा, सडक, पुललगायत अत्यावश्यक पूर्वाधार निर्माण भइरहेका छन् । मेरो निर्वाचन क्षेत्रमा सुकुम्बासीको अव्यवस्थित बसोबास छ । यो विषयलाई मैले सदनदेखि सम्बन्धित नियाकसम्म उठाउँदै आएको छु । अहिले यो मेरो कार्यकालमा जग्गा धनीपूर्जा दिन सकिन्छ भनेर लागिरहेको छु । 
   
स्वास्थ्य क्षेत्रमा सुधार गर्न सरकारलाई तपाईंको सुझाव के छ ?

 सरकारले गर्न चाहने हो भने स्वास्थ्य क्षेत्रमा उल्ल्ेख्य सुधार गर्ने ठाउँहरू छन् । स्वास्थ्य क्षेत्र सुधारका लागि मैले प्रतिनिधिसभामा नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा र बिमासम्बन्धी सार्वजनिक महत्त्वको प्रतिवेदन पेस गरेको थिएँ । संविधानले पनि स्वास्थ्यलाई मौलिक हक दिएको छ, प्रभावकारी कार्यान्वयनमा सबैले सहकार्य गर्दै जानुपर्छ । 

जनताको आर्थिक, शैक्षिक अवस्था सुधार्न के गर्न सकिन्छ ?

जनताको अवस्था सुधार्नका लागि दुई वटा मूलभूत विषय छन् । पहिलो शिक्षा र अर्को रोजगारी । जबसम्म देशमा शिक्षा र रोजगारीको वातवरण हुँदैन, तबसम्म हालको अवस्थाभन्दा जनताको जीवनस्तर सुधार हुँदैन । 

आमजनतालाई तपाईंको सन्देश के छ ?
    
म जनताबाट चुनिएर आएको प्रतिनिधि हुँ । मैले जनता र देशका लागि काम गर्छु भनेर शपथ खाएको छु । त्यसैले म निर्वाचित भएर संसद्मा शपथ खाएर प्रवेश गरेपछि सांसदका रूपमा लिने सबै सेवासुविधा राज्यलाई फिर्ता गरेको छु । अहिलेसम्म केही लिएको छैन । नेपालको सङ्घीय सांसदका रूपमा मुलुकमा विद्यमान बेतिथि, भ्रष्टाचार र अन्यायविरुद्ध निरन्तर आवाज उठाइरहेको छु र उठाइरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु । जनताको पनि पूर्णसाथ र समर्थनको आशा राख्दछु । 

 


प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १३:१९
प्रतिक्रिया दिनुहोस्
थप अन्तर्वार्ता
स्वास्थ्य मन्त्रालयले जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्ने
स्वास्थ्य मन्त्रालयले जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्ने सोमबार, असोज २७, २०८२
नर्सिङको तलब सरकारी सरह दिन निर्देशन
नर्सिङको तलब सरकारी सरह दिन निर्देशन सोमबार, असोज २७, २०८२
वीर अस्पतालमा ‘एनोरिज्य’को जटिल शल्यक्रिया गरियो
वीर अस्पतालमा ‘एनोरिज्य’को जटिल शल्यक्रिया गरियो आइतबार, असोज २६, २०८२
जापनिज इन्सेफ्लाइटिस सङ्क्रमण बढ्दै, देशभर ३१ जनाको मृत्यु
जापनिज इन्सेफ्लाइटिस सङ्क्रमण बढ्दै, देशभर ३१ जनाको मृत्यु शुक्रबार, असोज २४, २०८२
आज विश्व मानसिक स्वास्थ्य दिवस
आज विश्व मानसिक स्वास्थ्य दिवस शुक्रबार, असोज २४, २०८२
‘सुरक्षाकर्मीको आँखा सुरक्षित हुँदा नागरिकको पनि सुरक्षा हुन्छ’
‘सुरक्षाकर्मीको आँखा सुरक्षित हुँदा नागरिकको पनि सुरक्षा हुन्छ’ बिहीबार, असोज २३, २०८२
पर्सा र बारामा हैजाविरुद्धको खोप दिइने
पर्सा र बारामा हैजाविरुद्धको खोप दिइने बिहीबार, असोज २३, २०८२
लोकप्रिय
  • Week
  • Month
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP