Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
समाचार
  • Home
  • समाचार
  • उपल्लो मुस्ताङमा सेटलाइट कृषि फार्म हुँदै
उपल्लो मुस्ताङमा सेटलाइट कृषि फार्म हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार ६, २०८२

मुस्ताङ- उपल्लो मुस्ताङको घमीमा शीतोष्ण बागवानी विकास केन्द्र मार्फामा सेटलाइट कृषि फार्म स्थापना हुने भएको छ । मार्फामा उत्पादन हुने फलफूल तथा तरकारीलाई संरक्षण तथा प्रवर्द्धनका साथै स्थान्तरण गर्ने उद्देश्यले सेटलाइट फार्म स्थापना गर्न लागिएको हो । 

 सेटसाइट स्थापनाका लागि केन्द्रले जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुर्याएको उक्त कार्यालयका प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए। हालसम्म ८०१ रोपनी नेपाल सरकारका नाममा दर्ता भइसकेको र अब केही महिनाभित्र केन्द्रका नाममा लालपुर्जा प्राप्तिको प्रक्रिया टुङ्ग्याइने प्रमुख आत्रेयले बताए । 

पछिल्लो समय जलवायु परिवर्तनका कारण स्याउलगायत शीतोष्ण फलफूल तथा तरकारीमा असर परिरहेको उल्लेख गर्दै प्रमुख आत्रेयले त्यसका लागि सेटलाइट स्थापना आवश्यक भएको बताए । मुस्ताङको तल्लो क्षेत्रमा स्याउ, ओखर, आरु, आरु बखडा, खुर्पानी, कागजी बदाम, अङ्गुरलगायतको उत्पादन जलवायु परिवर्तनको असरका कारण कम हुन थालेको छ । 

उपल्लो मुस्ताङमा बागवानी केन्द्रको शाखा विस्तार भएमा उपल्लो मुस्ताङका किसानलाई ठूलो सहयोग पुग्ने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले बताए । “उपल्लो मुस्ताङका किसानलाई फलफूल तथा तरकारीको बीउ र बिरुवा ढुवानी गर्न समस्या छ, ढुवानी खर्च पनि महँगो हुँदै गएको छ”, अध्यक्ष विष्टले भने, “माथि नै बागवानीका शाखा स्थापना भएपछि उपल्लो भेगका किसानले सजिलै बिरुवा पाउनसक्ने अवस्था हुन्छ ।”

Hardik health

जग्गा प्राप्तिको प्रक्रिया पूरा हुने भएलगत्तै कार्यालय स्थापना र फार्म विस्तारको प्रक्रिया अघि बढाइने बागवानी विकास केन्द्रले जनाएको छ । उपल्लो मुस्ताङको घमीमा फार्मका लागि तीन वटा कित्ता रहेको र त्यहाँ विभिन्न फलफूल तथा तरकारीका बीउ तथा बिरुवा उत्पादन गर्न विभिन्न ब्लकहरु निर्माण गरिने जनाइएको छ । 

बागवानी विकास केन्द्र मार्फाले बर्सेनि किसानलाई पुस र माघमा स्याउलगायतका फलफूलका बिरुवा वितरण गर्ने गर्छ । तर त्यस समय उपल्लो मुस्ताङका किसान जाडो छल्न बेँसी झर्ने भएकाले त्यहाँ चैत र वैशाख महिनामा मात्रै स्याउका बिरुवा रोपण गर्ने गरिन्छ । उक्त समस्यालाई समाधान गर्न पनि उपल्लो मुस्ताङमा स्थापना हुने सेटलाइट फार्मले योगदान पु¥याउने बागवानी विकास केन्द्रको भनाइ छ ।

करिब तीन दशकअघि मुस्ताङको थासाङ गाउँपालिकाको घाँसा, लेते र कुञ्जो क्षेत्रमा राम्रो स्याउ उत्पादन हुन्थ्यो । तर अहिले जलवायु परिवर्तनका कारण उक्त स्थानमा स्याउखेती राम्रो हुँदैन । जलवायु परिवर्तन र बढ्दो तापमानका कारण उक्त स्थानमा स्याउको सट्टामा समशीतोष्ण हावापानीमा हुने किबीफलको उत्पादन हुन थालेको छ । 

मुस्ताङको मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र विसं २०२३ मा स्थापना भएको हो । फार्म स्थापना भएपश्चात् मुस्ताङमा व्यावसायिक स्याउखेती प्रारम्भ भएको केन्द्रको भनाइ छ । मार्फाको बागवानी विकास केन्द्रले मुस्ताङका स्थानीय किसानलाई फलफूल तथा तरकारीको गुणस्तरीय बीउ र बिरुवा उत्पादन गरी बिक्री वितरण गर्ने गर्दछ ।

 हाल शीतोष्ण बागवानी विकास केन्द्र मार्फामा १७५ र घाँसामा २० रोपनी र जोमसोममा एक रोपनी जग्गा छ । केन्द्रले मार्फामा चार वटा ब्लकमा फलफूलको बिरुवा तथा तरकारीको बीउका साथसाथै ताजा फलफूल तथा तरकारी उत्पादन गर्दै आइरहेको छ । 


प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १७:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन सोमबार, जेठ ११, २०८३
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य बुधबार, जेठ ६, २०८३
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा आइतबार, जेठ ३, २०८३
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने शुक्रबार, जेठ १, २०८३
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग बुधबार, वैशाख ३०, २०८३
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य शनिबार, वैशाख २६, २०८३
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु बुधबार, वैशाख २३, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP