Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता
नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार २, २०८२

काठमाडौं - नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता रहेको पाइएको छ ।   स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा र एकीकृत विकास समाज नेपाल (सोलिड नेपाल) आज यहाँ आयोजना गरिएको कार्यक्रममा ‘यौन दुर्वलतासम्बन्धी राष्ट्रिय सर्वेक्षण–२०२४’ नतिजा सार्वजनिक गर्दै ३० वर्षभन्दा माथिका ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता रहेको पाइएको प्रमुख अनुसन्धानकर्ता डा खेमबहादुर कार्कीले जानकारी दिए  । 

विश्वमा करिब महिलामा ४९ प्रतिशत र पुरुषमा ४३ प्रतिशतले कुनै न कुनै प्रकारको यौन दुर्वलता रहेको तथ्याङ्क रहेको छ ।  नेपालमा पहिलोपटक गरिएको उक्त सर्वेक्षणका प्रमुख अनुसन्धानकर्ता डा कार्कीका अनुसार यौन दुर्वलता हुने ७२ प्रतिशत पुरुषमध्ये पाँच प्रतिशत वयस्क पुरुषको गम्भीर दुर्वलता र ३२ प्रतिशत पुरुषको सामान्य प्रकारको यौन दुर्वलता छ । 

उनले यौन दुर्वलता भएकामध्ये करिब ८४ प्रतिशत पुरुषहरूले सम्भोगबाट सन्तुष्टि प्राप्त गर्न नसकेको र ९२ प्रतिशत महिला तथा पुरुषमा यौन चाहना नै नहुने बताए।  “यौन दुर्वलता हुने महिलाहरूमा ९४ प्रतिशतमा यौन उत्तेजना नै नहुने हुन्छ भने ८६ प्रतिशतमा योनी सुक्खा हुने समस्या छ । करिब ६६ प्रतिशत महिलाहरूले यौन सम्पर्कको समयमा पीडा महसुस गर्छन्,” अध्ययनको प्रतिवेदनमा भनिएको छ । 

अध्ययनमा यौन दुर्वलता भएका ९० प्रतिशतभन्दा बढी व्यक्तिहरूमा यसको मुख्य कारण मनोवैज्ञानिक जस्तै तनाव, चिन्ता, नैराश्यता र कुनै दर्दनाक घटनाबाट उत्पन्न अवस्था रहेको प्रमुख अनुसन्धानकर्ता डा कार्कीले जानकारी दिए  ।  सर्वेक्षणका अनुसार महिला र पुरुष दुवैमा रहेको यौन दुर्वलताको स्तर सबैभन्दा धेरै मधेश प्रदेश ७३ प्रतिशत र त्यसपछि कर्णाली प्रदेशमा ७१ प्रतिशत छ । 

Hardik health

प्रमुख अनुसन्धानकर्ता डा कार्कीले मधेश र कर्णाली प्रदेशमा देखिएको यौन दुर्वलताले विकासको दृष्टिकोणले पछाडि परेका ठाउँमा यौन दुर्वलता पनि बढी हुन्छ भन्ने अनुमान गर्न सकिने बताए ।  यौनरोग विशेषज्ञसमेत रहनुभएका उहाँले यौन दुर्वलताको प्रमुख कारण मानसिक तनाव, व्यस्त जीवनशैली, श्रीमान्श्रीमती छुट्टिएर बस्नुपर्ने अवस्था, एकापसको द्वन्द्व, पारिवारिक कलह, काम र आरामको असन्तुलन रहेको बताए  । 

यस्तै, शारीरिक कारणहरूमा यौन अङ्गमा हुने सङ्क्रमण, श्रीमान् वा श्रीमतीमा भएको स्वास्थ्य समस्या प्रमुख रहेका छन् । यसैगरी, सर्वेक्षणले धेरै मोटोपन भएका व्यक्तिमा मोटोपन नभएको व्यक्तिहरूको दाँजोमा बढी यौन दुर्वलता देखिएको छ ।

यस्तै, यौन दुर्वलता मधुमेह, उच्चरक्तचाप भएका बिरामीमा पनि हुने गरेको उहाँले बताउनुभयो । अध्ययनले १८ वा १८ वर्षभन्दा कम उमेरमा विवाह गर्नेहरूमा यौन दुर्वलताको दर ६८ प्रतिशत र २५ वर्ष पूरा भएर विवाह गर्नेहरूको दर ६१ प्रतिशतभन्दा उच्च रहेको देखाएको छ । 

फलफूल र सागसब्जीसहितको स्वस्थकर खाना खानेमा ६५ प्रतिशत, फलफूल र सागसब्जी नखानेमा ६८ प्रतिशत यौन दुर्वलताको रहेको छ ।  प्रमुख अनुसन्धानकर्ता डा कार्कीका अनुसार व्यक्तिले हरेक दिन कम्तीमा ४०० ग्राम हरियो सागसब्जी तथा फलफूल खाने मानिसमा यौन दुर्वलता दर कम रहेको पाइएको बताए । 

यस्तै, अध्ययन प्रतिवेदनमा सुर्ती सेवन वा मदिराजन्य पदार्थको सेवनले पनि यौन दुर्वलता बढाएको उल्लेख गरिएको छ । लामो समय सुर्ती सेवन गरेर छाडेकामा ८० प्रतिशतमा यौन दुर्वलता देखिएको छ ।   त्यसैगरी, मदिरा सेवन गर्नेहरूमा ६९ प्रतिशत र नगर्नेहरूमा ५९ प्रतिशत यौन दुर्वलता रहेको पाइएको छ । सोलिड नेपालले नेपालका सातवटै प्रदेशका ३४ वटा जिल्लाका तीन हजार ३८२ जना विवाहित महिला र पुरुषमा गत असारदेखि पुस महिनासम्म सर्वेक्षण गरिएको थियो । 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी विच्छाले यौन दुर्वलतासम्बन्धी अध्ययन निकै जटिल रहेको भन्दै अध्ययनले नेपालको यौन दुर्वलताको अवस्थाको उजागर गरेको बताए । “अध्ययनमा यौन दुर्वलता मुलुककै समस्याका रुपमा देखिएको पाइयो,” उनले भने, “अब आयोगले पनि यौन दुर्वलता घटाउने खालका कार्यक्रमसम्बन्धी नीति बनाउनेछ ।” कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, चिकित्सा अध्ययन संस्थानका डिन डा मोहनराज शर्माले पहिलोपटक गरिएको यौन दुर्वलतासम्बन्धी अध्ययनबाट नेपालको स्वास्थ्य सेवालाई नै चुनौती थपेको बताए ।

उनले यौन दुर्वलता घटाउने कार्यक्रम सरकारले सञ्चालन गर्नुपर्ने बताए । कार्यक्रममा स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशन डा विवेककुमार लालले यौन दुर्वलताले प्रजनन स्वास्थ्य र मानसिक स्वास्थ्यमा पनि असर गर्ने भएकाले देखाउने भन्दै यौन दुर्वलतासम्बन्धी कार्यक्रमलाई आफूहरुले समावेश गर्ने बताए ।प्रमुख अनुसन्धानकर्ता डा कार्कीले आमा समूह, उपभोक्ता समूह, स्वास्थ्य समूहको नियमित कार्यक्रममा यौन दुर्वलता रोकथाम र नियन्त्रणसहितको जिम्मेवार स्वस्थ यौन व्यवहारका बारेमा छलफल चलाउन जरुरी रहेको बताए ।  यस्तै, सेवाग्राहीको सहज पहुँच सुनिश्चित हुनेगरी अस्पतालहरू र स्वास्थ्य सेवा प्रदायक संस्थामा यौन स्वास्थ्यसम्बन्धी बहु–विशेषज्ञ सेवा क्लिनिक तथा मनोविमर्श केन्द्रको स्थापना गर्नुपर्ने उनले बताए । 


प्रकाशित मिति: सोमबार, असार २, २०८२  १३:४६
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै शुक्रबार, कात्तिक २१, २०८२
आँखा शिविरबाट २४२ जना लाभान्वित
आँखा शिविरबाट २४२ जना लाभान्वित शुक्रबार, कात्तिक २१, २०८२
स्वास्थ्य बीमा सेवा ‘प्रणाली’मा प्राविधिक समस्या
स्वास्थ्य बीमा सेवा ‘प्रणाली’मा प्राविधिक समस्या बिहीबार, कात्तिक २०, २०८२
नर्सको सेवा सुविधा तोक्न गठित कार्यदललाई थप एक महिना समय
नर्सको सेवा सुविधा तोक्न गठित कार्यदललाई थप एक महिना समय बिहीबार, कात्तिक २०, २०८२
युर्वेदिक उपचारमा बिरामीको आकर्षण
युर्वेदिक उपचारमा बिरामीको आकर्षण बुधबार, कात्तिक १९, २०८२
स्वास्थ्यमन्त्री डा‍. शर्माद्वारा महाशाखा प्रमुख हेरफेर
स्वास्थ्यमन्त्री डा‍. शर्माद्वारा महाशाखा प्रमुख हेरफेर बुधबार, कात्तिक १९, २०८२
अझै रोकिएन असुरक्षित गर्भपतन : आफूखुसी औषधि नखाऔँ
अझै रोकिएन असुरक्षित गर्भपतन : आफूखुसी औषधि नखाऔँ सोमबार, कात्तिक १७, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP