Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
Search Here
कृषि
  • Home
  • कृषि
  • ताप्लेजुङमा चिराइतो उत्पादनमा वृद्धि
ताप्लेजुङमा चिराइतो उत्पादनमा वृद्धि
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ ३०, २०८२
File photo

फुङ्लिङ- ताप्लेजुङको मिक्वाखोला नगरपालिका–५ पापुङका तेन्जिङ शेर्पा पछिल्लो समय चिराइतो खेती गर्न थाल्नुभएको छ । जमिन बाँझो राख्नुभन्दा चिराइतो लगाउन उपयुक्त देखेरउनले यसको खेती विस्तार गर्नुभएको हो । शेर्पाले यस वर्ष ११ मन (४० किलोको एक मन) चिराइतो उत्पादन गरेर बिक्री गरे  ।उनले चिराइतो प्रति मन रु ४० हजारमा बिक्री गरे । 

त्यस्तै फक्ताङलुङ गाउँपालिका–६ का बुधिराज राई गाउँमै धेरै चिराइतो उत्पादन गर्ने किसानभित्र परे  । उनले मुख्यबालीका रुपमा चिराइतो खेती गर्दै आएका छन् । ताप्लेजुङमा पछिल्ला आर्थिक वर्षमा चिराइतो उत्पादनमा उल्लेख्य वृद्धि भएको छ । डिभिजन वन कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा तीन हजार दुई सय ८० किलो चिराइतो उत्पादन भएको थियो । यसबाट रु ४९ हजार राजस्व संकलन गरिएको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा चिराइतोको उत्पादन ६ हजार २० किलो भएको थियो । यसबाट रु एक लाख आठ हजार राजश्व संकलन भएको थियो । चालु आवको हालसम्मको तथ्यांक अनुसार पाँच हजार किलो चिराइतो उत्पादन भएको छ । यसबाट हालसम्म रु ७५ हजार राजस्व संकलन भएको वन अधिकृत परमेश्वर पाश्वानले जानकारी दिए  ।

Hardik health

वनमा पाइने औषधि वनस्पतिमध्ये चिराइतो विशेष महत्वको मानिन्छ । यसको प्रयोग विभिन्न औषधि निर्माणमा हुने भएकाले माग उच्च रहने गरेको छ । ताप्लेजुङका स्थानीय समुदायले वन पैदावार संकलन गरी वन नियम अनुसार बिक्री गर्दा राजस्व संकलन हुँदै आएको छ । नेपालमा कूल उत्पादनको ९० प्रतिशत चिराइतो विदेश निर्यात हुन्छ ।

यसमध्ये ८० प्रतिशत भारतमा मात्र निर्यात हुने गरेको छ । बाँकी २० प्रतिशत चीन, स्विडेन, हल्यान्ड, मलेसिया, सिङ्गापुर, जर्मनी, इटाली, फ्रान्स, स्विजरल्यान्ड, श्रीलंका, बङ्गलादेश, पाकिस्तान, अमेरिकालगायत देशमा निर्यात हुने वनस्पति विभागले जनाएको छ ।

चिराइतो एक पटक लगाएपछि बर्सेनि लगाउनु पर्दैन । पाकेको चिराइतोको फूल आफैँ झर्छ र त्यहीँ उम्रन्छ । पहिलो वर्ष काण्डवृद्धि नभइ त्यसबाट पात पलाएर मूलाजस्तो हुने, दोस्रो वर्ष जमिनमाथि काण्ड विकास भई हरेक आँख्लामा हाँगा र पात पलाएर आउनुका साथै यसमा फूल फुल्ने र बीउ लाग्ने गरेको छ ।


प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १४:२६
प्रतिक्रिया दिनुहोस्
थप कृषि
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट बिहीबार, असोज २, २०८२
उपभोक्ताको रुचिमा कर्णालीको स्याउ
उपभोक्ताको रुचिमा कर्णालीको स्याउ बुधबार, असोज १, २०८२
केरा आयात नगर्न अनुरोध
केरा आयात नगर्न अनुरोध बुधबार, असोज १, २०८२
दूग्ध उत्पादन किसानलाई अनुदान
दूग्ध उत्पादन किसानलाई अनुदान मंगलबार, भदौ ३१, २०८२
डोल्पा र जुम्लाका भेडाच्याङ्ग्रा मुस्ताङमा
डोल्पा र जुम्लाका भेडाच्याङ्ग्रा मुस्ताङमा आइतबार, भदौ २९, २०८२
ताप्लेजुङका किसान बँदेलबाट पीडित
ताप्लेजुङका किसान बँदेलबाट पीडित आइतबार, भदौ २९, २०८२
आम्दानीको स्रोत बन्दै अग्र्यानिक आलु
आम्दानीको स्रोत बन्दै अग्र्यानिक आलु शुक्रबार, भदौ २७, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP