Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
समाचार
  • Home
  • समाचार
  • किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ २७, २०८२

काठमाडौं- किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल नेपालकै पहिलो अन्तर्राष्ट्रिय रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने मान्यता प्राप्त मेडिकल कलेज तथा शिक्षण अस्पताल बनेको छ ।अन्तर्राष्ट्रिय रुपमा गुणस्तरीय स्वास्थ्य सेवाको मान्यता प्रदान गर्ने संस्था भारतको नेसनल एक्रिडियसन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाइडर्स (न्याब) ले लामो समयको अनुगमन र परीक्षणपश्चात् तोकिएका ६०० भन्दा बढी मापदण्डहरू पूरा गरेपछि गत अप्रिल २४ मा अस्पताललाई यो मान्यता प्रदान गरेको हो ।

उक्त मान्यता प्राप्त गरेसँगै अब अस्पतालले संस्थाले तोकेको अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्नुपर्ने छ । यसले बिरामीको सेवाका लागि अस्पताल थप उत्साही भएको तथा सेवाको गुणस्तरमा सेवाग्राहीले थप विश्वास गर्ने वातावरण बनेको अस्पतालका प्रबन्ध निर्देशक अविशेक थापाले बताए । जुनसुकै प्रकारका बिरामीले स्वास्थ्य सेवामा अन्तर्राष्ट्रिय गुणस्तरको उपचार सेवा पाउने अवसर अस्पतालले प्रदान गरेकोले अस्पताललाई थप जिम्मेवार बनाएको उनको भनाइ छ । यसले अस्पतालप्रति सेवाग्राहीको थप विश्वास बढ्नेसमेत उनले बताए ।

के हो एनिबएच मान्यता
न्याबले भारत तथा भारतबाहिरका स्वास्थ्य सेवा प्रदायकहरुको गुणस्तर मापन गर्ने गर्दछ । न्याबले अस्पताल एक्रेडिटेसन कार्यक्रम यसै वर्ष सुरु गरेको हो । सार्वजनिक तथा निजी अस्पतालमा स्वास्थ्य सेवा गुणस्तर सुधार गर्ने र बिरामीको सुरक्षामा ध्यान दिने उद्देश्यले यो कार्यक्रम सुरु गरेको न्याबको भनाइ छ ।न्याबको यो कार्यक्रम भारतसँगै विभिन्न देशमा फैलिएको छ । न्याब इन्टरनेसनल सोसाइटी फर क्वालिटी एसुरेन्स इन हेल्थ केयरबाट प्रमाणित भएको जनाइएको छ।

Hardik health

न्याबको गुणस्तर मापदण्ड प्राप्त गर्नका लागि अस्पतालले बिरामीको सुरक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा केन्द्रित भएर अस्पतालको सेवा सुधार गर्ने आधारहरु प्रस्तुत गर्नुपर्छ । त्यस्तै, अस्पतालको पूर्वाधार, उपकरणलगायतका मापदण्ड पालना गर्नुपर्छ ।न्याबको गुणस्तर प्राप्त गर्न अस्पतालले स्वास्थ्य सेवा क्षेत्रमा अन्तर्राष्ट्रिय रुपमा प्रमाणित ६०० भन्दा बढी मापदण्डहरूमा परीक्षण गराउनुपर्छ । सेवा सुरक्षादेखि संक्रमण नियन्त्रण, बिरामीको अधिकार, कर्मचारीको तालिम, दस्तावेज व्यवस्थापन, आकस्मिक सेवा तयारीजस्ता विभिन्न क्षेत्रहरूमा अस्पतालले मापदण्ड पूरा गर्नुपर्छ । यी मापदण्ड पूरा नगर्ने अस्पताललाई न्याबले गुणस्तर मान्यता प्रमाणपत्र दिँदैन । किष्ट अस्पतालले दुई वर्षभन्दा बढी समय लगाएर सम्पूर्ण आन्तरिक प्रक्रिया पूरा गरी यो मान्यता प्राप्त गरेको जनाएको छ ।

ललितपुर ग्वार्कोस्थित यो अस्पताल वि.सं. २०६२ सालमा स्थापना भएको हो । अस्पतालले सामान्य स्वास्थ्य सेवादेखि विशिष्टीकृत सेवा प्रदान गर्दै आएको छ । पछिल्लो समय मिर्गौला तथा कलेजो प्रत्यारोपण, मुटु रोग तथा क्यान्सर रोगसम्बन्धी सेवासमेत अस्पतालले दिँदै आएको छ । नेपालमै पहिलोपटक एकै व्यक्तिमा कलेजो र मिर्गौलाको सफल प्रत्यारोपणसमेत अस्पतालले गरिसकेको छ ।


प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोखरामा विशिष्टीकृत अस्पताल बनाउने योजना अधुरै
पोखरामा विशिष्टीकृत अस्पताल बनाउने योजना अधुरै बुधबार, पुस ३०, २०८२
सावधान ! चुरोटभन्दा हानिकारक हुक्का
सावधान ! चुरोटभन्दा हानिकारक हुक्का मंगलबार, पुस २९, २०८२
भरतपुर अस्पतालमा बिरामीको चाप
भरतपुर अस्पतालमा बिरामीको चाप मंगलबार, पुस २९, २०८२
त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द
त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द सोमबार, पुस २८, २०८२
टिचिङ अस्पतालले स्वास्थ्य बीमाको सेवा बन्द गर्ने
टिचिङ अस्पतालले स्वास्थ्य बीमाको सेवा बन्द गर्ने सोमबार, पुस २८, २०८२
सासूको उत्प्रेरणाले ‘मिनिल्याप’ गराउँदै बुहारीहरू
सासूको उत्प्रेरणाले ‘मिनिल्याप’ गराउँदै बुहारीहरू सोमबार, पुस २८, २०८२
तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता
तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता आइतबार, पुस २७, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP