Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #नाफिज
  • #मुग्लिन–पोखरा सडक
  • #मालढुंगा-बेनी_सडक
  • #वार्षिक साधारणसभा
  • #जुडो
  • #सकुन_सुनुवार
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • थालनी भयो विश्वस्तरीय आँखा स्वास्थ्यसम्बन्धी ‘डिजिटल’ तालिम
थालनी भयो विश्वस्तरीय आँखा स्वास्थ्यसम्बन्धी ‘डिजिटल’ तालिम
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ २७, २०८२

काठमाडौं -  उपचारपछि निको हुने अन्धोपना निवारण गर्न आँखा स्वास्थ्यसम्बन्धी विश्वस्तरीय ‘डिजिटल’ तालिम सञ्चालनमा ल्याइएको छ । नेपाल नेत्रज्योति सङ्घले अर्विस इन्टरनेसनल भारतको आर्थिक एवं प्राविधिक सहयोगमा विराटनगर आँखा अस्पतालमा नेपालमा पहिलोपटक अन्तरराष्ट्रिय तालिम सञ्चालनमा ल्याएको हो ।

आँखा स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने ‘क्लिनिकल’, ‘पारामेडिक्स’, व्यवस्थापन तथा प्रशासनिक कर्मचारीलाई तालिम प्रदान गरेर दक्ष जनशक्तिका रूपमा विकसित गर्ने ध्येयले आँखा स्वास्थ्यसम्बन्धी विश्वस्तरीय तालिम परियोजना समेत ती दुई सस्थाले सञ्चालनमा समेत ल्याएका छन् । 

परियोजनाले विशेष गरेर समय, आर्थिक अभाव, भाषा र विदेश गएर तलिम लिन नसक्नेलाई सहयोग पुर्याउने  दाबी गरिएको छ ।  साथै नेपालबाट उपचारपछि निको हुने अन्धोपना निवारण गर्न तालिममार्फत निस्केका जनशक्तिले कोशेढुङ्गाको काम गर्ने विश्वास गरिएको छ ।

तालिम परियोजना  सञ्चालन गर्न नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्द र अर्विस इन्टरनेशनल भारतका निर्देशक डा ऋषिराज बोराहले हालै विराटनगरमा द्विपक्षीय  सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । दुई संस्थाका बीचको सहकार्यले नेपालमा आँखा उपचारसम्बन्धी ‘डिजिटल’ तालिम ‘हब’का रुपमा विकसित गर्ने बताइएको छ । 

Hardik health

सङ्घका  महासचिव  चन्दका अनुसार समय, आर्थिक अभाव, भाषा र विदेश गएर तलिम लिन नसक्नेलाई लक्षित गरी विश्वस्तरीय तालिम सञ्चालनका लागि यो परियोजना सञ्चालन गरिएको हो  । उहाँले भविष्यमा आवश्यकतानुसार विभिन्न देशका विभिन्न भाषामा समेत तालिम सञ्चालन गरिने बताए ।

अर्विस इन्टरनेसनलका निर्देशक डा बोराहले भने, “नेपालले आँखा स्वास्थ्य एवं उपचारका क्षेत्रमा गरेको प्रगति विश्वमै उदाहरणीय छ, अब विश्वस्तरमै सञ्चालन हुने क्षमता अभिवृद्धि तालिम नेपालमा नै सञ्चालनका लागि नेत्रज्योति सङ्घसँगको सहकार्यमा यो परियोजना सञ्चालन हुने छ ।”

तालिममा सहभागी हुनेहरूले भौतिक रूपमा आफैँ उपस्थित भएर वा स्याण्डबीच ब्लेन्डेड लर्निङ एप्रोचबाट आफू कार्यरत जुनसुकै ठाउँबाट मोतियाबिन्दु, ऐन्टेरियर सेगमेन्ट, भिट्रियो रेटिना, जलबिन्दु, अप्ट्रोमेट्री साइन्स, आँखा स्वास्थ्य कार्यक्रम व्यवस्थापन तालिम, वेट ल्याब व्यवस्थापनलगायत अप्थाल्मिक विधामा तालिममा सहभागी हुनसक्ने जनाइएको छ । यसमा हाइ टेक्नोलोजी रिमोट सर्जिकल कीटजस्ता अत्यन्तै अत्याधुनिक प्रविधिको प्रयोग हुने छ ।

अर्विसको साइबर साइट प्रविधिको प्रयोग गरी विभिन्न विधामा सिएमई र अस्पतालमा आधारित ख्यातिप्राप्त विषयविज्ञद्वारा सहजीकरण गरिने तालिम नियमित रूपमा सञ्चालन गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । त्यस्तै यो परियोजनाअन्तर्गत सञ्चालन हुने तालिममा नेपालका सम्पूर्ण आँखा अस्पताल, मेडिकल कलेज, निजी आँखा अस्पताल, स्वास्थ सेवा प्रतिष्ठान, सरकारी स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिका साथै विश्वकै  विभिन्न स्वास्थ्य संस्थाका जनशक्ति पनि सहभागी हुन सक्नेछन् ।   

सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार परियोजना सञ्चालनका लागि हाललाई विराटनगर आँखा अस्पतालमा तालिम सञ्चालनका लागि आवश्यक सिमुलेटर, वेट ल्याब र रिमोट सर्जिकल कीटलगायत स्टेट अफ आर्ट फ्यासिलिटी तहको भौतिक संरचना तयार भई तालिम सञ्चालन भएको छ । उहाँले विस्तारै भैरहवाको श्री रणअम्बिका शाह आँखा अस्पतालमा यो परियोजना विस्तार हुने जानकारी दिनुभयो । 

यो परियोजनाले नेपालमा मात्र नभई विश्वमा नै उपचारपछि निको हुने अन्धोपना निवारण गर्न कोशेढुङ्गाा सावित हुने अपेक्षा राखिएको छ । लहान आँखा तथा कान स्वास्थ्य कार्यक्रमका प्रमुख प्रशासक सुधीर ठाकुरले नेपालमा नै पहिलोपटक परियोजनामार्फत यस प्रकारको विश्वस्तरीय तालिम सञ्चालन गरिने बताए । 

सङ्घका कार्यक्रम व्यस्थापक रञ्जन शाहका अनुसार हाललाई नेपालका जनशक्तिलाई लक्षित गरी तालिम सञ्चालन गरिने छभने अर्काे वर्षदेखि अन्य देशका जनशक्तिका लागि पनि खुला गरिने छ । परियोजनाअन्तर्गत प्रकृति हेरी एकहप्ते, एकमहिने, तीनमहिने, एकवर्षे र दुईवर्षे तालिम सञ्चालन हुनेछन् ।

स्थापनादेखि सन् २०२४ को अन्तिमसम्ममा सङ्घका २८ आँखा अस्पताल, दुई सय २४ उपचार केन्द्र र ४४ जिल्ला शाखा सञ्जालमार्फत नेपाली तथा अन्य विभिन्न देशका नागरिक गरी चार करोड ६८ लाख ६८ हजार ६० जना आँखाका बिरामीलाई सेवा प्रवाह गरिसकेको छभने ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया गरेको छ ।


प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १०:३५
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
भद्रपुरमा १२ वर्षपछि ‘एनआइसीयू’ सेवा
भद्रपुरमा १२ वर्षपछि ‘एनआइसीयू’ सेवा मंगलबार, मंसिर २३, २०८२
बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण
बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण सोमबार, मंसिर २२, २०८२
स्वास्थ्य बिमाः अब काभ्रेका आठ अस्पतालबाट सेवा
स्वास्थ्य बिमाः अब काभ्रेका आठ अस्पतालबाट सेवा सोमबार, मंसिर २२, २०८२
सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छः मन्त्री गौतम
सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छः मन्त्री गौतम आइतबार, मंसिर २१, २०८२
विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति
विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति आइतबार, मंसिर २१, २०८२
चिसोका कारण अस्पतालमा बिरामीको चाप बढ्दो
चिसोका कारण अस्पतालमा बिरामीको चाप बढ्दो बिहीबार, मंसिर १८, २०८२
इन्फ्लुएन्जा ‘फ्लू’बाट बच्न आग्रह
इन्फ्लुएन्जा ‘फ्लू’बाट बच्न आग्रह बिहीबार, मंसिर १८, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP