एजेन्सी - टेक्सासकी ७१ वर्षीया एक महिलाको मृत्यु ‘ब्रेन-इटिङ अमिबा’ को संक्रमणबाट भएको छ। उनले साइनस सफा गर्ने उपकरण (nasal irrigation device) मा धारा(ट्याप)काे पानी प्रयोग गरेपछि यो घातक संक्रमण भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (CDC) ले जनाएको हाे।
रोकथाम केन्द्रद्वारा प्रकाशित प्रतिवेदन अनुसार, ती महिला पहिले पूर्ण रूपमा स्वस्थ थिइन्। तर ट्याप पानी प्रयोग गरेर साइनस सफा गरेपछि चार दिनभित्र ज्वरो, टाउको दुख्ने, र मानसिक अवस्था परिवर्तन हुने जस्ता गम्भीर लक्षण देखा परे। लक्षण सुरु भएपछिको आठौं दिनमा उनलाई मिर्गौला जस्तो दौरा (seizure) आयो र उनको मृत्यु भयो।
प्रतिवेदन अनुसार उनले प्रयोग गरेको पानी टेक्सासको एक क्याम्पग्राउन्डमा रहेको आर.भी. (RV) को पानी प्रणालीबाट आएको थियो। संक्रमणको कारण Naegleria fowleri नामक अमिबा रहेकाे छ , जसले Primary Amebic Meningoencephalitis (PAM) नामक दुर्लभ तर लगभग सधैं घातक हुने मस्तिष्क रोग गराउँछ। यो अमिबा सामान्यतया तातो नदी, ताल, वा प्रसोधित नभएको पानीमा पाइन्छ। नाकमार्फत शरीरमा पसेपछि अमिबा मस्तिष्कसम्म पुगेर ऊतक नष्ट गर्न थाल्छ।
रोग नियन्त्रण केन्द्रले चेतावनी दिएको छ कि साइनस सफा गर्न कहिल्यै पनि सिधा ट्याप पानी प्रयोग गर्नु हुँदैन। यसको सट्टा उमालिएको र चिस्याएकाे , जीवाणु रहित पानी प्रयोग गर्नुपर्छ।
सामान्यतया PAM जस्तो संक्रमण तातो पानी भएका ताल, नदी, वा हॉट स्प्रिङजस्ता स्थानमा पौडी खेल्दा हुने गर्छ। पानी नाकमा पस्दा मात्र संक्रमण हुन्छ। यद्यपि, रोग नियन्त्रण केन्द्रअनुसार, केही दुर्लभ घटनामा सञ्चालित पानी पार्क वा चिल्लो नहुन गएको स्विमिङ पूल बाट पनि संक्रमण भएको पाइएको छ।
निलिएकाे पानी वा संक्रमित व्यक्तिबाट संक्रमण नहुने अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले स्पष्ट पारेको छ।