Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • राजावादीको आन्दोलन फासफुस
राजावादीको आन्दोलन फासफुस
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, जेठ २५, २०८२

 

  • राजतन्त्र पक्षधरहरूको आन्दोलन उपलब्धिविहीन 
  • शाहवंशीय अन्तिम राजा ज्ञानेन्द्रको फेरि राजा हुने सपनामा तुषारापात
  • राजेन्द्र लिङ्देन आन्दोलनबाट गुपचुप बाहिरिए 

काठमाडौं– राजा फर्काउन निर्णायक भनिएको राजतन्त्र पक्षधरहरूको आन्दोलन कमजोर बन्दै गएको छ । आन्दोलन प्रभावकारी नदेखिएसँगै उपत्यका बाहिरबाट ल्याइएका राजतन्त्र पक्षधरहरू त्यसै घर फर्किएका छन् । गणतन्त्र पक्षधरलाई गम्भीर धक्का दिने आन्दोलन नहुँदा पूर्वराजा ज्ञानेन्द्र शाह भने निराशा बनेको बताइएको छ । उनी तेस्रोपटक राजा हुन चाहन्थे । भनिन्छ, त्यसकै लागि उनले सबै राजतन्त्रपक्षधर शक्तिलाई आन्दोलनको मोर्चामा उभ्याउन पृष्ठभूमिबाट संयोजन गरेका थिए । तर, आन्दोलन असफल र निष्प्रभावी बन्यो । फेरि, राजा हुने ज्ञानेन्द्र सपनामा तुषारापात भयो ।

यहीबेला राजतन्त्र पक्षधरको मूल शक्ति राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन त आन्दोलनबाटै बाहिरिएका छन् ।कमल थापा नेतृत्वको राप्रपा नेपालका एक पदाधिकारीको भनाइमा ‘आन्दोलनबाट लिङ्देनको बहिर्गमन शंकास्पद छ ।’ ती नेताका अनुसार यही १८ गते नारायणचौरबाट कमल थापा पक्राउ परेपछि सोही राति ९ बजेतिर रिहा भएसँगै थापा र सांसद दीपक सिंह राप्रपा पार्टी कार्यालयमा गएका थिए, जहाँ लिङ्देनबाट खादा र अबिर लगाएर दुवैलाई सम्मान गर्ने काम भयो । तर, उनले १२ बजेतिर आन्दोलनको विरुद्धमा स्टाटस लेखे । २१ गते राजतन्त्रका लागि गरेको आन्दोलनको समीक्षात्मक बैठकमा लिङ्देन गएनन् । यससँगै लिङ्देन राजतन्त्रपक्षधरहरूको आन्दोलनबाटै बाहिरिएका हुन् । 

राजा फर्काउन र हिन्दु अधिराज्य पुनःस्थापना गर्न राजतन्त्रपक्षधरहरूले भारतको समर्थन खोजेका थिए । त्यसका लागि पत्र नै लेखेका थिए । भारतले यसबारे कुनै जवाफ दिएन । यता आन्दोलन फासफुस भयो ।अर्कोतिर, विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिले हाल चर्चामा रहेका पात्रहरूमा राजामा हुनुपर्ने गुण र गरिमा नभएको टिप्पणी ग¥यो । यो टिप्पणी ज्ञानेन्द्र र उनका नाति हृयन्द्रप्रति लक्षित थियो । बरु, जनचाहना भएमा गुण गरिमाले युक्त स्वच्छ, निष्पक्ष र लोकप्रिय जोकोही व्यक्ति राजा बन्न सक्ने राष्ट्रिय समिति अध्यक्ष डा. रामचन्द्र अधिकारीले विज्ञप्ति जारी गरी सो धारणा सार्वजनिक गरेका हुन् ।

Hardik health

हालैका दिनमा ज्ञानेन्द्रलाई राजाको रूपमा अस्वीकार गर्ने भए हृदयन्द्र विकल्प हुने मत संस्थापक पक्षधरहरूको थियो । यसको मुख्य वक्ता राप्रपा नेपालका अध्यक्ष कमल थापा हुन् । थापाले ज्ञानेन्द्रकै छोरा पारसलाई ‘स्किप’ गरेर नाति हृदयन्द्रलाई विकल्पमा अघि सारेका थिए । तर, आन्दोलन तुहिनु, राप्रपा अध्यक्ष लिङ्देन आन्दोलनबाट बाहिरिनु, बुढ्यौली नेता नवराज सुवेदीले आन्दोलनलाई हाँक्न नसक्नु र जनता बटुल्न सक्ने दुर्गा प्रसाईं हिरासतमा रहनुले राजतन्त्र पक्षधरहरूको आन्दोलन अर्थपूर्ण नभएको त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रका सहप्राध्यापक डा. भेषराज घिमिरेको विश्लेषण छ । उनको विचारमा गणतन्त्रपक्षधर शक्तिहरूले डेढ दशकसम्म पनि जनतालाई ‘डेलिभरी’ दिन नसक्दा राजतन्त्र पक्षधरहरूको सक्रियता बढाउने ठाउँ बनेको थियो । 

ज्ञानेन्द्र स्वयंले नयाँ वर्षको अवसरमा गत १ वैशाखमा जारी गरेको भिडियो सन्देशमा देशको खराब स्थिति चित्रण गरेका थिए । देशको संकटमोचनका लागि राजतन्त्र उपयुक्त विकल्प हुने उनको मत थियो । यहाँ उनी फेरि राजा हुन चाहन्छन् भन्ने भावको प्रकटीकरण भएको हो । उनले राजतन्त्र फर्काउन माहोल बनाउन वर्षौंदेखि प्रयास गरे । मन्दिर दर्शनको नाममा देशभित्र राजतन्त्र पक्षधरहरूसँग भेटघाट गरे । देशबाहिर भारत र भुटानको पटकपटक भ्रमण गरेर राजतन्त्र फर्काउन अन्तर्राष्ट्रिय माहोल बनाउन जोडबल गरे । त्यहीबीच भारत रक्षा र परराष्ट्र भारतको अधिनमा रहनेगरी नेपालमा राजसंस्था र हिन्दु अधिराज्य पुनःस्थापनका लागि सकारात्मक रहेको विवरण सार्वजनिक भए, जुन भुटानी राजतन्त्रको मोडल हो । 

२५ फागुनमा पोखरादेखि काठमाडौं फर्किँदा सडकमा देखिएको भिडले ज्ञानेन्द्रले राजतन्त्रको पक्षमा जनमत बढाउँदै गरेको सन्देश गएको थियो । तर, १५ चैतको तीनकुने हिंसापछि यो आन्दोलन केही कमजोर बन्यो । यही १५ जेठदेखि करिब एक साता गरेको आन्दोलनमा उपत्यकाबाहिरदेखि आन्दोलनकारी ल्याउनुप¥यो । हाल ‘संयुक्त जनआन्दोलन’ समिति संयोजक सुवेदीले दोस्रो चरणको कार्यक्रम सार्वजनिक भइसकेको छ । यद्यपि, सार्वजनिक कार्यक्रम हेर्दा राजा फर्काउनेगरिको धक्कादार देखिएको छैन । सुवेदीले भने आन्दोलन झनै सशक्त हुने दाबी गरेका थिए ।

यता राप्रपा अध्यक्ष लिङ्देनले त वर्षा लागिसकेकाले अब ठूलो आन्दोलन नहुने बताएका छन् । अब उपयुक्त समयमा मात्रै आन्दोलन गरिने बताए । गृहजिल्ला झापाको हल्दिबारीमा पत्रकारहरूसँग शनिबार उनले भने, ‘राजसंस्था र हिन्दु राष्ट्रका लागि मात्रै पार्टीले गरेको आन्दोलन होइन, देशको संकटमोचनका लागि हो । अब उपयुक्त समयमा राप्रपाले ठूलो आन्दोलन गर्छ ।’ लिङ्देनका अनुसार अब असार लागेकोले हत्तपत्त आन्दोलन हुने अवस्था छैन । लिङ्देनको भनाइले पनि आन्दोलनका कार्यक्रम सामान्य र औपचारिक मात्रै हुने देखिन्छ, जसले गणतन्त्र पक्षधरहरूलाई दबाब सिर्जना गर्न नसक्ने राजनीतिक विश्लेषक घिमिरेको भनाइ छ । 

जबकि, पृथ्वीनारायण शाहले संस्थागत गरेको राजतन्त्रको १२औँ राजा ज्ञानेन्द्र भए । तर, उनले १८ असोज २०५९ र १९ माघ २०६१ मा प्रत्यक्ष शासन चलाएर बुबा महेन्द्रपथमा अघि बढेपछि गणतन्त्रको जग खनिएको अर्थमा विश्लेषण हुने गरेको छ । यति हुँदाहुँदै पनि ज्ञानेन्द्र तेस्रोपटक राजा हुने अन्तिम प्रयासमा छन् । आन्दोलन भने सेलाएपछि उनको राजा हुने सपना तुहिएको छ । 
 


प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  ०९:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP