Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘बुबा सन्तरामले सपना देखे, छोरी डा स्मृतिले पूरा गरिन्’
‘बुबा सन्तरामले सपना देखे, छोरी डा स्मृतिले पूरा गरिन्’
टिकाराम सुनार/रासस
टिकाराम सुनार/रासस शुक्रबार, जेठ २३, २०८२

काठमाडौं -  सन्तराम हरिजनका खल्ती रित्ता भए पनि सपना कहिल्यै रित्तिएनन् । अभाव थियो तर अत्यास थिएन । उल्झन थिए तर अल्झिने फुर्सद थिएन । अपमान थियो, तिरस्कार थियो । जात व्यवस्थाले समाजको पत्रपत्रमा गाँजिएका विभेदका व्यथा त झनै निर्मम, तर सन्तराम गुनासो गरेर बसेनन् । समस्यासँग हारेनन्, अभाव देखाएर भागेनन् । 

समस्याले थिचि नै रह्यो तर सपनाले निदाउन दिएन । जिम्मेवारीले थाक्न दिएन । सायद सन्तानले पनि बाउभित्रको त्यो ‘जुनुन्’ देखेँ । बाबुआमाको मुहारमा ‘हाँसो’ नदेखे पनि आँतभित्रको ‘आँट’ देखेँ । त्यसैले त आज ‘ढुङ्गाको काप फोरेर पनि निस्किन्छ पीपल, सिर्जना शक्ति संसारमा हुँदैन कहिल्यै विफल’ भन्ने राष्ट्रकवि माधवप्रसाद घिमिरेको कवितांश यथार्थमा परिणत भएको छ । उनकी एउटा छोरी सम्भवतः नेपालमा चमार समुदायबाट चिकित्सा शिक्षामा स्नातक (एमबिबिएस) गर्ने पहिलो महिला बनेका छन् । 

अरू दुई सन्तानले पनि शिक्षामा राम्रो सफलता हासिल गरेका छन् । माइली छोरी सृजना हरिजन हाल बेलायतमा र कान्छो छोरा सन्दीप हरिजन भारतको प्रतिष्ठित प्राविधिक संस्थान एनआइटी राउरकेला, उडिसामा कम्प्युटर साइन्स एण्ड इञ्जिनियरिङ अध्ययन गरिरहेका छन् । यो परिवारको सङ्घर्ष र सफलताको कथा हाल सबैका लागि उदाहरणीय बनेको छ । यसका पछाडि बुबाआमाको असाधारण सङ्घर्ष छ, अदम्य साहस पनि । त्यो सङ्घर्षको आक्रोस्बाट बुबा सन्तराममा ‘अदम्य अठोट’ र सन्तानहरूमा बुबाको सपना पछ्याउने ‘इख’ ले सफलताको बाटो तय गरेको हो । 

‘इँटाको भुङ्ग्रोबाट जन्मिएका सपना’  

Hardik health

कपिलवस्तुको बहादुरगञ्ज, त्यहाँभित्रको चमारबस्ती । घन्घोर पञ्चायतकालीन समय, जात व्यवस्थाको पिँधमा रहनु अर्थात् चमार हुनुका व्यथा सन्तरामसँग कतिछन् कति । त्यो क्षण सम्झ्यिो भने अहिले पनि उनीको मन भत्भति पोल्छ, आँखालाई आक्रोस्को आँसुले बिटुलो बनाउँछ । कथित जात र पेसाले कहिल्यै आत्मसम्मानका साथ बाँच्न नदिने । एकातिर जात व्यवस्थाको जाँतो, अर्कोतिर त्यसैले सिर्जना गरेको गरिबीको खाडल । सन्तरामले आफ्ना बुबाको सङ्घर्ष देखे । 

इँटाभट्टाको भुङ्ग्रोमा काँध थाकिने र हात ठेला उठ्ने गरी गरेको बाउको सङ्घर्षभन्दा ‘जातका कारण भोगेको अपमान’ को ‘घाउ’ ले सन्तरामलाई भत्भति पोल्थ्यो । “हो त्यहीबाट सपनाको जन्म भएको हो । बुबासँग इँटाभट्टामा मजदुरी गर्दा गर्दै एसएलसी उत्तीर्ण गरेँ । बुबाको इमानको कमाइबाट प्लस टु पढेँ, थप उच्च शिक्षाको सपना देँखे तर अभाव र गरिबीले टाउँको उठाउन दिएन । सपना त कति देँखेदेँखे तर त्यसलाई पछ्याउँदा सधैँ व्यवधान !”, उनले भने । 

विसं २०४२ चैत ३१ गते सन्तरामको जीवनले नयाँ मोड लियो । सङ्घर्षकै क्रममा सो दिनदेखि उनी नेपाल प्रहरीको सहायक निरीक्षक बने  । “कलिलो मस्तिष्कमा अभाव र अपमानको पीडा बेस्सरी गडेको थियो । त्यसको समाधानको उपयुक्त माध्यमका रूपमा राष्ट्रसेवामा प्रवेश गरेँ । अभावमा हुर्किए पनि जीवित सपनाले साकार रूप ग्रहण गरेको दिन थियो त्यो”, उनी सम्झिन्छन् , “अब त सपनाले नयाँ उडान भर्ने भयो भन्ने लाग्यो । प्रायः हाँसो नदेखिने बुबाको मुहारमा हाँसो ल्याउने, आमाको गहना बन्दकी राखेर पढेको ऋण तिर्ने र उन्नत भविष्यको कल्पना गर्ने, सन्तानलाई सुखको जीवन दिने । यही त थिए सपना ! अहँ, त्यो तीन वर्ष पनि टिकेन । निसाफको कुरा गर्दा जागिरबाट बर्खास्त हुनुपर्‍यो ।”

काठमाडौँको तत्कालीन कमलपोखरी वडा प्रहरी कार्यालयमा कार्यारम्भ गरेका सन्तराम त्यहीबाट बर्खास्तीमा परेर फेरि सडकमै आए । बर्खास्तीको दिन अर्थात् २०४५ साउन १७ गते आज जस्तै लाग्छ उनीलाई । सन्तरामले बताएअनुसार उनीको कमाण्डमा रहेको टोलीले जबरजस्ती करणीमा एउटा मान्छेलाई पक्राउ गर्यो । कारबाही अगाडि बढायो, पछि ती व्यक्ति तत्कालीन उच्च प्रहरी अधिकारीका आफन्त रहेछन् भन्ने थाहा भयो । यही घटना गिँजोलियो र पछि अर्को घटनामा सन्तराम रु तीन हजार घुस लिएको भनेर बर्खास्तीमा पर्नुभयो । 

“सङ्घर्ष गरेरै हुर्किए । ठूलो सपना बोकेर जागिर गरियो तर त्यो धेरै टिकेन । जबर्जस्ती बर्खास्तीमा परे । यो जीवनको असाधारण मोड थियो तर हिम्मत हारिन, फेरि सङ्घर्ष गरे । शिक्षण गरेर जीविको चलाए”, उनी भन्नुहुन्छ, “दुःख त भयो तर हार मानिन । मसँगै सेवा प्रवेश गरेका कोही एसपी, डिएसपी भएर अवकाश हुँदैछन् । सायद म पनि माथि पुग्थे होला ! ठीकै छ, जीवन त बाहिर पनि रहेछ नि त ! सङ्घर्ष गरेँ, सन्तानलाई शिक्षा र संस्कार दिए । अहिले मेरा सपनालाई सन्तानले पूरा गर्दैछन् ।”

‘छोरी चमार समुदायबाट पहिलो डाक्टर’

कपिलवस्तुको कृष्णनगर नगरपालिका–९ बाहादुरगञ्जमा २०५६ कात्तिक ५ गते जन्मिएकी तिनै सन्तरामकी छोरी स्मृति हरिजन हाल ‘डाक्टर’ बनेकी छन्  । उनी ७२औँ नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षा उत्तीर्ण हुनुभएको छ । यही जेठ १२ देखि १५ सम्म सञ्चालित परीक्षाबाट उनी उत्तीर्ण भएका हुन्  । “छोरी डाक्टर बनेको खबर सुनेपछि खुसीको सीमा नै छैन । पत्रपत्रिकामा खबर आइरहेका छन्, विश्वविद्यालय अनुदान आयोगबाट पनि फोन आएको थियो, तपाईंकी छोरी चमार समुदायको पहिलो महिला डाक्टर बन्नुभयो भनेर”, बुबा सन्तरामले भने, “हुन त अन्य सन्तान पनि राम्रै छन् । तीन जनाले सधैँ उत्कृष्ट नतिजासहित उच्च शिक्षा छात्रवृत्तिमा नै पढेँ । छोरी स्मृतिको सफलताले मेरो छाति गर्वले चौडा भएको छ ।”

काठमाडौँको पेन्टागन कलेजबाट ११ र १२ कक्षा छात्रवृत्तिमा अध्ययन गर्नुभएकी स्मृतिले नेपाल सरकारको छात्रवृत्तिमा जानकी मेडिकल कलेज, जनकपुरबाट एमबिबिएस उत्तीर्ण गरेका हुन् । उनी यसको सबै श्रेय आफ्नो बुबालाई दिए । “आज म यहाँ एक डाक्टर र महिलाको रूपमा मात्र होइन, मेरो देशको चमार समुदायबाट पहिलो महिला डाक्टरका रूपमा छु । यो मेरा लागि गर्व, भावुक र उत्साहित क्षण हो”, डा स्मृतिले भने, “हाम्रा लागि अध्ययन, अध्ययनका रूपमा मात्रै थियो होला तर मेरो बुबाका लागि स्वाभिमान, आत्मसम्मान र मुक्तिमार्ग थियो । हाम्रै खुसीका लागि उनीले जे गर्न सकिन्थ्यो, सबै गर्नुभयो । सङ्घर्ष गरे  । अपमान सहे । गहना बेचेर, ऋण लिएर, मजदुरी गरेर सपना बुन्नुभयो । म त त्यो सपनाको माध्यममात्रै हो ।”

उनीले नेपाल सरकारले विश्वविद्यालय अनुदान आयोगमार्फत (चमार, डोम, मुसहर, वादी) दिइने छात्रवृत्तिमा अध्ययन गर्नुभएको हो । “मेरो बुबाआमाको सङ्घर्ष, मेरो मेहनत त छँदैछ, नेपाल सरकारले पनि ठूलो गुन लगाएको छ । यदि यो छात्रवृत्ति नपाएको भए सायद मेरो जीवनको मोड नै अर्को हुन्थ्यो । जुन सपना मैले र मेरो परिवारले देखेका थियौँ, त्यो यही  छात्रवृतिले पूरा गरेको हो । त्यसैले सरकारप्रति आभार ।”

सरकारले यस छात्रवृत्तिअन्तर्गत मेडिकल कलेज शुल्क, प्रतिमहिना रु पाँच हजार खाजा र स्टेशनरी खर्च दिने गरेको छ । यसर्थ, अब आफ्नो जिम्मेवारी र दायित्व परिवारका लािग मात्र नभई आफ्नो समाज र सिङ्गो देशकै लागि थपिएको र त्यो विश्वास कहिल्यै नतोड्ने उनीको भनाइ छ । 

डा स्मृति जात व्यवस्थामा हेयको दृष्टिले हेरिने समाजमा जन्मिएका हरेक युवाले आँटेमा हरेक कुरा सम्भव हुने भन्दै अब गुनासो गरेर बस्ने छुट कसैलाई नभएको बताए । “मैले गरिब, कथित तल्लो जात र महिला भएकैले दोहोरोतेहेरो उत्पीडन भोग्नु त पर्यो नै । चमार समुदायलाई वर्षौदेखि सस्तो श्रम र जातीय पूर्वाग्रहको चस्माबाट हेरिएको छ । त्यसैले गुनासा त छन्, समाज, सामाजिक संरचना, हाम्रो व्यवस्थाबारे, तर गुनासो गरेर पुगिने कही होइन”, उनीले भने, “मैले मेरो आमाबुवा र शिक्षकहरूबाट सुनेँ, ‘शिक्षा नै शक्तिको सबैभन्दा ठूलो हतियार हो’ भनेर । त्यसैले सबै तिरस्कार, अपमान, अभाव र गुनासाहरूलाई छोडेर सपना पछ्याउन हिँडे । त्यही भएर यो स्थानमा छु ।”

उनी धेरै मानिसका लागि डाक्टर बन्नु व्यक्तिगत लक्ष्य भए पनि आफ्ना लागि त्यो व्यक्तिगत मात्र नभई समाजमा आशा जगाउने अभियान हो भने । आफ्नो सफलता वर्षौंवर्षको मौनता तोड्ने, हिम्मत गर्ने, तिमी सक्दैनौँ भनेर ‘भुइँमान्छे’ लाई हेलोहोचो गर्नेहरूलाई उत्तर पनि भएको डा स्मृतिको बुझाइ छ । उनले भने, “मैले, हामी सक्छौँ भनेर उत्तर दिए । चुपचाप सपना देखिरहेकी चमार समुदायकी हरेक युवतिलाई भन्न चाहन्छु–तिमी जहाँ जन्मियौँ, त्यो तिम्रो दोष होइन । तिमी जस्तो रहिरहन्छौँ, त्यसको दोषी तिमी पनि हौँ । त्यसैले हिम्मत गर, तिम्रो भाग्य र भविष्य तिमीले नै निर्धारण गर्ने हो । तिमीलाई सपना देख्ने, पढ्ने, नेतृत्व गर्ने र सेवा गर्ने सम्पूर्ण अधिकार छ । बस् अब उठ, जाग ।”  

अबको योजना

केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्कअनुसार (राष्ट्रिय जनगणना २०७८) नेपालमा १४२ जातिहरू र १२४ भाषाभाषीहरू छन् । १४२ जातिहरूमध्ये १७ औँ नम्बरमा चमार, राम र हरिजन भनेर उल्लेख छ भने यो समुदायको जनसङ्ख्या तीन लाख ९३ हजार २५५ छ । जसमा पुरुषको सङ्ख्या एक लाख ९६ हजार ७९९ र महिलाको सङ्ख्या एक लाख ९६ हजार ४६४ रहेको छ । यो समग्र जनसङ्ख्याको एक दशमलव ३५ प्रतिशत हो । 

चमारलाई दलितभित्र पनि शैक्षिक, आर्थिक, सामाजिक, सांस्कृतिक दृष्टिले पिछडिएको,राजनीतिक पहुँचबाट टाढा रहेको र जातीय संरचनाका कारण अत्यन्त पिँधमा रहेको जातिका रूपमा लिइन्छ ।  यसैकारण सदियौँदेखि चमार जातिले अनेकौँ सामाजिक तथा सांस्कृतिक बन्धनभित्र बसेर कष्टपूर्ण जीवन बिताउँदै आएका छन् । यही समाजमा जन्मिएकाले स्मृतिको भोगाई पनि पृथक छैन ।

“बुबा सङ्घर्षशील भएकाले हामीले धेरै अभावको सामना त गर्नुपरेन तर समाजको संरचनाभित्र रहँदा पटकपटक अपमानको सामना गर्नुपर्यो । विगतमा मात्रै होइन, कतिपय अवस्थामा अचेल पनि जातको कुरा आएपछि अपमान भोग्नुपर्छ”, उनीले भने, “त्यो बन्धन, अपमान छिचोलेर यहाँसम्म पुगेकी छु, अब आफ्नो सम्पूर्ण जीवन आत्मसम्मान, समाजको हित र चिकित्सा सेवा तथा शिक्षामार्फत समाजमा जागरण ल्याउने हुनेछ ।”

बाल्यकालका धेरै अपमानका कथाहरू डा स्मृतिको मनस्पटलमा कति छन् कति । ती सबै सम्झेर साद्य छैन । चिकित्सा शिक्षा पढ्दै गर्दा भोगेको एउटा घटना भने मनमा ‘खिल’ झै गडेको छ । “चिकित्सा शिक्षा अध्ययनकै क्रममा समुदायमा अभ्यासमा गएको एकदिन एउटा घरमा बच्चालाई बिस्कुट दिए । लगत्तै उसको अभिभावकले जात सोध्नुभयो, चमार भनेपछि बच्चाले खाइरहेको बिस्कुट खोसेर फालिदिए”, उनीले सम्झिनुभयो,“यसले निःशब्द बनायो । केही बोलिन तर आफैँसँग प्रश्न गरेँ, आखिर यसमा मेरो के गल्ती भयो ? म चमार जातिमा जन्मिनु मेरो पाप हो ? त्यो द्दटना सम्झिँदा निकै दुःख लाग्छ ।”

यसैकारण डा स्मृति आफ्नो उपलब्धिलाई केवल आफ्नो र परिवारको विषय मात्र बनाउन चाहनुहुन्न । यो आफ्नो समुदायकै आत्मसम्मानको सुरुआत हो भन्नेमा प्रष्ट छन्  । “यो केबल मेरो व्यक्तिगत सफलता होइन, त्यसैले अबको मेरो लक्ष्य केबल जागिर गर्ने मात्र होइन, समाजमा जागरण ल्याउने पनि हो । समाजसेवा, समान अधिकारको पैरवी, हिजो विविध कारणले हामी दबिएका थियौँ तर अब उठका छौँ भनेर संसारलाई भन्नुछ”, उनीको कथन छ । 

बुबा सन्तराम पनि पढाई र विभिन्न समस्यामा घर, जग्गा, सम्पत्ति बन्धकी राखेर लिएको करिब रु ४० लाखको हिसाबकिताबमा कम, आफूजस्तै अरु छोरीहरूमा शिक्षा र चेतनाको ‘भोग’ जगाउनमा बढि लागेको देख्ने चाहना सुनाए । “अब घरको जिम्मेवारी बाँडिएको छ । माइली छोरी, छोरा र स्मृतिले पनि त्यो जिम्मेवारी उठाउलान् । त्यसैले चिन्ता घटेको छ । अब मेरा सन्तानले समाजका लागि केही गर्छन् कि गर्दैनन् भनेर अर्को चिन्ता थपिएको छ । त्यसका लागि पनि म उत्प्रेरक बनिरहने छु”, उनले भने ।

चिकित्सा शिक्षा अध्ययनमा प्रत्यक्ष जोडिनुभएका जानकी मेडिकल कलेजका मेडिकल सुपरिटेन्डेन्ट डा धर्म सुवेदी पनि राज्य र आफूहरूले दिएको अवसरलाई स्मृतिले समाज र देशको हितमा लगाउने अपेक्षा रहेको बताए । “उनीमाथि अभिभावक मात्रै होइन, राज्यले ठूलो लगानी गरेको छ । हाम्रो योगदान पनि त्यत्तिकै छ । त्यसैले अब स्मृतिले आफूजस्तै सीमान्तकृत समुदायको हितमा पनि काम गर्न सक्नुपर्छ”, उनले भने ।  


प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १४:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम शुक्रबार, साउन २९, २०८३
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल शुक्रबार, साउन २९, २०८३
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन शुक्रबार, साउन २९, २०८३
लागुऔषधसहित एघार जना पक्राउ
लागुऔषधसहित एघार जना पक्राउ शुक्रबार, साउन २९, २०८३
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त शुक्रबार, साउन २९, २०८३
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP