Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #वैदेशिक राेजगार
  • #टेलिकमको ‘अफर’
  • #सतिशकुमार_सिंह
  • #नारायणगढ–मुग्लिन सडक
  • #भोजपुर
  • #मिस्टर_नेपाल
  • #एनआरएनए_सहयाेग
Search Here
कृषि
  • Home
  • कृषि
  • किसानलाई माटो परीक्षण गर्न सिकाउँदै ‘पौवादुङमा’
किसानलाई माटो परीक्षण गर्न सिकाउँदै ‘पौवादुङमा’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ २२, २०८२

भोजपुर- यहाँको पौवादुङमा गाउँपालिकाले माटो सुहाउँदो खेती प्रणालीमा जोड दिन किसानलाई माटो परीक्षणसम्बन्धी सीप, प्रदान गरेको छ । गाउँपालिकाले भूगोल र माटो सुहाउँदो खेती प्रणालीमा जोड्न २४ जना अगुवा किसानलाई माटो परीक्षणसम्बन्धी पाँच दिने तालिम प्रदान गरेको हो । 

तालिममा सहभागी किसानलाई माटो परीक्षण गर्ने तरिका, परीक्षण गर्नु अघि खेतबारीबाट माटो सङ्कलन गर्ने तरिका, बालीमा प्रयोग गर्ने बीउबिजन तथा विषादीको प्रयोग गर्ने तरिकालगायतको सीप सिकाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । 

तालिम लिएका अगुवा किसानले अब गाउँपालिकामा माटो प्राविधिकको रुपमा सेवा प्रदान गर्ने उनको भनाइ छ । आगामी आर्थिक वर्षमा सीप लिएकालाई माटो परीक्षणका लागि आवश्यकयन्त्र, उपकरण गाउँपालिकाले प्रदान गर्ने प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताए । 

Hardik health

“किसान आफैँ माटोसँग जानकार हुन सकुन् भन्नका लागि माटो परीक्षणसम्बन्धी सीप प्रदान गरेका छौँ”, उनले भने, “माटोको परीक्षण गरेर खेती गर्दाको फाइदाको विषयमा पनि जानकारी दिएका छौँ । तालिम लिएका अगुवा किसानलाई आगामी आर्थिक वर्षमा आवश्यक सामग्री पनि प्रदान गर्छौँ ।”

गाउँपालिकाले कृषिमा योजनाबद्ध रुपमा काम गरिरहेकाले किसानलाई माटोसम्बन्धी प्रयोगात्मक रुपमा ज्ञान प्रदान गर्ने लक्ष्यले माटो परीक्षणको सीप प्रदान गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए  ।  गाउँपालिकाले मुख्य रुपमा अकबरे खुर्सानी खेतीसँगै माटो र हावापानी सुहाउँदो नगदेबाली खेतीमा जोड दिएकोले किसान आफैँले आवश्यक ज्ञान, सीप लिन सक्ने वातावरण तयार गर्न कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।

“हामीले यहाँ योजनाबद्ध कृषिको विकासमा जोड दिएका छौँ”, अध्यक्ष राईले भने ,“गाउँपालिकामा अकबरे खुर्सानीमा प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेसँगै खुर्सानीबाट गतवर्ष मात्र रु १८ करोड बराबर भित्रिएको छ । अन्यबालीको पनि व्यावसायिक खेतीमा किसान लाग्न सहजता प्रदान गर्न माटो परीक्षणको कार्यक्रम सञ्चालन गरेका हौँ ।” गाउँपालिकामा कृषि तथा पशुपक्षी सेवा केन्द्र भवन निर्माण भएकाले कृषिसम्बन्धी थप काम गर्न सहज भएको अध्यक्ष राईको भनाइ छ । 


प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  १२:२४
#पौवादुङ
प्रतिक्रिया दिनुहोस्
थप कृषि
विदेशको अनुभवको स्वदेशमा उपयोग
विदेशको अनुभवको स्वदेशमा उपयोग मंगलबार, असोज ७, २०८२
स्याउ उत्पादक किसानलाई सडक बाधक
स्याउ उत्पादक किसानलाई सडक बाधक सोमबार, असोज ६, २०८२
हात्ती भगाउने पुराना तरिका असफल हुदाँ किसान चिन्तित
हात्ती भगाउने पुराना तरिका असफल हुदाँ किसान चिन्तित सोमबार, असोज ६, २०८२
तालिमले फेरिएको  जुगरानीको जीवनः केराको रेसाबाट कपडा उत्पादन
तालिमले फेरिएको  जुगरानीको जीवनः केराको रेसाबाट कपडा उत्पादन आइतबार, असोज ५, २०८२
बजार झरे लेकाली भेडा- च्याङ्ग्रा
बजार झरे लेकाली भेडा- च्याङ्ग्रा शुक्रबार, असोज ३, २०८२
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट बिहीबार, असोज २, २०८२
उपभोक्ताको रुचिमा कर्णालीको स्याउ
उपभोक्ताको रुचिमा कर्णालीको स्याउ बुधबार, असोज १, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
साउन-भदौमा रोजगारीका लागि विदेसिए झण्डै डेढ लाख युवा
साउन-भदौमा रोजगारीका लागि विदेसिए झण्डै डेढ लाख युवा
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP