Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
Search Here
समाचार
  • Home
  • समाचार
  • च्याङग्राका भुुवाको बजार सुुनिश्चित
च्याङग्राका भुुवाको बजार सुुनिश्चित
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ २२, २०८२

मुस्ताङ- च्याङ्ग्राको भूवाको बजार सुनिश्चित भएपछि यहाँको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ फल्याकका किसानले अतिरिक्त आम्दानी गर्न थालेका छन् ।  खेतबारीको लागि आवश्यक पर्ने प्राङगारिक मल आपूर्ति र मासुका लागि बिक्री गर्न पालिने च्याङ्ग्राको शरीरमा भएको भूवाले बजार पाउन थालेपछि किसानले अतिरिक्त आम्दानीको अवसर पाएका हुन् । 

फल्याकका किसान राजु गुरुङकाका अनुसार बजारको सुनिश्चितता, किसानलाई फुर्सद नहुने र दक्ष जनशक्तिको अभावमा यसअघि ऊन निकाल्ने गरिएको थिएन् । “शरीरबाटै झरेर खेर जाने गरेको थियो,” उनले भने “बजार सुनिश्चित गरेका पश्मिना व्यवसायीले च्याङ्ग्राको भूवा निकाल्न दक्षजनशक्ति समेत व्यवस्था गरेकाले आजदेखि भूवा निकाल्न थालेका छौँ ।” 

नेपाल पश्मिना उद्योग सङ्घले काठमाडौँमा सञ्चालन गरेको फाइवर प्रोसेसिङ प्रालिले फस्याकलगायत मुस्ताङ र डोल्पाको छार्काका किसानले उत्पादन गर्ने भूवाको बजार सुनिश्चित गरेको छ । वैशाख–जेठ महिना च्याङ्ग्राको शरीरबाट भूवा निकाल्ने याम हो । च्याङुग्राको भूवा पश्मिनाका लागि (क) श्रेणीको कच्चापदार्थ हो । 

भेडा र चौरीको तुलनामा च्याङ्ग्राको भूवालाई गुणस्तरीय मानिएको छ । डेढ वर्षअघि मुस्ताङबाट नमूना संकलन गरेर मङ्गोलियाको प्रयोगशालामा लगेर च्याङ्ग्राको भूवाको गुणस्तर परीक्षण गरिएको थियो । प्रयोगशालाको प्रतिवेदन अनुसार मुस्ताङी च्याङ्ग्राको भूवा पश्मिनाका लागि उपयुक्त मानिएको नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले बताए । 

Hardik health

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङका अनुसार फल्याक गाउँमा बसोबास गर्ने करिब ६० घरपरिवारमध्य १९ घरपरिवारको व्यावसायिक च्याङ्ग्रा फार्म छ । घरघरमा थोरै सङ्ख्यामा च्याङ्ग्रा पाल्नेहरु पनि छन् ।  फल्याकमा करिब पाँच हजार च्याङ्ग्रा रहेका वारागुुङ मुक्तिक्षेत्र–५ मा कार्यरत पशु स्वास्थ्य प्राविधिक समीक्षा कडायतले बताए । यसवर्ष करिब दश किलोग्राम भूवा संकलन हुने अनुमान गरिएको छ । किसानबाट पश्मिना उद्योगीले प्रतिकिलो रु चार हजार पाँच सयका दरले भूवा खरिद गर्छन् । 

मुुस्ताङ र डोल्पाको छार्काका किसानले विसं २०७९ मा तीन हजार किलोग्राम, २०८० मा दुई हजार किलोग्राम र २०८१ मा दुई हजार दुई सय किलोग्राम भूवा बिक्री गरेका छन् । पश्मिना व्यावसायी आवद्ध नेपाल फाइवर प्रोसेसिङ उद्योगले लोमान्थाङमा भूवा संकलन र काठमाडौँमा प्रशोधन केन्द्र स्थापना गरेको छ ।

नेपालबाट विदेश निर्यात हुने प्रमुख बस्तु पश्मिना बनाउन च्याङग्राको भूवा प्रशोधन गराएर बनाएको धागो कच्चापदार्थको रुपमा प्रयोग हुन्छ । सङ्घका अनुसार नेपालबाट वार्षिक रु छ अर्बको पश्मिना निर्यात हुन्छ । वार्षिक रु पाँच अर्ब मूल्य बराबरको चार सय टन पश्मिना बनाउन आवश्यक पर्ने भूवाको धागो आयात हुन्छ । 

ठमेल, भक्तपुर, पाटन, सौराह, पोखरा, नगरकोटलगायत पर्यटकीयस्थलमा घुम्ने आउने पर्यटकले रु एक अर्ब ५० करोड मूल्य बराबरको पश्मिना किनेर लैजाने गरेका छन् । मुस्ताङी च्याङ्ग्राको भुुवाको गुणस्तरको दिगोपनाका लागि पश्मिना उद्योग सङ्घमार्फत किसानस्तरमा विभिन्न कार्यक्रम सञ्चालन गरिएको अन्तरर्राष्ट्रिय व्यापार केन्द्रका परामर्शदाता सिचन श्रेष्ठले बताए ।

अन्तरराष्ट्रिय व्यापार केन्द्र (आइसिटी)को सहयोगमा नेपाल पश्मिना सङ्घले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङ र स्थानीय तहका पशु सेवा शाखासँगको समन्वयमा गुणस्तरीय भूवा उत्पादन र संकलनका विषयमा प्राविधिक सीप सिकाउन थालिएको छ । बाह्य परजीविको आक्रमणबाट जोगाउन, शरीरमा भएको भूवालाई कीटाणुरहित, स्वच्छ र गुणस्तरीय बनाउन भुवा निकाल्नुअघि डिपिङ ट्यांकीमा च्याङग्राको शरीर डुबाउने सीप सिकाउन स्थलगत तालिम सुरु गरिएको छ ।

अन्तरराष्ट्रियस्तरको प्रयोगशालामा गरिएको परीक्षणबाट पश्मिनाका लागि उपयुुक्त र गुणस्तरीय पुष्टि भएको मुस्ताङी च्याङ्ग्राको भूवाको दिगोपना र गुणस्तरमा हस आउन नदिन किसानलाई सप र प्रविधिमा सघाउने कार्यक्रमलाई निरन्तरता दिएको परामर्शदाता श्रेष्ठले बताए । भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र मुस्ताङका प्रमुख लालमणि अर्यालका अनुसार जिल्लामा ५२ हजार च्याङ्ग्रा पालिएकोमा ३० प्रतिशतको हाराहारीमा मात्र भूवा निकाल्ने गरिएको छ । 


प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  १२:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट बिहीबार, असोज २, २०८२
उपभोक्ताको रुचिमा कर्णालीको स्याउ
उपभोक्ताको रुचिमा कर्णालीको स्याउ बुधबार, असोज १, २०८२
केरा आयात नगर्न अनुरोध
केरा आयात नगर्न अनुरोध बुधबार, असोज १, २०८२
दूग्ध उत्पादन किसानलाई अनुदान
दूग्ध उत्पादन किसानलाई अनुदान मंगलबार, भदौ ३१, २०८२
डोल्पा र जुम्लाका भेडाच्याङ्ग्रा मुस्ताङमा
डोल्पा र जुम्लाका भेडाच्याङ्ग्रा मुस्ताङमा आइतबार, भदौ २९, २०८२
ताप्लेजुङका किसान बँदेलबाट पीडित
ताप्लेजुङका किसान बँदेलबाट पीडित आइतबार, भदौ २९, २०८२
आम्दानीको स्रोत बन्दै अग्र्यानिक आलु
आम्दानीको स्रोत बन्दै अग्र्यानिक आलु शुक्रबार, भदौ २७, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP