Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
कृषि
  • Home
  • कृषि
  • व्यावसायिक खुर्सानीखेती फस्टाउँदै 
व्यावसायिक खुर्सानीखेती फस्टाउँदै 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ २१, २०८२
File Photo

लमजुङ -  गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा एक हजार रोपनी क्षेत्रफल जमिनमा अकबरे खुर्सानीखेती गरिएको छ । दोर्दी गाउँपालिकामा ७०० र मस्र्याङ्दी गाउँपालिकामा ३०० रोपनी गरी उक्त क्षेत्रफलमा खुर्सानीखेती गरेको हो । 

गाउँपालिकाको प्राविधिक सहयोग र अनुदानमा दुई पालिकाका किसानले व्यावसायिक रुपमा अकबरे खुर्सानीखेती गरेका हुन् । गाउँपालिकाले चालु आर्थिक वर्षमा अकबरे खुर्सानीखेतीका लागि रु ३० लाख बजेट विनियोजन गरेको थियो । कृषि सहकारी उत्पादन तथा बजारीकरण, सुदृढीकरण कार्यक्रमअन्तर्गत अकबरे खुर्सानीखेतीका लागि विनियोजित बजेटबाट खुर्सानीखेतीका लागि सहयोग गरिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए ।

उनका अनुसार व्यावसायिक खेती गर्ने कृषकलाई पालिकाले प्राविधिक सहयोगसँगै मल्चिङ, खुर्सानीको बीउमा ५० प्रतिशत अनुदान दिएको छ । गाउँपालिकाका अनुसार यसअघि गत वर्ष दोर्दी गाउँपालिका–४ बाँसबोट, कामचोक र साँधिखोला गाउँमा किसानले व्यावसायिक रुपमा अकबरे खुर्सानीखेती गरेका थिए ।

Hardik health

परम्परागत रुपमा कोदोखेती गर्दैआएको जमिनमा खुर्सानीखेती गरेका किसानहरुले राम्रो आम्दानी गरेपछि यसवर्ष पालिकाले खुर्सानी पकेट क्षेत्र विस्तार गरेको कृषि शाखा प्रमुख निराजन पौडेलको भनाइ छ । गत वर्ष पनि अकबरे खुर्सानीखेती गरेको वडा ४ स्थित साना किसान सहकारीले यस वर्ष १२ रोपनी क्षेत्रफलमा खुर्सानीखेती गरेको छ । परीक्षणको रुपमा पहिलो पटक गत वर्ष अकबरे खुर्सानीखेती सुरु गरी राम्रो आम्दानी गर्न थालेपछि दोर्दीका किसान यसपटक उत्साहित बनेका छन् । गत वर्ष उक्त समूहले रु २० लाख बढी आम्दानी गरेको बताइएको छ । 

यस वर्ष लगाइएको खुर्सानी ४०० देखि ५०० मेकिट्र टन उत्पादन हुने र करिब रु पाँच करोड आम्दानी गर्ने अनुमान रहेको कृषि शाखा प्रमुख पौडेलले बताए । उनले भने, “कम लागतमा धेरै आम्दानी गर्न गर्न सकिने बाली खुर्सानी रहेको र यसको बजारको माग पनि राम्रो रहेको छ । 

त्यस्तै, मस्र्याङ्दी गाउँपालिकाको नौ वटै वडामा गरेर ३०० रोपनी क्षेत्रफलमा अकबरेको व्यावसायिक खेती गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो”, उनले भने, “अकबरे खुर्सानीको व्यावसायिक खेतीबाट किसानको जीवनस्तर उकास्ने उद्देश्यले अभियान सञ्चालन गरिएको र यसले पालिकाको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास लिएका छौँ । अकबरे खेतीका लागि गाउँपालिकाले रु २० लाख विनियोजन गरेको थियो ।
 
यसमध्ये रु १० लाख अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले सहयोग गरेको छ । आयोजनाको क्षेत्रमा पर्ने वडा नंं १, २, ३, ४ र ९ का लागि गाउँपालिकामार्फत एक्यापले रकम उपलब्ध गराएको थियो । अकबरे खेतीका लागि गाउँपालिकाले बिरुवामा ८० प्रतिशत र मल्चिङ प्लाष्टिकका लागि ५० प्रतिशत अनुदान दिएको गाउँपालिकाले जनाएको छ । यहाँका किसानले कम्तीमा एक रोपनी र बढीमा १० रोपनीसम्म खेती गरेका छन् । 

किसानले उत्पादन गरेको अकबरेको बजारीकरणका लागि पालिकाले सहयोग गर्ने भएको छ । बजारीकरणका लागि पालिकामै मासिक हाटबजारको व्यवस्थासँगै जनता एग्रो कम्पनीसँग बिक्री सम्झौता भएको गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ । जिल्लामा उत्पादन कम हुँदा हालसम्म बाहिरी जिल्ला र भारतबाट ल्याएको खुर्सानी स्थानीयले खरिद गरेर प्रयोग गर्दै आएको छ । 


प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १२:२८
प्रतिक्रिया दिनुहोस्
थप कृषि
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन सोमबार, जेठ ११, २०८३
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य बुधबार, जेठ ६, २०८३
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा आइतबार, जेठ ३, २०८३
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने शुक्रबार, जेठ १, २०८३
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग बुधबार, वैशाख ३०, २०८३
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य शनिबार, वैशाख २६, २०८३
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु बुधबार, वैशाख २३, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP