Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
समाचार
  • Home
  • समाचार
  • गृहमन्त्रीको राजीनामा अडानमा प्रतिपक्षी थकाउँदै सत्तापक्ष
भिजिट भिसामा मानव तस्करी प्रकरण गृहमन्त्रीको राजीनामा अडानमा प्रतिपक्षी थकाउँदै सत्तापक्ष
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ २१, २०८२
  •  जसरी हुन्छ प्रतिपक्षीलाई थकाएर सदन सञ्चालन गर्ने तयारीमा सत्तापक्ष
  •  राजीनामालाई ‘बटमलाइन’ बनाएको माओवादी केन्द्र लचक बन्दै
  •  राजीनामाको विकल्पमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माओवादीको प्रस्ताव, तर सत्तापक्षबाट अस्वीकार
  •  गृहमन्त्रीको राजीनामाकै अडानमा रास्वपा


काठमाडौं– प्रतिपक्षी दलले भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिनका लागि गृहमन्त्रीबाट रमेश लेखकको राजीनामा मागिरहेका छन् । जसकारण मंगलबारको प्रतिनिधिसभा बैठक बस्न सकेन । सत्तापक्ष भने जसरी हुन्छ प्रतिपक्षीलाई थकाएर सदन सञ्चालन गर्ने तयारीमा देखिन्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईलाई अख्तियारले जेठ ७ गते नियन्त्रणमा लिएपछि गृहमन्त्री लेखक विवादमा तानिएका हुन् । त्यसयता प्रतिपक्षी दलहरुले सदन अवरोध गर्दै आएका छन् । गृहमन्त्रीको राजीनामा माग्दै आएका उनीहरुले बजेट भाषणमा सदन खुलाए पनि त्यसपछि आफ्नो अडान छाडेका छैनन् ।

भिजिट भिसा प्रकरणमा पनि सुत्तापक्षले जबरजस्ती गर्न खोजेका थिए । हामीले छानबिनको विषय मुख्य भएकाले सरकारको भनाइ के छ ? भनेपछि अहिले सदन स्थगित भयो । त्यहाँ पनि हाम्रो लडाइँ जारी छ ।
पुष्पकमल दाहाल 
अध्यक्ष, माओवादी केन्द्र

यद्यपि, प्रतिपक्षी दलहरुमा दरार देखिएको छ । अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राजसंस्थाको पुनस्र्थापनाको मागसहित सडक आन्दोलनमा छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र यो मागको घोर विरोधी हो । यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति पनि माओवादीले भर गर्न सकेको छैन । जसकारण सत्तापक्षीय दल नेपाली कांग्रेस र नेकपा एमालेले आफूले विकल्प दिनुको साटो प्रतिपक्षी दललाई गृहमन्त्रीको राजीनामाको विकल्प मागिरहेका छन् ।

Hardik health

माओवादी लचक बन्दै
विदेसिने युवाबाट प्रतिव्यक्ति ५० हजारदेखि ७५ हजार रुपैयाँसम्म र युरोपियन मुलुक माल्टा, पोर्चुगललगायत देशमा चार लाख रुपैयाँसम्म अध्यागमन कार्यालयको कर्मचारीले उठाउने गरेको तथ्य बाहिरिएपछि सबैभन्दा पहिले गृहमन्त्रीका राजीनामा माओवादीले मागेको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहालले लेखकको राजीनामालाई ‘बटमलाइन’ बनाएका थिए । तर यही माओवादी यस विषयमा लचक बन्दै गएको छ । मंगलबार ११ बजेका लागि डाकिएको सदन गृहमन्त्रीलाई बोल्न दिने सहमतिमा पुगेपछि २ बजे चल्ने तयारी भयो ।

गृहमन्त्रीमाथि प्रश्न उठेपछि जवाफ दिन पाउने उहाँको हक हो । उहाँ जवाफ दिन तयार हुनुहुन्छ । उहाँले जवाफ दिएपछि मात्रै विपक्षी दलहरूको मागबारे छलफल हुन्छ ।
महेश बर्तौला
प्रमुख सचेतक, नेकपा एमाले

सभामुख देवराज घिमिरेसँगको छलफलपछि सत्तापक्ष पनि यो विषयमा राजी भयो । तर रास्वपाले गृहमन्त्रीको राजीनामालाई मुख्य माग बनाउनुपर्ने अडान राखेपछि माओवादीले यस विषयमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने सर्त अघि सा¥यो । सत्तापक्षले उक्त प्रस्ताव अस्वीकार गरेपछि सदन आज (बुधबार) १ बजेसम्मका लागि स्थगित भएको छ ।सदन स्थगितपछि माओवादी अध्यक्ष दाहालले आफूहरुलाई सरकारले जबरजस्ती गर्न खोजेको दाबी गरे । ‘भिजिट भिसा प्रकरणमा पनि सुत्तापक्षले जबरजस्ती गर्न खोजेका थिए । हामीले छानबिनको विषय मुख्य भएकाले सरकारको भनाइ के छ ? भनेपछि अहिले सदन स्थगित भयो । त्यहाँ पनि हाम्रो लडाइँ जारी छ,’ काठमाडौंमा नेवाः–तामाङ जागरण अभियान सुरू गर्दै दाहालले भने । 

राष्ट्रिय सभामा भने माओवादीले गृहमन्त्रीको राजीनामा माग गरेको थियो । बैठकमा माओवादीकी प्रमुख सचेतक गंगाकुमारी बेलवासेले नैतिकताको आधारमा गृहमन्त्रीको राजीनामा आउनुपर्ने माग गरेकी हुन् । ‘गृहमन्त्री रमेश लेखक बौद्धिक, शालीन, कानुन बुझेको मन्त्री हुनुहुन्छ । उहाँले बुझ्नुपर्छ नैतिकताका आधारमा राजीनामा दिने भनेको पुनः उहाँ निर्दोष ठहरिएमा त्यही पदमा बहाल भएर आउन सक्नुहुन्छ । त्यसैले गृहमन्त्री रमेश लेखकले निष्पक्ष छानबिन गर्नका लागि नैतिकताका आधारमा राजीनामा दिएर मार्गप्रशस्त गर्न माग गर्दछु,’ बेलवासेले भनिन् ।

सत्तापक्ष तयार नहुँदा सदन सञ्चालन हुन नसकेको माओवादी सांसद राजन दाहालले आरोप लगाए । सत्तापक्ष सहमतिबाट पछि हट्दा सदन सञ्चालन हुन नसकेको उनी बताउँछन् । ‘सबै दलको तर्फबाट बोल्ने त्यसपछि गृहमन्त्रीले पनि बोल्ने र त्यसअघि सरकारको तर्फबाट न्यायिक होस् वा संसदीय छानबिन समितिको टिओआरसहित आएपछि सदनको अवरोध हटाउने हामीबीच सहमति थियो । तर, सत्तापक्ष तयार भएको छैन,’ सांसद दाहालले भने ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्री लेखकले सदनमा नबोली छानबिन आयोगबारे छलफल नहुने बताए । ‘गृहमन्त्रीले जवाफ दिन पाउनुपर्छ हाम्रो लगातारको आग्रह त्यही हो । गृहमन्त्री जवाफ दिन तयार हुनुहुन्छ । उहाँले जवाफ दिएपछि मात्रै विपक्षी दलहरूको मागबारे छलफल हुन्छ । त्यसमा उहाँहरू तयार हुनुभएन । उहाँहरूले राजीनामा नभए छानबिन समिति बनाउनुप¥यो भन्नुभयो,’ मंगलबार सदन स्थगितपछि बर्तौलाले भने, ‘जवाफ दिँदा नै विपक्षीहरू खुसी पनि हुन सक्छ । सन्तुष्ट पनि हुन सक्छ । भोलिका दिनमा गलत नजिर नबसोस् ।’


पद जोगाइदिन गृहमन्त्रीको ‘हारगुहार’
गृहमन्त्री रमेश लेखकले आफ्नो राजीनामाको माग चर्किएपछि आफूनिकट पत्रकारलाई फोन गरी तीर्थराज भट्टराईलाई अख्तियारले बयान नलिएको समाचार लेखाएका थिए । त्यसपछि बजेटका कारण मिडियामा केही समय भिजिट भिसा प्रकरण सेलायो । यही क्रममा लेखकले पूर्वडिएसपी गोविन्द पन्थी प्रयोग गरे । पन्थीले माओवादीबाट गृहमन्त्री बनेका नारायणकाजी श्रेष्ठकै पालामा यस्तो लेनदेन सुरु गरेको भन्दै विपक्षीको मागलाई कमजोर बनाउनेगरी सामाजिक सञ्जालमा पोस्टहरु गर्न थाले ।

यस विषयमा तत्काल ‘रेस्पोन्स’ गर्दै गृह मन्त्रालयले आन्तरिक छानबिन थालेको जनायो । विपक्षी नहट्ने र माथिका हारगुहारले काम नगरेपछि गृहमन्त्री लेखकले अहिले भने विपक्षी दलका नेताहरुलाई नै फोन गरी अनुनय गर्न थालेका छन् । गृहमन्त्री लेखकले आफ्नो पद जोगाइदिन भन्दै विपक्षी दलका नेताहरुलाई हरदिन फोन गर्न थालेका हुन् । जसले गर्दा माओवादी नेताहरु यो प्रकरणबाट ‘ब्याक’ हुने सम्भावना बढेको बताइन्छ । 
 


प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १०:२९
#भिजिट भिसामा मानव तस्करी प्रकरण
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम शुक्रबार, साउन २९, २०८३
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल शुक्रबार, साउन २९, २०८३
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन शुक्रबार, साउन २९, २०८३
लागुऔषधसहित एघार जना पक्राउ
लागुऔषधसहित एघार जना पक्राउ शुक्रबार, साउन २९, २०८३
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त शुक्रबार, साउन २९, २०८३
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP