पोखरा - पोखरा बाट चितवन तथा काठमाडौ आउने पर्यटक गाडिलाइ आज पनि स्कर्टिङ गरिएको छ । २० वटा पर्यटक गाडि मध्ये १७ वटा काठमाडौ र ३ वटा चितवनका लागि स्कर्टिङ गरिएको छ ।
यसैगरी मुक्तिनाथ दर्शन गरी फर्किएका तिर्थयात्री सहितको एउटा इभि भ्यान पनि स्कर्टिङ मार्फत नै काठमाडौंकोतर्फ ल्याइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कि र नेपाल प्रहरिको संयुक्त टोलिले स्कर्टिङ गरेको हो ।
ती सवारीसाधनमा ६ सय बढि यात्रुहरु रहेका छन् ।