Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #विश्व दूरसञ्चार तथा सूचना समाज दिवस
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #पुष्पकमल दाहाल ‘प्रचण्ड
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • विवाह गर्नुपूर्व सिकलसेल छ वा छैन भन्ने जाँच गराउन आवश्यक हुन्छ’
विवाह गर्नुपूर्व सिकलसेल छ वा छैन भन्ने जाँच गराउन आवश्यक हुन्छ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ २०, २०८२

राँझा- पालगञ्जस्थित भेरी अस्पतालमा सिकलसेलका बिरामीका लागि छुट्टै वार्ड सञ्चालनमा आएपछि बिरामीलाई उपचारमा सहजता भएको छ । छ महिनाअघि गत पुसदेखि भेरी अस्पतालमा सिकलसेलका बिरामीको लागि १६ शय्याको छुट्टै वार्ड सञ्चालमा आएको छ । सिकलसेल वार्ड सञ्चालन भएपछि बिरामीले शय्याका नपाउने समस्या अन्त्य भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदीले जानकारी दिए। 

“सिकलसेल वार्ड सञ्चालन भएपछि बिरामीलाई शय्याका नपाउने र उपचारका लागि पालो पर्खिनुपर्ने समस्या हटेको छ”, मेडिकल सुपरिटेन्डेन्ट डा सुवेदीले भने, “अहिले सिकलसेलका बिरामीले सहज रूपमा उपचार पाइरहनुभएको छ ।”भेरी अस्पतालमा सिकलसेल एनिमियाको जाँच निःशुल्क हुनुका साथै सिकलसेल एनिमिया भएको प्रमाणित भएका बिरामीले विभिन्न समयमा गरी रु एक लाख बराबरको औषधि र जाँच सेवा पाउने व्यवस्था रहेको छ । सङ्घीय सरकार र प्रदेश सरकारले सिकलसेलका बिरामीको उपचारका लागि छुट्टाछुट्टै बजेट विनियोजन गरेका कारण उपचार सेवामा सहजता भएको मेडिकल सुपरिटेन्डेन्ट सुवेदीले बताए  ।

सिकलसेल एनिमिया रोग थारू समुदायमा जनस्वास्थ्य समस्याका रूपमा रहेको छ । सिकलसेल रोगबाट पीडित बारबर्दिया नगरपालिका, बर्दियाका दीपक थारूले भेरी अस्पतालमा छुट्टै वार्ड सञ्चालन हुँदा धेरै राहत मिलेको बताए ।भेरी अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत विभिन्न जिल्लाका एक हजार ११२ सिकलसेलका बिरामीले उपचार सेवा लिइरहेको सिकलसिल परामर्शदाता उषाकुमारी वलीले बताए । उनका अनुसार, यो सङ्ख्या २०७२ सालदेखि हालसम्म विभिन्न अस्पतालका प्रयोगशालामा परीक्षण गर्दा सिकलसेल एनिमिया पुष्टि भई उपचारका लागि भेरी अस्पतालमा दर्ता भएका बिरामी हुन् । 

Hardik health

अस्पतालमा उपचारका लागि आउने सिकलसेल एनिमियाका बिरामीलाई तालिमप्राप्त स्वास्थ्यकर्र्मीबाट रोगका बारेमा मनोसामाजिक परामर्श दिनुका साथै उनीहरूले अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी दिने गरिएको परामर्शदाता वलीले जानकारी दिएयो ।बाँकेको कोहलपुरमा पनि २०७७ साल चैतदेखि सिकलसेल एनिमिया जाँच हुँदै आएको छ । हालसम्म १३ हजार ५०० जनाको जाँच गर्दा ७० जनामा सिकलसेल एनिमिया पुष्टि भएको कोहलपुर नगर अस्पताल ल्याबका सिकलसेल स्रोत व्यक्ति शिव गौतमले जानकारी दिनुभयो । 

बाँकेको राप्तीसोनारी गाउँपालिकामा पनि सिकलसेल एनिमिया प्रभावितहरू रहेका छन् । स्वास्थ्य केन्द्रहरूमा स्क्रिनिङ शिविर सञ्चालन गर्दा सात जना सिकलसेल बिरामीको पुष्टि भएको राप्ती सोनारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताए । उनलेयो वर्ष पनि स्क्रिनिङ शिविर सञ्चालन गर्ने योजना रहे पनि बजेट व्यवस्थापन नहुँदा सञ्चालन हुन नसकेको बताए । राप्ती सोनारीको वडा नं २, ८ र ९ सिकलसेल एनिमिया प्रभावित क्षेत्र रहेको केसीको भनाइ छ । 

सिकलसेल एनिमिया एक प्रकारको रक्तअल्पता भएको सिकलसेल एनिमिया विशेषज्ञ भेरी अस्पतालका डा राजन पाण्डेले बताए । उनलेयो वंशाणुगत रूपमा मात्र सर्ने हुँदा थारू समुदायमा जनस्वास्थ्य समस्याका रूपमा देखापरेको उल्लेख गरे । उनले सिकलसेल एनिमिया तराईमा औलोको जोखिम हुँदा औलोबाट जोगिएका रैथानेहरूमा मात्र देखापरेको जानकारी दिँदै यो रोगमा जण्डिस हुने, हातखुट्टाको जोर्नी दुख्ने बाथजस्तो हुने भए पनि यो रोग वंशाणुगतबाहेक एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने बताए ।

“यो रोग वंशाणुगत रूपमा मात्र सर्छ बैलैमा जाँच गर्न सके वा वैवाहिक जीवन सुरु गर्दा नै केही सावधानी अपनाउँदा यो रोगबाट बच्न सकिन्छ”, उनले भने, “सिकलसेलका बिरामी–बिरामीबीच विवाह हुँदा जन्मने बच्चा पनि सिकलसेलकै बिरामी जन्मने हुँदा भरसक विवाह गर्दा सिकलसेल छ वा छैन भन्ने जाँच गराउन आवश्यक हुन्छ ।”

उनलेसिकलसेल एनिमिया नेपालमा थारू समुदायमा मात्र जनस्वास्थ्य समस्याका रूपमा रहेको र अन्य जातका मानिसमा पनि फाटफुट देखापरेकाले सबैले भरसक आफूलाई सिकलसेल भए÷नभएको जाँच गर्न आवश्यक रहेको बताए । सामान्य व्यक्तिमा रक्तकोषको आकार गोलो पैसाजस्तो हुनुका साथै रक्तकोषको आयु एक सय २० दिन हुने भए पनि सिकलसेल एनिमिया हुनेको रक्तकोषको आकार हसियाजस्तो हुनुका साथै आयु पनि २० दिनमात्र हुने भएकाले बिरामीमा रगतको कमी हुने डा पाण्डेको भनाइ छ ।


प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  ११:१८
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन शुक्रबार, जेठ ८, २०८३
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि बुधबार, जेठ ६, २०८३
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु  ,२४६ संक्रमित
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु ,२४६ संक्रमित आइतबार, जेठ ३, २०८३
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण शनिबार, जेठ २, २०८३
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग शनिबार, जेठ २, २०८३
स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सेवाग्राहीको घुइँचो
स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सेवाग्राहीको घुइँचो शुक्रबार, जेठ १, २०८३
एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य
एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य बिहीबार, वैशाख ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP