Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • विवाह गर्नुपूर्व सिकलसेल छ वा छैन भन्ने जाँच गराउन आवश्यक हुन्छ’
विवाह गर्नुपूर्व सिकलसेल छ वा छैन भन्ने जाँच गराउन आवश्यक हुन्छ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ २०, २०८२

राँझा- पालगञ्जस्थित भेरी अस्पतालमा सिकलसेलका बिरामीका लागि छुट्टै वार्ड सञ्चालनमा आएपछि बिरामीलाई उपचारमा सहजता भएको छ । छ महिनाअघि गत पुसदेखि भेरी अस्पतालमा सिकलसेलका बिरामीको लागि १६ शय्याको छुट्टै वार्ड सञ्चालमा आएको छ । सिकलसेल वार्ड सञ्चालन भएपछि बिरामीले शय्याका नपाउने समस्या अन्त्य भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदीले जानकारी दिए। 

“सिकलसेल वार्ड सञ्चालन भएपछि बिरामीलाई शय्याका नपाउने र उपचारका लागि पालो पर्खिनुपर्ने समस्या हटेको छ”, मेडिकल सुपरिटेन्डेन्ट डा सुवेदीले भने, “अहिले सिकलसेलका बिरामीले सहज रूपमा उपचार पाइरहनुभएको छ ।”भेरी अस्पतालमा सिकलसेल एनिमियाको जाँच निःशुल्क हुनुका साथै सिकलसेल एनिमिया भएको प्रमाणित भएका बिरामीले विभिन्न समयमा गरी रु एक लाख बराबरको औषधि र जाँच सेवा पाउने व्यवस्था रहेको छ । सङ्घीय सरकार र प्रदेश सरकारले सिकलसेलका बिरामीको उपचारका लागि छुट्टाछुट्टै बजेट विनियोजन गरेका कारण उपचार सेवामा सहजता भएको मेडिकल सुपरिटेन्डेन्ट सुवेदीले बताए  ।

सिकलसेल एनिमिया रोग थारू समुदायमा जनस्वास्थ्य समस्याका रूपमा रहेको छ । सिकलसेल रोगबाट पीडित बारबर्दिया नगरपालिका, बर्दियाका दीपक थारूले भेरी अस्पतालमा छुट्टै वार्ड सञ्चालन हुँदा धेरै राहत मिलेको बताए ।भेरी अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत विभिन्न जिल्लाका एक हजार ११२ सिकलसेलका बिरामीले उपचार सेवा लिइरहेको सिकलसिल परामर्शदाता उषाकुमारी वलीले बताए । उनका अनुसार, यो सङ्ख्या २०७२ सालदेखि हालसम्म विभिन्न अस्पतालका प्रयोगशालामा परीक्षण गर्दा सिकलसेल एनिमिया पुष्टि भई उपचारका लागि भेरी अस्पतालमा दर्ता भएका बिरामी हुन् । 

Hardik health

अस्पतालमा उपचारका लागि आउने सिकलसेल एनिमियाका बिरामीलाई तालिमप्राप्त स्वास्थ्यकर्र्मीबाट रोगका बारेमा मनोसामाजिक परामर्श दिनुका साथै उनीहरूले अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी दिने गरिएको परामर्शदाता वलीले जानकारी दिएयो ।बाँकेको कोहलपुरमा पनि २०७७ साल चैतदेखि सिकलसेल एनिमिया जाँच हुँदै आएको छ । हालसम्म १३ हजार ५०० जनाको जाँच गर्दा ७० जनामा सिकलसेल एनिमिया पुष्टि भएको कोहलपुर नगर अस्पताल ल्याबका सिकलसेल स्रोत व्यक्ति शिव गौतमले जानकारी दिनुभयो । 

बाँकेको राप्तीसोनारी गाउँपालिकामा पनि सिकलसेल एनिमिया प्रभावितहरू रहेका छन् । स्वास्थ्य केन्द्रहरूमा स्क्रिनिङ शिविर सञ्चालन गर्दा सात जना सिकलसेल बिरामीको पुष्टि भएको राप्ती सोनारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताए । उनलेयो वर्ष पनि स्क्रिनिङ शिविर सञ्चालन गर्ने योजना रहे पनि बजेट व्यवस्थापन नहुँदा सञ्चालन हुन नसकेको बताए । राप्ती सोनारीको वडा नं २, ८ र ९ सिकलसेल एनिमिया प्रभावित क्षेत्र रहेको केसीको भनाइ छ । 

सिकलसेल एनिमिया एक प्रकारको रक्तअल्पता भएको सिकलसेल एनिमिया विशेषज्ञ भेरी अस्पतालका डा राजन पाण्डेले बताए । उनलेयो वंशाणुगत रूपमा मात्र सर्ने हुँदा थारू समुदायमा जनस्वास्थ्य समस्याका रूपमा देखापरेको उल्लेख गरे । उनले सिकलसेल एनिमिया तराईमा औलोको जोखिम हुँदा औलोबाट जोगिएका रैथानेहरूमा मात्र देखापरेको जानकारी दिँदै यो रोगमा जण्डिस हुने, हातखुट्टाको जोर्नी दुख्ने बाथजस्तो हुने भए पनि यो रोग वंशाणुगतबाहेक एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने बताए ।

“यो रोग वंशाणुगत रूपमा मात्र सर्छ बैलैमा जाँच गर्न सके वा वैवाहिक जीवन सुरु गर्दा नै केही सावधानी अपनाउँदा यो रोगबाट बच्न सकिन्छ”, उनले भने, “सिकलसेलका बिरामी–बिरामीबीच विवाह हुँदा जन्मने बच्चा पनि सिकलसेलकै बिरामी जन्मने हुँदा भरसक विवाह गर्दा सिकलसेल छ वा छैन भन्ने जाँच गराउन आवश्यक हुन्छ ।”

उनलेसिकलसेल एनिमिया नेपालमा थारू समुदायमा मात्र जनस्वास्थ्य समस्याका रूपमा रहेको र अन्य जातका मानिसमा पनि फाटफुट देखापरेकाले सबैले भरसक आफूलाई सिकलसेल भए÷नभएको जाँच गर्न आवश्यक रहेको बताए । सामान्य व्यक्तिमा रक्तकोषको आकार गोलो पैसाजस्तो हुनुका साथै रक्तकोषको आयु एक सय २० दिन हुने भए पनि सिकलसेल एनिमिया हुनेको रक्तकोषको आकार हसियाजस्तो हुनुका साथै आयु पनि २० दिनमात्र हुने भएकाले बिरामीमा रगतको कमी हुने डा पाण्डेको भनाइ छ ।


प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  ११:१८
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु सोमबार, कात्तिक ३, २०८२
स्वास्थ्य सेवा विभागमा भ्रष्टाचार
स्वास्थ्य सेवा विभागमा भ्रष्टाचार सोमबार, कात्तिक ३, २०८२
नर्सिङ स्वास्थ्यकर्मीहरूको माग सम्बोधन गर्न १४ सदस्यीय समिति गठन
नर्सिङ स्वास्थ्यकर्मीहरूको माग सम्बोधन गर्न १४ सदस्यीय समिति गठन आइतबार, कात्तिक २, २०८२
सिटिजन्स् बैंक र काठमाडाैं मेडिकल कलेजबीच  समझदारी
सिटिजन्स् बैंक र काठमाडाैं मेडिकल कलेजबीच समझदारी शुक्रबार, असोज ३१, २०८२
एक सय जनामा क्षयरोग सङ्क्रमण
एक सय जनामा क्षयरोग सङ्क्रमण शुक्रबार, असोज ३१, २०८२
आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन बिहीबार, असोज ३०, २०८२
नेपालका महिला स्वयंसेविकालाई ‘जनस्वास्थ्य च्याम्पियन’ अवार्ड
नेपालका महिला स्वयंसेविकालाई ‘जनस्वास्थ्य च्याम्पियन’ अवार्ड बिहीबार, असोज ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP