Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #विश्व दूरसञ्चार तथा सूचना समाज दिवस
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #पुष्पकमल दाहाल ‘प्रचण्ड
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • महिलाहरूलाई 'एमेनरीआ' हुन सक्ने आठ प्रमुख कारणहरू
महिलाहरूलाई 'एमेनरीआ' हुन सक्ने आठ प्रमुख कारणहरू
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ २०, २०८२

एजेन्सी -  गर्भ बोक्न सक्ने उमेर भएका महिलाको महिनावारी रोकिएको अवस्थालाई चिकित्सकीय भाषामा 'एमेनरीआ' भनिन्छ। प्राय: त्यसो हुनुको कारण भनेको गर्भवती हुनु हो तर महिनावारी नहुनु वा ढिलो हुनुमा अन्य कुराले पनि भूमिका खेलेका हुन्छन्।

साधारणतया: प्रजननका निम्ति परिपक्व महिलाको प्रत्येक २८ दिनमा महिनावारी हुन्छ। त्यसमा दुईचार दिन तलमाथि हुनुलाई पनि सामान्य नै मानिन्छ।कहिलेकाहीँ एकाधपटक महिनावारी नभएमा पनि त्यसलाई त्यति गम्भीर मानिँदैन। तर बारम्बार त्यस्तो हुन थाल्यो भने चाहिँ त्यसले अन्य समस्यातर्फ सङ्केत गर्छ।

तपाईँले स्वयंलाई चिन्नुपर्छ र शरीरले कसरी काम गर्छ भन्ने थाहा पाउनुपर्छ। त्यसो भएमा गडबड भएको अवस्थामा थाहा पाइन्छ। प्रत्येक महिलाको शरीरले बिल्कुलै भिन्न तरिकाले काम गर्छ, कुनै पनि दुई महिला उस्तै हुँदैनन्," स्त्रीरोगविशेषज्ञ डाक्टर आमिरा अल्कौरदिन मार्टिनिजले भनिन्। केको न्याश्नल हेर्थ सर्भिस (एनएचएस) ले गर्भवती नभएको अवस्थामा लगातार तीन महिनासम्म महिनावारी गडबड भएमा वा ४५ वर्ष नलाग्दै मनिनावारी रोकिएमा चिकित्सकसँग परामर्श गर्न सुझाएको छ।

त्यस्तै अमेरिकाको मायो क्लिनिकले किशोरीहरूको १५ वर्षको उमेरसम्ममा महिनावारी सुरु नभएको अवस्थामा पनि चिकित्सकको सल्लाह लिनुपर्ने भनेको छ।माथि उल्लेखित दुवै संस्थाका अनुसार गर्भवती भएको अवस्थाबाहेक महिलाहरूलाई 'एमेनरीआ' हुन सक्ने आठ प्रमुख कारणहरू यस्ता छन्।

Hardik health

१. तनाव

"तनाव सबैभन्दा महत्त्वपूर्ण कारण हो र यो हाम्रो समयको वास्तविक महामारी हो," डाक्टर मार्टिनिज भन्छिन्।तनावले अड्रनलिनजस्ता होर्मोनहरूको उत्पादनमा असर गर्छ। यसले खतराको अवस्थामा आन्तरिक रक्षा प्रणाली सतर्क हुनेजस्तो शारीरिक स्थितिलाई चरम अवस्थामा पुर्‍याइदिन्छ।यस्तो स्थिति लामो अवधिसम्म कायम रहेमा महिनावारीमा गडबडी हुन सक्छ। यसले महिनावारी हुने समयलाई छिटो वा ढिलो पारिदिनुका साथै महिनावारी नै नहुने वा भए पनि पीडादायी हुने बनाइदिन्छ।कतिपय अवस्थामा यसले महिलाहरूलाई चार साताको नियमित अवधिमै दुई पटक महिनावारी अनुभव गर्ने स्थितिमा समेत पुर्‍याउँछ।एनएचएसले तनावका कारण महिनावारी गडबडी भएको खण्डमा नियमित कसरत तथा श्वासप्रश्वाससम्बन्धी विधिहरूको अभ्यास गर्न सुझाएको छ।ती उपाय पनि प्रभावकारी नभए 'सीबीटी' (संज्ञानात्मक–व्यवहार थेरपी) जस्ता थेरपीहरू पनि छन् जसले व्यक्तिलाई तनाव र चिन्तासँग जुध्न मद्दत गर्छन्।

२. एक्कासि वा अत्यधिक तौल घट्नु
तस्बिरको क्याप्शन,अचानक तौलमा परिवर्तन आएमा महिनावारीमा असर पर्छ ।  क्यालरीको खपत अत्यधिक मात्राले सीमित गरियो भने पनि त्यसले डिम्बोत्पादनका निम्ति आवश्यक पर्ने होर्मोनको उत्पादनलाई रोकिदिन सक्छ।मान्यताप्राप्त पोषणविद्‍ले १८.५ मुनि 'बीएमआई' (उचाइका आधारमा निर्धारण गरिने आदर्श तौल) भएका र आवश्यकभन्दा कम तौल भएका बिरामीलाई स्वस्थ तरिकाले तौल बढाउन सघाउन सक्छन्। तर 'एनरेक्सिआ' सहितका अव्यवस्थित खानपानका कारण तौल घटेमा चाहिँ प्राय: मनोचिकित्सकको खाँचो पर्छ।

३. अधिक तौल वा मोटोपन

तौल अधिक हुँदा 'ईस्ट्रजन' नामक होर्मोनको अधिक उत्पादन हुन्छ। यो महिला तथा बालिकाको प्रजनन प्रणालीलाई नियन्त्रित गर्ने होर्मोनहरूमध्येको हो।उक्त होर्मोनको स्तर बढेमा महिनावारी प्रभावित हुन सक्नुका साथै कतिपय मामिलामा ठप्पै हुन सक्छ।एमेनरीआको अवस्था भोगिरहेका अधिक तौल भएका वा ३० माथिको 'बीएमआई' भएका महिलाहरूलाई चिकित्सकहरू प्राय: स्वस्थ तौल हासिल गर्नका निम्ति पोषणविद्को सुझाव लिन सिफारिस गर्छन्।

४. अति शारीरिक कसरत

चरम कसरतका कारण शरीरमा पैदा हुने तनावले पनि महिनावारीलाई नियन्त्रण गर्ने होर्मोनहरूको स्तरलाई प्रभावित तुल्याउन सक्छ र अधिक मात्रामा बोसोको कमी भएमा पनि डिम्बोत्पादन रोकिन सक्छ।व्यावसायिक खेलाडीहरूलाई खेलको स्तरलाई व्यवस्थित राखिराख्न सकिने उपायबारे खेलकुदसम्बन्धी औषधि विशेषज्ञहरूले सुझाव दिन सक्छन्।

५. पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस)
पोलिसिस्टिक डिम्बाशयहरूमा धेरै ससाना तथा अविकसित थैलीहरू हुन्छन् र त्यसैमा डिम्बहरू विकसित हुन्छन्। पीसीओएसको अवस्थामा भएका महिलाका हकमा ती थैलाहरूले प्राय: डिम्ब निकाल्न नसक्ने हुँदा डिम्बोत्पादन प्रभावित हुन्छ।एनएचएसको अनुमानमा यूकेमा १० मध्ये एक महिला पीसीओएसबाट प्रभावित छन्। महिनावारी नहुने मामिलामा यो ३३ प्रतिशतले जिम्मेवार छ।

५. रजनोवृत्ति वा समयअगावै त्यसो हुनु

गर्भवती अवस्था र स्तनपान सँगसँगै रजनोवृत्ति वा 'मेनोपज' पनि एमेनरीआको प्राकृतिक कारणमध्येको हो।रजनोवृत्तिको अवस्थामा पुगेसँगै महिलाको शरीरमा ईस्ट्रजनको स्तर घट्न थाल्छ र डिम्बोत्पादन पहिलेको तुलनामा कम हुन्छ।साधारणतया: ४५ देखि ५५ वर्षको उमेरमा रजनोवृत्ति हुन्छ।तथापि अध्ययनहरूले प्रत्येक १०० मध्ये एक महिलाले ४० वर्ष नपुग्दै रजनोवृत्ति अनुभव गर्ने गरेको देखाएको छ। उक्त अवस्थालाई समयअगावैको रजनोवृत्ति वा डिम्बग्रन्थीको विफलताका रूपमा चिनिन्छ।

७. गर्भनिरोधक

केही गर्भ निरोधकचक्की, सुई तथा गर्भाशयभित्र राखिने उपकरणहरूले पनि एमेनरीआ हुन सक्छ। गर्भनिरोधक चक्की खान बन्द गरेपछि पुन: नियमित डिम्बोत्पादन थाल्न शरीरलाई केही समय लाग्न पनि सक्छ।

८. अन्य स्वास्थ्य अवस्था तथा औषधिहरूको दीर्घकालीन सेवन

मधुमेह वा हाइपरथाइरोडिजम तथा हाइपोथाइरोडिजमजस्ता होर्मोनहरूको स्तरमा गडबडी भएमा वा अन्य दीर्घकालिन स्वास्थ्यावस्थाका कारण पनि महिनावारी रोकिन सक्छ।मायो क्लिनिकका अनुसार एन्टिसाइकोटिस, कीमोथेरपी, एन्टिडिप्रेसन्ट्सजस्ता तथा रक्तचाव र एलर्जीहरूको उपचारका निम्ति दिइने निश्चित् औषधिहरूका कारण पनि एमेनरीआ हुन सक्छ।

- बीबीसी


प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १३:०७
#एमेनरीआ
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन शुक्रबार, जेठ ८, २०८३
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि बुधबार, जेठ ६, २०८३
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु  ,२४६ संक्रमित
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु ,२४६ संक्रमित आइतबार, जेठ ३, २०८३
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण शनिबार, जेठ २, २०८३
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग शनिबार, जेठ २, २०८३
स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सेवाग्राहीको घुइँचो
स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सेवाग्राहीको घुइँचो शुक्रबार, जेठ १, २०८३
एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य
एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य बिहीबार, वैशाख ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP