Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
समाचार
  • Home
  • समाचार
  • खानेपानीका आयोजना निर्माणमा ढिला सुस्ति गर्नेलाई उन्मुक्ति दिइने छैन: मन्त्री यादव
खानेपानीका आयोजना निर्माणमा ढिला सुस्ति गर्नेलाई उन्मुक्ति दिइने छैन: मन्त्री यादव
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ २०, २०८२

ईलाम- खानेपानीमन्त्री प्रदीप यादवले नागरिकलाई स्वच्छ, सुरक्षित एवं शुद्ध खानेपानी वितरणका लागि निर्माणाधीन खानेपानी आयोजना निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई उन्मुक्ति नदिने बताएका छन् ।

आज संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, ईलाम अन्तर्गत कन्याम–पञ्चकन्या खानेपानी योजना सम्बन्धी सरोकारवालाहरुसँग अन्तरक्रिया एवं छलफल कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले खानेपानी जस्तो अत्यावश्यक सेवामा ढिलासुस्तीको कुनै बहाना स्वीकार्य नगरिने र तोकिएको समयमा आयोजना सम्पन्न नगर्ने ठेकेदारविरुद्ध कानुनी दायरामा ल्याइने बताए ।

उनले भने, “खानेपानी जस्तो अत्यावश्यक चिजलाई ढिला सुस्ति गर्ने कार्य किमार्थ स्वीकार्य छैन् । खानेपानीका आयोजना तोकिएकै समयमा सम्पन्न गर्नु पर्छ । अब सहेर बसिदैन, कानुनी दायरामा ल्याइने छ ।”यसैगरी मन्त्री यादवले निर्माण व्यवसायीहरूले विभिन्न बाहना बनाएर खानेपानीका आयोजनाहरुमा काम ढिलो गर्ने र तोकिएको समयमा सम्पन्न नगर्ने गरेको गुनासो सुन्नमा आएकाले काम नगर्ने ठेकेदारको ठेक्का रद्द गरिने जानकारी गराए ।

उनले भने, “कन्याम–पञ्चकन्या खानेपानी योजनाको समस्या समाधानका लागि म मन्त्री स्वयंम यहाँ आएको छु । आज यहाँको समस्या समाधानको बाटो निकाल्नु पर्छ । कि ठेकेदारले काम गर्नु पर्छ, यात अब ठेक्क रद्द गर्नुपर्छ ।” मन्त्री यादवले निर्माणमा ढिलासुस्तीको काम तत्काल बन्द गर्न समेत निर्माण व्यवसायीलाई आग्रह गर्नु हुँर्दै समस्या आइपरेको खण्डमा तत्काल मन्त्रालयमा वा आफुलाई जानकारी दिन समेत आग्रह गरे  ।

Hardik health

कन्याम–पञ्चकन्या खानेपानी योजनामा ७७ प्रतिसत काम भइरहेको बारे आफुले जानकारी पाएको बताउनु हुँदै मन्त्री यादवले भने, “वर्षाद्को बेला आएको छ, बाढी आउँछ, केही घटना होला त्यसको जिम्मा कस्ले लिने ? बाँकी रहेको यो खानेपानीको काम ततत्काल सुरु गर्नुहोला । अधुरो छोडिएको पाइपलाईनको काम भोली बिहानबाट सुरु गर्नुस् ।”

नागरिकलाई सुरक्षित, स्वच्छ एवं शुद्ध पानी उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा रहेका सबै खानेपानी आयोजनाहरुमा नतिजा देखिने गरी समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए। मन्त्री यादवले खानेपानी आयोजना निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कडा कारवाही गर्ने संकेत गर्नुका साथै खानेपानीका क्षेत्रमा सुधार ल्याउने प्रतिबद्धता समेत जनाएका छन्  । उनले भने, “अबका दिनमा नयाँ योजनाहरू सुरु हुनेछन् । अधुरा योजनाहरू  पुरा हुनेछन्, र जनताले सहज र भरपर्दो खानेपानी सेवा पाउनेछन् भन्नेमा म पूर्ण विश्वासका साथ अघि बढेको छु । ढिलासुस्ती गर्ने ठेकेदारलाई कडा कारवाही गर्छु ।”

देशका प्रत्येक नागरिकले स्वच्छ, सुरक्षित र शुद्ध खानेपानी सहज रुपमा पाउनुपर्छ भन्ने आफ्नो दृढ विश्वास रहेको र आफ्नो अथक प्रयासले यस वर्ष खानेपानी मन्त्रालयको बजेटमा वृद्धि भएकाले विगतका वर्षहरूमा बजेट अभावका कारण अधुरा रहेका योजनाहरू अब पूरा गरिने प्रतिबद्धता जनाए  ।

उक्त कार्यक्रममा सुर्योदय नगरपालिका, फिक्कल ईलामका नगर प्रमुख रणबहादुर राई उपप्रमुख दुर्गाकुमार बराल, खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्य, नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, कर्मचारी, स्थानीयवासी लगायतको सहभागीता रहेको थियो ।

नेपाल सरकारले आधारभुत स्तरको खानेपानी सेवा जनताको पहुँचमा पुर्याउने उदेश्यले आर्थिक वर्ष २०६८/६९ देखि खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत जलवायु अनुकुलित वृहत खानेपानी आयोजना तर्जुमा गरेको र सोही आयोजना अन्तर्गत कन्याम पञ्चकन्या खानेपानी आयोजना स्थल सुर्योदय नगरपालिका–३, ६–८, १०–१४, ईलाम नगरपालिका–१० र रोङ गाँउपालिका–३ मा पर्नेगरेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, ईलामले जनाएको छ ।
 


प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  ०९:५९
#खानेपानी #खानेपानीमन्त्री_प्रदीप_यादव
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम शुक्रबार, साउन २९, २०८३
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल शुक्रबार, साउन २९, २०८३
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन शुक्रबार, साउन २९, २०८३
लागुऔषधसहित एघार जना पक्राउ
लागुऔषधसहित एघार जना पक्राउ शुक्रबार, साउन २९, २०८३
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त शुक्रबार, साउन २९, २०८३
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP