Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
Search Here
समाचार
  • Home
  • समाचार
  • धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट
धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ २०, २०८२
File Photo

कैलाली - धनगढी उपमहानगरपालिकाले विषादी प्रयोग गरिएका दुई हजार २६७ किलो आँप नष्ट गरेको छ । उपमहानगरको संयोजन तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढी र विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला अत्तरियाद्वारा गरिएको संयुक्त अनुगमनमा उक्त परिमाणमा विषादी प्रयोग गरिएका आँप पाइएपछि नष्ट गरिएको हो ।

उपमहानगरभित्र रहेका तीन वटा हाट (फलफूल तथा तरकारी) बजारमा अनुगमन गर्दा विषादीको मात्रा अत्याधिक प्रयोग भएका अखाद्य आँप पाइएपछि नष्ट गरिएको उपमहानगरको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख महेश मल्लले जानकारी दिए । उनका अनुसार सहिद गेट कृषिउपज थोक बजार, दक्षिणकाली मार्ग सब्जी मन्डी र धनगढीको चौराहास्थित हाट बजारबाट तरकारी तथा फलफूलका नमुना सङ्कलन गरी परीक्षण गरिएको थियो ।

थोक बजार तथा मन्डीबाट भिन्डी, काँक्रो, गोलभेँडा, करेला, केरा, अङ्गुर, स्याउ, अनार र आँपमा विषादी परीक्षण गरिएकामा आँपमा विषादीको मात्रा बढी देखिएको जनाउँदै मल्लले खान अयोग्य आँप बरामद गरी नष्ट गरिएको बताए । परीक्षणका क्रममा भारतबाट आयात गरिएका फलफूलमध्ये आँपमा विषादीको अवशेष अत्यधिक मात्रामा भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख हरेराम प्रधानले जानकारी दिए ।

Hardik health

उनका अनुसार संयुक्त अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको मोबाइल खाद्य घुम्ती प्रयोगशाला प्रयोग गरी तीन वटा हाट बजारबाट फलफूल तथा तरकारीका १८ वटा नमूना सङ्कलन गरिएको थियो । ती नमूनाको विषादी अवशेष द्रुत विष्लेषण विधिबाट परीक्षण गर्दा आँपको नमूनामा रोकावट ६१ प्रतिशत पाइएकाले दुई हजार २६७ किलो आँप नष्ट गरिएको उहाँले जानकारी दिए ।

बाँकी १७ वटा नमूनामा कैफियत नपाइएको उल्लेख गर्दै प्रमुख प्रधानले अन्य तरकारी र फलफूलमा विषादीको अवशेष सामान्य रहे पनि खान योग्य मानिएको बताए । उनका अनुसार आँपमा विषादीको अवशेष उच्च भएकाले नागरिकको स्वास्थ्यमा प्रतिकूल असर गर्ने भएकाले खान अयोग्य ठहर गरी नष्ट गरिएको हो ।


प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  ०९:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट बिहीबार, असोज २, २०८२
उपभोक्ताको रुचिमा कर्णालीको स्याउ
उपभोक्ताको रुचिमा कर्णालीको स्याउ बुधबार, असोज १, २०८२
केरा आयात नगर्न अनुरोध
केरा आयात नगर्न अनुरोध बुधबार, असोज १, २०८२
दूग्ध उत्पादन किसानलाई अनुदान
दूग्ध उत्पादन किसानलाई अनुदान मंगलबार, भदौ ३१, २०८२
डोल्पा र जुम्लाका भेडाच्याङ्ग्रा मुस्ताङमा
डोल्पा र जुम्लाका भेडाच्याङ्ग्रा मुस्ताङमा आइतबार, भदौ २९, २०८२
ताप्लेजुङका किसान बँदेलबाट पीडित
ताप्लेजुङका किसान बँदेलबाट पीडित आइतबार, भदौ २९, २०८२
आम्दानीको स्रोत बन्दै अग्र्यानिक आलु
आम्दानीको स्रोत बन्दै अग्र्यानिक आलु शुक्रबार, भदौ २७, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP